सार्वजनिक भयो नवौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट

  • वैशाख २४, २०७९ / नेपाल रेखा
alt

 

पोखरा । एकताबद्ध देश, खेलकुदको सन्देश भन्ने नारासहित गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो र मस्कट सार्वजनिक गरिएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले शनिबार एक कार्यक्रमकाबीच युवा तथा खेलकुद मन्त्रि महेश्वर गहतराज र राखेपका सदस्यसचिब टंकलाल घिसिङले लोगो र मस्कट सार्वजनिक गरेका हुन् । लोगोमा गण्डकी प्रदेशको राजधानी पोखरा र माछापुच्छ्रे हिमाललाई संकेत गरिएकोछ । साथै, मस्कटमा यस प्रदेशमा पाइने लोपोन्मुख अनि संरक्षित जनावर कस्तुरी मृगलाई देखाएइएको छ ।
लोगो र मस्कट सार्वजनिक गरिएसँगै नारा पनि सार्वजनिक गरिएको छ । लोगो र मस्कट भोलानाथ पौडेलले डिजाइन गरेका थिए । लोगो र मस्कट खुल्ला खुल्ला प्रतिस्पर्धाबाट छनोट गरिएको बताइएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता जेठ २२ देखि २८ गतेसम्म सञ्चालन गरिनेछ । नवौं राष्ट्रिय खेलकुदमा ३६ खेलमा प्रतिस्पर्धा हुनेछ ।

दशैंको मुस्कान पछाडि ...

  दशैं नजिकिँदै छ। घरमा हाँसो, टीका, जमरा, मिठो ख ...

भेडेटार पार्क ...

पूर्वको प्रसिद्ध पर्यटकीयस्थल धनकुटाको भेडेटा ...

बिक्री गर्दै बाँसका ...

जनकपुरधाम उपमहानगरपालिका-६ पेठिया बजारमा बाँस ...

बूढीगण्डकी नदीकाे बा ...

बाढी आएपछि गोरखास्थित बूढीगण्डकी नदी आसपास क् ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]