साहित्यकार न्यौपानेको अभिनन्दन

  • वैशाख २, २०७९ / नेपाल रेखा
alt


इटहरी । एक सय तीन बर्षीय दीर्घजीवी धरणीप्रसाद न्यौपानेले आफ्नो अभिनन्दन कार्यक्रममा आफंैले लेखेको कविता पढेर सुनाए । १०३ बर्षको उमेरमा चश्मा नलगाइन पढेको देखेर उपस्थित सबै छक्क परे । एक सय तीन बर्षीय दीर्घजीवी धरणीप्रसाद न्यौपानेलाई उनकै निवास मोरंग सुन्दरहरैचा–४ मा अभिनन्दन गरिएको हो ।
उनले तेह्रथुमको चुहानडाँडामा शिक्षाको जग बसालेर शिक्षाको ज्योती प्रदान गरेको भन्दै उनले शिक्षा दिएका विद्यार्थीहरु र उनीहरुका परिवारले अभिनन्दन गरेका हुन् । विशेषगरि द्रोणचार्य र राममायाँ सिटौलाका चार भाइ छोराका सन्ततीहरुले अभिनन्दन गरेका हुन् ।
बिक्रम सम्वत २००२ सालदेखि चुहानडाँडाको शारदा हाइस्कुलमा पहिलो प्रधानाध्यापक भएर लामो समय अध्यापन गरेका थिए । त्यो विद्यालयको नाम समेत उनले नै जुराएका हुन् । विद्यालयलाई कलेज बनाउनुपर्छ भन्ने अवधारणा पनि धरणीधर न्यौपानेकै थियो । हाल सो विद्यालय वीरेन्द्र इन्टरकलेज हुँदै तेह्रथुम बहुमुखी क्याम्पसमा रुपन्तरण भई स्नातकोत्तरका कक्षाहरु संचालन भइरहेका छन् । धरणीधर न्यौपानेकै प्रयासले सयौं ब्यक्तिहरु शिक्षाको उज्यालो प्रकाश प्राप्त गरि राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा सुयोग्य जनशक्तिका रुपमा कार्यरत रहेको भन्दै उनलाई अभिनन्दन गरिएको हो । अभिनन्दन कार्यक्रममा बोल्दै। उनीहरुले शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने दीर्घजीवी न्यौपानेलाई राष्ट्रले नै सम्मान गर्नुपर्ने तर्फ ध्यानाकर्षण गराएका छन् । कार्यक्रममा अमेरिकाबाट आएका कपिल सिटौला लगायत लक्ष्मी प्रसाद सिटौला, प्रेम प्रकाश सिटौला, डिल्लीराम सिटौला, राम सिटौला, डा. रामजी तिम्सिना र तेज प्रसाद सिटौला लगायतले न्यौपानेले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरे । न्यौपानेका नाती त्रिभूवन विश्वविद्यालय क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय विराटनगरका सहपरीक्षा नियन्त्रण नन्द न्यौपानेले धन्यवाद ज्ञापन गरे । तेह्रथुम चुहानडाँडाबाट ताप्लेजुङ्ग ढुगेसाँघु बसाई सरेर जननेता मदन भण्डारीलाई समेत उनले साँवा अक्षर चिनाउनु भएको थियो । १ सय ३ बर्षीय न्यौपानेका छोरा मोहन न्यौपानेका अनुसार उनी अहिलेसम्म चश्मा नलगाइ लेखपढ गर्छन् । केहि न केहि गरेर बस्ने धरणीधर न्यौपाने अहिले पनि काब्य सृजना गरिरहेका छन् । उनका आधा दर्जन कृति प्रकाशित छन् । न्यौपाने वंशावली, ग्राहस्थ्य शिक्षा, कोशी सामाजिक खण्डकाब्य, गन्तब्य गोरेटो आत्मकथा र कविता संग्रह प्रकाशित छन् ।

 

गर्मी छल्न पौडी ...

सुनसरीको इनरुवा नगरपालिका-६ स्थित सुनसरी मोरङ सिचाइँ आय ...

गृहमन्त्रीलाई ज्ञाप ...

बाराको निजगढमा मङ्गलबार गृहमन्त्री सुधन गुरुङ ...

भानुजयन्ती प्रभातफेर ...

आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्तीका ...

मादी माध्यमिक विद्या ...

इटहरी । संखुवासभाको मादी माध्यमिक विद्यालय पूर्व विद्या ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]