झापाका साहित्यकार तेराखको स्मृतिग्रन्थ लोकार्पण

  • साउन ८, २०७९ / नेपाल रेखा
alt

झापा । साहित्यकार तेजराज खतिवडा (तेराख)को कृतित्व र जीवनी झल्काउने स्मृति ग्रन्थ प्रकाशित भएको छ । झापाको मेचीनगर–९ स्थित तेराख प्रतिष्ठानले प्रकाशित गरेको स्मृतिग्रन्थको प्रा. डा. टङ्क न्यौपाने, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य सुभद्रा भट्टराई अर्याल लगायतले सो कृतिको लोकार्पण गरेका छन् ।
प्रा. डा. न्यौपानेले नेपाली साहित्य क्षेत्रमा तेराखले पु¥याएको योगदानलाई हरेक नेपालीले कदर गर्नुपर्ने बताए । स्मृति ग्रन्थले उनको जीवनीलाई नयाँ पुस्तामाझ उजागर गर्न सफल भएको धारणा न्यौपानेको थियो ।
वि.सं. २००१ वैशाख १ गते झापाको शान्तिनगरमा जन्मिएका साहित्यकार तेराखको २०७८ असार १६ गते उपचारका क्रममा विराटनगरमा निधन भएको थियो ।
सर्वजा (उपन्यास), रातको बाह्र बजे (उपन्यास), प्रिय शान्तनगर (खण्डकाव्य), ढाडेको नाकमा घिउ (निवन्ध सङ्ग्रह)लगायतका दर्जनौँ साहित्यिक कृति प्रकाशित गरेर तेराखले नेपाली साहित्यलाई थप मजबुद बनाएको साहित्यकार मिश्र बैजयन्तीले बताइन् ।
विद्यार्थी अवस्थादेखि नै साहित्य सिर्जनामा लाग्नुभएका तेराख सम्पादक, राजनीतिक अभियन्ता र शिक्षक भूमिकामा रहे । पञ्चायती शासनको विरोधमा उनले आँखो, झटारोजस्ता प्रगतिशील पत्रिकाकालागि लेख रचना सिर्जना गरेका थिए ।
सोही अवसरमा तेराख परिवारजनका तर्फबाट उनका छोरा लेखनाथ खतिवडाले प्रतिष्ठानको अक्षयकोषका लागि १० लाखको चेक प्रतिष्ठानका अध्यक्ष शिवकुमार पौडेललाई हस्तान्तरण गरेका छन् ।

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]