मोरङ । सुन्दरदुलारी उद्योग वाणिज्य संघको सम्पन्न अधिवेशनवाट चयन भएको नयाँ कार्य समितिको पदस्थापना कार्यक्रम भएको छ । मोरङको गोकर्ण रिसोर्टमा एक औपचारिक कार्यक्रमको आयोजना गरी पदस्थापना गराइएको हो । उद्योग वाणिज्य संघ सुन्दरदुलारीका नव निर्वाचित कार्यसमितिका अध्यक्ष जीवनप्रसाद ढुंगानाको अध्यक्षता तथा सुन्दरहरैचा नगपालिकाका प्रमुख केदारप्रसाद गुरागाईको प्रमुख आतिथ्यमा पदस्थापन कार्यक्रम सम्पन्न गरिएको थियो ।
पदस्थापना कार्यक्रमका प्रमुख अतिथी गुरागाईले व्यवसायीहरुका लागि विगत केही वर्ष देखि सन्तोषजनक अवस्था नगरहेको वताए । उनले विगतमा कोराना कहर र हाल अर्थतन्त्रमा देखिएको वित्तिय संकटले पनि व्यवसायीहरुका लागि सन्तोषजनक अवस्था नरहेको भन्दै अहिले व्यवसाय टिकाउनका लागि मात्र सञ्चालन गर्नु पर्ने अवस्था रहेकोले व्यवसाय टिकाउनतर्फ लाग्न व्यवसायीहरुलाई आग्रह गरे ।
सुन्दरहरैचा नगरक्षेत्रमा रहेको उद्योग वाणिज्य संघ सुन्दरदुलारीले नगरको विकास निर्माण क्षेत्रमा बिभिन्न किसिमका गतिविधि गर्दै आएको संघका निर्वतमान अध्यक्ष किशोर कार्कीले जानकारी गराए ।
तीन वर्षे कार्यकालका लागि अध्यक्षमा चयन भएका जीवनप्रसाद ढुंगानाले निजी क्षेत्रबाट स्थानीय सरकारलाई सहयोग र समन्वय गर्दै सुन्दरहरंैचाको विकास निर्माणमा सहयोगी भूमिका खेल्दै आएको र नयाँ कार्यसमितिले पनि निरन्तरता दिने बताए ।
पदस्थापनका कार्यक्रमा सुन्दरदुलारी उद्योग वाणिज्य सघका निर्वतमान अध्यक्ष किशोरकुमार कार्की सुन्दरहरैचा नगरपालिकाकी उपप्रमुख अकलीदेवी चौधरी, नेपाली काँग्रेस सुन्दरहरैचाका सभापति भक्तिप्रसाद सिटौला, नेकपा एमाले सुन्दरहरैचा नगरपालिका अध्यक्ष मात्रिकाप्रसाद ढकाल, निर्वाचन समिति संयोजक बालकृष्ण प्रसाद आचार्य सुन्दरहरैचा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद रिजाल लगायतका अतिथीहरुको सहभागिता रहेको थियो । तीन वर्षे कार्यकालका लागि जीवन ढुंगानाको अध्यक्षतामा सुन्दरदुलारी उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति चयन भएको थियो ।
