उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब विजयी

  • चैत २०, २०७८ / नेपाल रेखा
alt

इटहरी । बिभागीय टिम त्रिभुवन आर्मी क्लबले बाह्रौ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगितामा बिजयी सुरुवात गरेको छ ।
सुनसरीको इटहरी रंगशालामा भएको उद्घाटन खेलमा आयोजक राष्ट्रिय जागृती क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै आर्मीले बिजयी सुरुवात गरेको हो । आर्मीका लागि टेकबहादुर बुढाथोकी र भरत खवासले गोल गरे बुढाथोकीले २९ औं मिनेटमा र खवासले ४० औ मिनेटमा गोल गरे । आयोजकका तर्फबाट बिजय भुजेलले ६९ औं मिनेटमा १ गोल फर्काए ।
खेलको म्यानअफ द म्याच आर्मीका भरत खवास घोषित हुदै नगद १० हजार हात पारे । आज आइतबारको खेल ए डिभिजन क्लब मनाङ मस्र्याङ्दी र कञ्चनजंगा फुटबल क्लब भारत बिच हुनेछ । चैत्र २६ गतेसम्म चल्ने प्रतियोगितामा दुई बिदेशी सहित ८ टिम सहभागी छन् । कुल ५४ लाख लागत लाग्ने अनुमान गरिएको प्रतियोगिताको बिजेताले ७ लाख पाउनेछन् भने उपबिजेताले ३ लाख ५० हजार पाउनेछ ।

दशैंको मुस्कान पछाडि ...

  दशैं नजिकिँदै छ। घरमा हाँसो, टीका, जमरा, मिठो ख ...

भेडेटार पार्क ...

पूर्वको प्रसिद्ध पर्यटकीयस्थल धनकुटाको भेडेटा ...

बिक्री गर्दै बाँसका ...

जनकपुरधाम उपमहानगरपालिका-६ पेठिया बजारमा बाँस ...

बूढीगण्डकी नदीकाे बा ...

बाढी आएपछि गोरखास्थित बूढीगण्डकी नदी आसपास क् ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]