विविध कार्यक्रमसहित भानुको सम्झना

  • असार ३०, २०७९ / नेपाल रेखा
alt

इटहरी । इटहरी साहित्यिक समूहले बहु उद्देश्यीय सहकारी संस्थाको सभाकक्षमा भानु जयन्ती, भव्य समारोहका बीच सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. बद्रीविशाल पोखरेलले काठमाडौँ निवासी छन्दोबद्ध वरिष्ठ कवि अनुपमा आचार्यलाई १५ हजार रुपियाँको नगद पुरस्कार सहित सम्मान प्रदान गरेका थिए । डा. पोखरेलले मन्तव्यका क्रममा भानुभक्त आचार्यले भाषा साहित्यका क्षेत्रमा गरेको योगदानलाई सिर्जनात्मक रुपमा उपयोग गर्नु पर्ने बताए । उनले नेपालको भाषिक सांस्कृतिक क्षेत्रमा बाह्य प्रभाव र दवाव कम गर्ने हो र हटाउने हो भने एउटै मात्र भाषा साहित्य मात्र होइन नेपालका सबै राष्ट्र भाषाभाषीका बीच सिर्जनात्मक तथा सांगठानिक एकताबद्धताको खाँचो औँल्याए । सबै भाषाभाषी तथा संस्कृतिकर्मीहरु हातेमालो गर्दै अघि बढ्नु अपरिहार्य रहेको उनले उल्लेख गरे । नेपाली वा अन्य कुनै एक मात्र राष्ट्रभाषा र साहित्यको उत्थानले बाह्य प्रभाव रोक्न सकिन्न । भाषिक सांस्कृतिक विविधताका बीचको एकता नै बाह्य प्रभाव हटाउन सकिने हुनाले यस विषयमा विशेष ध्यान दिनुपर्ने डा. पोखरेलले बताए । जनता बहुमुखी क्याम्पसका विभागाध्यक्ष मदन बरालले भानुको योगदानका विषयमा सविस्तार उल्लेख गरे । संस्थाका अध्यक्ष तथा स्रष्टा हेमन्त गौतमको अध्यक्षतामा सञ्चालित कार्यक्रममा प्रकाश पोखरेल, सीता दाहाल, शोभा कोइराला, नारायण पौडेल, हेमसागर तिम्सिना, जानुका न्यौपाने, कृष्ण गौतम, जीवनाथ नेपाल, सोमनाथ अधिकारी, प्रलेस सुनसरी अध्यक्ष टीका मिलनले समसायिक तथा सान्दर्भिक कविता पाठ गरेका थिए । कार्यक्रममा कला साहित्य परिषद्, इटहरीका अध्यक्ष कृष्ण विनोद लम्साल, इटहरी साहित्यिक समूहका सचिव जगदीश सापकोटा, गायत्री लम्साल, गंङगा आचार्यले मन्तव्य व्यक्त गरेको थिए । कार्यक्रममा शिक्षासेवी वरिष्ठ शिक्षक थानेश्वर ढकाललाई समेत सम्मान गरिएको थियो ।

साथै, नेपाली भाषा साहित्यका आदि कवि भानुभक्त आचार्यको २०९ औं जन्म जयन्ति भाषा साहित्य क्षेत्रमा आवद्धहरुले विशेष दिनका रुपमा मनाए पनि सरकारी स्तरबाट बिर्सिए झै देखिएको छ । देश तथा विदेशमा भानु जयन्ती मनाइरहेपनि सरकारी स्तरबाट भानुभक्तलाई बिर्सिएको भान भएको भाषा साहित्यका क्षेत्र आवद्धहरुले गुनासो गरेका छन् ।
सुनसरीको धरानमा रहेको आदि कवि भानुभक्तको सालिकमा माल्यापर्ण सहित भानुभक्तको कृतिका बारेमा चर्चा गरियो ।
धरान उपमहानगरपालिका वडा नम्बर १३ मा रहेको सैनिक आवासीय महाविद्यालयका शिक्षक तथा विद्यार्थीहरुले धरानको भानु चौकमा भेला भएर श्रद्धापुर्वक आदि कविलाई सम्झेका हुन् । भानुको सालिकमा माल्यार्पण सहित शिक्षक विद्यार्थीहरुले भानुभक्त र कृतिहरुका विषयमा चर्चा गरे । त्यसै गरी भानुभक्तका कविताहरु पनि वाचन गरियो ।
सष्ट्र र राष्ट्रिय विभुतिहरुलाई भावी पुस्ताले पनि श्रद्धा गर्नु पर्ने सन्देश दिन कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्राचार्य रविन्द्र थापाले सो अवसरमा जानकारी गराए ।
नेपाली भाषा साहित्यमा ठुलो योगदान पुर्याउने भानुभक्तलाई लेखक तथा साहित्यकारहरुले सम्झिरहने गरेपनि सरकारी स्तरबाट विर्सिएको भान हुने भाषाशास्त्री डा. गोपाल भण्डारीले बताए ।
नेपाली भाषाका क्षेत्रमा पुर्याएको योगदानको मुल्याँकन गर्दै आदि कवि भानुभक्त आचार्यलाई नेपालमा मात्र नभएर भारतको दार्जिलिङ, सिलीगुढी, खार्साङ लगायतका ठाउँहरुमा समेत सर्जकहरुले स्मरण गर्दै जन्मोत्सव मनाएका छन् ।
विक्रम संवत १८७१ असार २९ गते तनहु जिल्लाको रम्घामा आदि कवि भानुभक्त आचार्यको जन्म भएको थियो ।

सिमरा सेजको चार सय न ...

वीरगञ्ज । सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज) प्राधिक ...

ट्राफिक नियम उल्लङ्घ ...

काठमाडौँ । के तपाईँ ट्राफिक नियम उल्लङ्घनमा परेपछि प्रह ...

नेपालका प्रजनन स्वास ...

काठमाडौँ । अष्ट्रेलियाको मेलबर्नमा चार दिनसम्म चलेको वि ...

स्वयम्भूनाथमा भक्तजन ...

२५७०औँ बुद्धजयन्तीका अवसरमा आज काठमाडौँको स्व ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]