रातभर लाइनमा बस्दा किसानले युरिया मल किन्न पाएनन् भिड तितरवितर पार्न प्रहरी परिचालन

  • साउन ३१, २०७९ / नेपाल रेखा
alt

  • धिरेन्द्रकुमार चौधरी
    रामधुनी । युरीया मल किन्न सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ९ का कृषकहरू आइतबार रातभरी र सोमबार दिनभरी लाइनमा बसेका छन् ।
    आइतबार युरीया मल आएकोले सोमबार बिहान १० बजेदेखि युरीया मल बिक्री हुने खबर पाउना साथ किसान थाह पाएर रातिदेखिनै लाइनमा बसेका हुन् । मल बिक्रि केन्द्र बिहान १० बजे खुल्ने र ५ बजे बन्द हुने गर्छ । अगाडि लाइनमा बसेपछि मल पाउने आशामा एक दिन अगाडिदेखिनै किसान लाइनमा बस्न बाध्य भएका हुन् । लाइनमा आ– आफ्ना बोरा राखी आफ्न्तकोमा र चौतारामा कुरेर किसान बसेका थिए ।
    रामधुनी नपा–९ मा नव जागरण महिला कृषि सहकारी संस्थाले मल बिक्री गर्छन् । सोमबार त्यहाँ मल किन्न किसानको भिड नियन्त्रण गर्नका लागी प्रहरी समेत परिचालन गरिएको थियो ।
    यसैगरी रामधुनी नपा–१ स्थित रहेको झुम्का बहुउद्देश्यीय सहकारी सस्था लि. मा पनि सोमबार मल किन्न किसानको दिनभरी भिड रह्यो । भिड नियन्त्रणका लागी प्रहरी परीचालन गरीएको थियो । सस्थाका प्रमुख हरिनारायण चौधरीले माग अनुसार युरीया मल नआउदा किसानको माग अनुसार बिक्री गर्न नसकेको बताए ।

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

प्रभावित जिल्लामा तत ...

काठमाडौँ । सरकारले आपत्कालीन व्यवस्थापनका लागि प्रभावित ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]