रामधुनी । परीक्षा बिद्यार्थीका लागि भबिष्य बनाउने र सिकाइका लागि चाडजस्तै रहेको सरोकारवालाहरुले झुम्कामा आयोजित एक कार्यक्रममा बताएका छन् ।
रामधुनी नगरपालिका–१मा रहेको माउन्ट समिट वल्र्ड बोर्डिङ स्कुलको आयोजनामा फस्ट टर्मिनल एक्जाम सेलिब्रेसन कार्यक्रममा बक्ताहरुले त्यस्तो धारणा राखेका हुन् ।
कार्यक्रममा प्रमुख अतिथी नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) सुनसरीका निवर्तमान अध्यक्ष धिरेन्द्रकुमार चौधरीले शिक्षा क्षेत्रमा बिकासका लागि निजी बिद्यालयको महत्त्वपूर्ण योगदान रहेको चर्चा गरे । उनले बिगतका आफूले भोगेको अनुभव सुनाउदै परीक्षा अगाडि जो कोहि बिद्यार्थी डराउने भएको हुदा यसलाई सहज तरिकाले लिन सकियो भने सफल हुने कुरा राखे ।
बिद्यालयका प्रीन्सिपल भोजबिक्रम कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा उनले बिद्यार्थीलाई परीक्षा दिइरहनु पर्ने भएकोले आत्तिने, डराउने नभइ चाडको रुपमा लिनुपर्ने बिचार राखे । उनले परीक्षाले बिद्यार्थीलाई सफल बनाउने र सिकाइ हुने भएकोले सहज तरिकाले लिनुपर्ने धारणा राखे ।
कार्यक्रममा बिद्यालयका प्रबन्धक अच्युत ढकाल, इन्द्रमणि निरौलाले बिद्यार्थीले परीक्षालाई सहज तरिकाले लिनुपर्ने धारणा राखे । बिद्यालयका बिद्यार्थी सिद्धार्थ प्याकुरेलले कार्यक्रम संचालन गरेका थिए । कार्यक्रममा बिद्यार्थीहरुले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए । यो कार्यक्रमका साथमा बिद्यालय हाताभित्र बोटबिरुवा समेत रोपण गरिएको छ ।