‘विद्युतीय सार्वजनिक तथा नीजि सवारी साधन सञ्चालनमा प्रोत्साहन गर्नुपर्छ’

  • साउन २६, २०७९ / नेपाल रेखा
alt

  • कुमोद अधिकारी
    विराटनगर । भारतीय अटो कम्पनी महेन्द्राद्वारा उत्पादित विद्युतीय थ्री ह्विलर ‘ट्रियो अटो’को रोयल अटो विराटनगरले बिक्री वितरण शुभारम्भ गरेकोे छ ।
    उक्त अटोले तीन घण्टा ३० सेकेण्डमा फुल चार्ज हुने व्याट्रीबाट प्रतिकिलोमिटर ९६ पैसा खर्चमा १३० किलोमिटर दूरी तय गर्ने छ । तीन वर्ष वारेण्टी रहेको व्याट्रीले एक लाख ५० हजार किलोमिटर सञ्चालन हुने रोयल अटोका प्रवन्धक उत्कृष्ट भट्टराईले जानकारी दिए ।
    तराई तथा पहाडमा सहज रुपमा सञ्चालन हुने ट्रियोले इन्धन खर्च वापत (पेट्रोल) को वार्षिक तीन लाख २० हजार वचत गर्ने उनले बताए ।
    विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्कीले ट्रियोको सार्वजनिकीकरण गर्दै मुलुकमा इन्धनमा हुने विदेशी मुद्राको खर्च वचत र स्वदेशी विद्युत खपतका लागि लागि इलेक्ट्रिक साना, ठूला सार्वजनिक तथा नीजि सवारी साधन सञ्चालन गर्न प्रोत्साहन गर्नुपर्ने आवश्यक्ता औंल्याइन् ।
    महेन्द्रा अटोका नेपालका वजार व्यवस्थापक प्रमोद भण्डारीले सन् २०१८ देखि उत्पादन शुरु भएको यो अटोले अहिलेसम्म छ करोड ३० किलोमिटर दूरी तय गरिसकेको जानकारी दिए ।
    चालक सहित चार जना बस्ने सक्ने उक्त अटोको मूल्य आठ लाख ४० हजार रहेको छ भने बैंकको कर्जावाट समेत लिने सुविधा उपलव्ध रहेको रोयलले जनाएको छ ।

पूर्ण लोकतन्त्रको सङ ...

– सरोजकुमार मिश्र मधेसी समाजमा एउटा निकै प्रचलित ...

आज फूलपाती भित्र्याइ ...

काठमाडौँ । नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा न ...

गौरादहमा लालपैनी खोल ...

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र भौतिक प ...

दशैंको मुस्कान पछाडि ...

  दशैं नजिकिँदै छ। घरमा हाँसो, टीका, जमरा, मिठो ख ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]