खेलाडीलाई हौसला बढाउन जनप्रतिनिधि खेल स्थलमा जाने

  • असार १७, २०७९ / नेपाल रेखा
alt

विराटचोक । असार १८ र १९ गते धरानमा हुने प्रदेशस्तरीय अन्तर नगरपालिका तेक्वान्दो प्रतियोगितामा सुन्दरहरैंचा नगरपालिकाबाट सहभागी हुने खेलाडीलाई विजयको शुभकामनासहित बिदाइ गरिएको छ ।
सुन्दरहरैंचा नगरपालिकामा आयोजित कार्यक्रमलाई नगर प्रमुख केदारप्रसाद गुरागाईँले सम्बोधन गर्दै विजयी भएर आउन टिमलाई शुभकामना दिएका थिए । नगरले खेल र खेलाडीको सधैँ कदर गर्ने बताउँदै उनले खेलाडीको हौसला बढाउन नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी पनि प्रतियोगितास्थलमा उपस्थित हुने जानकारी दिए ।
खेल प्रशिक्षक सूर्य दङ्गालका अनुसार प्रतियोगितामा बालसदन एकेडेमीबाट २, टेन्डरफिट बोर्डिङबाट ४ ओरिजिनबाट १ र गछियाबाट १ जना खेलाडीले प्रतिष्पर्धा गर्ने भएका छन् । ४ जना महिला र ४ जना पुरुषले प्रतियोगितामा सहभागिता जनाउने भएका हुन् ।
सुन्दरहरैंचाको तर्फबाट ३० केजी तौल समूहबाट सुवास दर्जीले प्रतियोगितामा भाग लिने भएका छन् । ३५ केजी तौल समूहबाट दर्पण डाँगी, ४४ केजी तौल समूहबाट सविन तामाङ र ५० केजी तौल समूहबाट चिरञ्जीवी भण्डारीले भाग लिने भएका छन् ।
महिलातर्फ ३८ केजी तौल समूहबाट कल्पना पाण्डे, ४३ केजी तौल समूहबाट जेसिका खनाल, ४६ केजी तौल समूहबाट विपना श्रेष्ठ र ५३ केजी तौल समूहबाट मलिस्का लावतीले भाग लिने भएका छन् ।

दशैंको मुस्कान पछाडि ...

  दशैं नजिकिँदै छ। घरमा हाँसो, टीका, जमरा, मिठो ख ...

भेडेटार पार्क ...

पूर्वको प्रसिद्ध पर्यटकीयस्थल धनकुटाको भेडेटा ...

बिक्री गर्दै बाँसका ...

जनकपुरधाम उपमहानगरपालिका-६ पेठिया बजारमा बाँस ...

बूढीगण्डकी नदीकाे बा ...

बाढी आएपछि गोरखास्थित बूढीगण्डकी नदी आसपास क् ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]