रासायनिक मल कारखाना संचालन गर्नेलाई प्रदेश सरकारले सहयोग गर्ने

  • असार १६, २०७९ / नेपाल रेखा
alt

कुमोद अधिकारी
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सरकारले प्रदेशमा निजी क्षेत्रले  रासायनिक मल कारखाना स्थापनामा गर्न चाहेमा आवश्यक  सहयोग गर्ने बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेशको चौथो साधारण  सभाको विराटनगरमा उद्घाटन गर्दै उनले मुलुकको कृषि उत्पादनमा वृद्धि गर्नका लागि अन्य उद्योग सरह मल उद्योग स्थापनामा सहज व्यवस्थापनमा सहयोग गर्न निजी क्षेत्रलाई आग्रह गरे ।   
मुख्यमन्त्री राईले  राष्ट्रियताको लागि मुलुक आर्थिक रुपमा  सम्पन्न हुनुपर्नेमा जोड दिँदै यसका लागि निजी क्षेत्र लगायत सबैसँग हातेमालो गर्न सरकार तयार रहेको बताए ।  
उत्पादन, पूँजी विकास र राजश्व सङ्कलनमा निजी क्षेत्रको ठूलो योगदान रहेको चर्चा गर्दै  वर्तमान अवस्थामा राज्य शासक होइन व्यवस्थापनको भूमिका निर्वाह गरिरहेको उनको भनाइ थियो ।
सरकारले ऐन कानूनमा सहजता, शान्ति सुरक्षा र पूर्वाधार उपलव्धताले मुलुकमा लगानीमैत्री वातावरण बनेकाले  उद्योगीहरुलाई औधोगिक क्षेत्रमा लगानी गर्न उनले  आग्रह गरे ।
प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सङ्घीयतालाई संस्थागत गर्न उत्तरदायी भएर परिवर्तनकारी सङ्घीय र प्रदेशको बजेट आएको छ भन्दै यसमा निजी क्षेत्रको अधिकांश सुझाव समेटिएको बताए ।  विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विप्रेषण र राजश्वको आधारमा मुलुक दिगोरुपमा सञ्चालन हुन नसक्ने बताउँदै स्वदेशी कच्चा पदार्थ प्रयोग हुने उत्पादनशील उद्योगलाई आवश्यक सहयोग गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराए ।
आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमन दाहालले प्रदेश सरकारले वाणिज्य पूर्वाधार गरेको लगानीले निजी क्षेत्रलाई उद्योग व्यापार स्थापनामा सहयोग पुगेको बताए । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले कृषि क्षेत्रमा यान्त्रीकरण, व्यवसायीकरणले उत्पादन वृद्धि हुने चर्चा गर्दै भारतको वथनाहाबाट विराटनगरको वुधनगरसम्म चाँडै सञ्चालन हुने ढुवानी रेल सेवाबाट औद्योगीकरणमा मद्दत पुग्ने बताए।
नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय अध्यक्ष शेखर गोल्छाले केही बर्ष अगाडि सुनसरी मोरङ औद्योगिक क्षेत्र केन्द्रको रुपमा रहेकोमा वर्तमान अवस्थामा चौथो स्थानमा पुगेकोमा चिन्ता व्यक्त गर्दै किसानलाई समयमा रासायनिक मल प्राप्त गर्नका लागि निजी क्षेत्रलाई मल आयात अनुमति दिंन आग्रह गरे ।  
उनले  मुलुक आगामी दिन आर्थिक रुपमा चुनौतीपूर्ण हुने बताउँदै राष्ट्रप्रति जिम्मेवारी रहदै निजी क्षेत्रले यसको समाधानका लागि आवश्यक सुझाव दिएको जानकारी दिए ।
सङ्घका प्रदेश अध्यक्ष टिकाराज ढकाल, सङ्घका केन्द्रीय उपाध्यक्ष अन्जन श्रेष्ठ, केन्द्रीय सदस्यद्वय अविनास वोहरा, डिल्ली बस्नेत, पूर्व केन्द्रीय अध्यक्ष चण्डीराज ढकाल, पूर्व उपाध्यक्ष किशोर प्रधान, पूर्व प्रदेश अध्यक्ष नरेन्द्र खड्का, वागमती प्रदेश अध्यक्ष दिलसुन्दर श्रेष्ठ, लुम्बिनी प्रदेश अध्यक्ष श्रीकृष्ण शर्मा, उद्योग सङ्घठन मोरङका अध्यक्ष सुयश प्याकुरेल, भोजपुर जिल्ला अध्यक्ष कर्ण मोक्तान लगायतले उद्योग स्थापनामा आवश्यक सहयोग गर्नुपर्नेमा जोड दिए ।

सिमरा सेजको चार सय न ...

वीरगञ्ज । सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज) प्राधिक ...

ट्राफिक नियम उल्लङ्घ ...

काठमाडौँ । के तपाईँ ट्राफिक नियम उल्लङ्घनमा परेपछि प्रह ...

नेपालका प्रजनन स्वास ...

काठमाडौँ । अष्ट्रेलियाको मेलबर्नमा चार दिनसम्म चलेको वि ...

स्वयम्भूनाथमा भक्तजन ...

२५७०औँ बुद्धजयन्तीका अवसरमा आज काठमाडौँको स्व ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]