इटहरीका श्रेष्ठ र विष्ट खेलकुद विकास बोर्डको सदस्यमा नियुक्त

  • चैत २५, २०७८ / नेपाल रेखा
alt

इटहरी । सुनसरीको इटहरीका दुई युवाहरु रितेश श्रेष्ठ र शैलेश विष्ट प्रदेश नम्बर एकको खेलकुद विकास बोर्डको सदस्यमा नियुक्त भएका छन् ।
प्रदेश खेलकुद ऐन २०७६ को दफा ३ को उपदफा २ बमोजिम प्रदेश खेलकुद विकास बोर्डको सदस्यमा श्रेष्ठ र विष्टलाई नियुक्त गरिएको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
श्रेष्ठ अखिल नेपाल खेलकुद महासंघका केन्द्रिय सचिब एवम् प्रदेश १ संयोजक हुन् भने विष्ट राष्ट्रिय तेक्वान्दो संघका अध्यक्ष हुन् ।
प्रदेश सरकारको बैठकले अघिल्लो खेलकुद विकास बोर्डका पदाधिकारीलाई बिस्थापित गरी नयाँ पदाधिकारी नियुक्त गरेको हो ।

shaelesh bista 1

 

दशैंको मुस्कान पछाडि ...

  दशैं नजिकिँदै छ। घरमा हाँसो, टीका, जमरा, मिठो ख ...

भेडेटार पार्क ...

पूर्वको प्रसिद्ध पर्यटकीयस्थल धनकुटाको भेडेटा ...

बिक्री गर्दै बाँसका ...

जनकपुरधाम उपमहानगरपालिका-६ पेठिया बजारमा बाँस ...

बूढीगण्डकी नदीकाे बा ...

बाढी आएपछि गोरखास्थित बूढीगण्डकी नदी आसपास क् ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]