खेलकुद विज्ञान विभाग र फाउन्डेशनबीच सहकार्य

  • भदौ ७, २०७९ / नेपाल रेखा
alt

काठमाडौँ । सुशील कोइराला मेमोरियल फाउन्डेसन र त्रिभुवन विश्वविद्यालय केन्द्रीय खेलकुद विज्ञान विभागले खेलाडीलाई मानसिक र मनोवैज्ञानिकरूपमा बलियो बनाउन सहकार्य गर्ने भएका छन् ।
कोरोना महामारीपछि खेलाडीमा आएका विभिन्न समस्याका कारण तनाव, शारीरिक एवं मानसिक शिथिलताबाट मुक्तिका लागि विभागसँग सम्झौताको तयारी भएको फाउन्डेसनका सदस्य सचिव अतुल कोइरालाले जानकारी दिए । यो कार्यक्रमका लागि राष्ट्रिय खेलकुद परिषद्सँग पनि सहकार्यको तयारी भएको छ । पहिलो चरणमा नेपाली राष्ट्रिय क्रिकेट खेलाडीलाई लक्षित गरेर यो कार्यक्रम सञ्चालन गरिने भएको छ । यसका लागि क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्द नेतृत्वको प्रतिनिधिमण्डलसँग पनि सम्झौता गरिने भएको छ ।
खेलाडीलाई तीन चरणमा कार्यशालामा राखेर कार्यक्रम सञ्चालन गरिने भएको छ । यो कार्यक्रम देशव्यापीरूपमा सञ्चालन गरिने छ । क्रिकेटपछि अन्य खेलका खेलाडीलाई पनि कार्यक्रममा सहभागी गराइने छ । कार्यक्रममा महिला र पुरुष दुवै खेलाडीलाई सहभागी गराइने छ । कार्यक्रममा खेलकुद विभागका प्राध्यापक, मनोविद्, क्रिकेट खेलका प्रशिक्षक एवं खेलकुदविज्ञको पनि सहभागिता गराउने तयारी भएको छ । कार्यक्रमको स्रोत व्यक्तिका रूपमा बागमती प्रदेश क्रिकेट सङ्घका कोषाध्यक्ष अनिल अधिकारीलाई जिम्मेवारी दिइएको छ ।
त्रिविवि खेलकुद विज्ञान विभागमा नेपाल एवं अन्य देशकासमेत खेलाडी एवं खेलप्रेमी अध्ययन गरिरहेका छन् । विभागले बिभिन्न विषयमा अनुसन्धानात्मक लेख, रचना पनि प्रकाशन गराएको विभागीय प्रमुख गङ्गाबहादुर थापामगरले बताए । यस्तो कार्यक्रमको आवश्यकता खेलाडीका साथै अन्य क्षेत्रका व्यक्ति र बालबालिकालाई समेत आवश्यकता रहेको उनले सुनाए ।

सिमरा सेजको चार सय न ...

वीरगञ्ज । सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज) प्राधिक ...

ट्राफिक नियम उल्लङ्घ ...

काठमाडौँ । के तपाईँ ट्राफिक नियम उल्लङ्घनमा परेपछि प्रह ...

नेपालका प्रजनन स्वास ...

काठमाडौँ । अष्ट्रेलियाको मेलबर्नमा चार दिनसम्म चलेको वि ...

स्वयम्भूनाथमा भक्तजन ...

२५७०औँ बुद्धजयन्तीका अवसरमा आज काठमाडौँको स्व ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]