इटहरीमा निल डेभिडले गरे सेलुन एकेडेमी मेकअप स्टुडियो उद्घाटन

  • साउन २०, २०७९ / नेपाल रेखा
alt

इटहरी । इटहरीमा सेलुन एकेडेमि मेकअप स्टुडियो शुक्रबार बाट सञ्चालनमा आएको छ । उक्त मेकअप स्टुडियोको निल डेबिड कट्वालले शुक्रबार उद्घाटन गरेका छन् । ५ वर्षसम्म अस्ट्रेलियामा मेकअप स्टुडियो सम्बन्धि कोर्ष सकेर नेपाल आएकी जेनिसा पराजुलीले आफूले सिकेको ज्ञानको प्रयोग नेपालमै गर्नु पर्छ  भन्ने उद्देश्यले स्टुडियो सञ्चालनमा ल्याएको बताएकी छन् ।  स्टुडियोमा सुरुवाती समयमा ६ जना भन्दा बढिलाई प्रत्यक्ष रुपमा रोजगारी दिएको उनले बताइन् । 

सेलुन एकेडेमि मेकअप स्टुडियोमा महिला र पुरुष दुबैलाई सेवा प्रवाह गर्ने समेत उनले जानकारी दिइन् । कार्यक्रमका प्रमुख अतिथि निल डेबिड कट्वालले  सेलोन मेकअप स्टुडियो संचालनमा आउदा आफु धेरै खुसि भएको बताएका छन् । निल डेबिडले देश–विदेशमा गरेर २८ वटा भन्दा बढि स्टुडियो संचालन गरेको समेत बताए । हालसम्म उनले एक हजार भन्दा बढि मानिसलाई रोजगारी दिएको जानकारी दिएका छन् ।

निल डेबिडले नेपाल, भारतमा समेत हेयर सैलुन तथा ब्युटिपार्लर संचालन गर्दै आएका छन् र पछिल्लो समयमा उनले दुबइमा समेत पार्लर संचालन गर्न सम्झौता गरेर आएको बताएका छन् ।  त्यसैगरि मेकअप स्टुडियो संचालनमा आउदा धेरै युवा युवतीले रोजगारी पाउने बिशिष्ठि अतिथि इटहरी वडा नम्बर ६ का वडा अध्यक्ष दिवस पोख्रेल आशा व्यक्त गरेका छन् । उनले इटहरी व्यवसायिक हवको रुपमा परिचित हुदै गरेको समयमा यस प्रकारका व्यवसायले थप युवायुवतीहरुमा व्यवसायप्रति उर्जा थपिने विश्वास व्यक्त गरे ।

vlcsnap-2022-08-05-18h17m32s178

सिमरा सेजको चार सय न ...

वीरगञ्ज । सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज) प्राधिक ...

ट्राफिक नियम उल्लङ्घ ...

काठमाडौँ । के तपाईँ ट्राफिक नियम उल्लङ्घनमा परेपछि प्रह ...

नेपालका प्रजनन स्वास ...

काठमाडौँ । अष्ट्रेलियाको मेलबर्नमा चार दिनसम्म चलेको वि ...

स्वयम्भूनाथमा भक्तजन ...

२५७०औँ बुद्धजयन्तीका अवसरमा आज काठमाडौँको स्व ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]