साहित्य श्रृजना

  • कार्तिक २५, २०७७ / "नेपाल रेखा"
alt


कबिताः

धर्ती–आवाज (आमा)


विदेशी माटोमा नहराउ नवयुवा आउँ यता
वेला हो यो देश विकास गर्ने विर्सी वस्छौ कता ।
आफ्नै देश वचाउने प्रण गरौ सवै भै एकजुट
तिम्रो कर्मठ पाखुराले बन्छ यहाँ हिमालझै मुकुट ।।

प्रविधिको विकाशसंगै सवै बन्दै गए सौखिन
केही गरौं नविन कार्य, भन्ने कतै देखिएन ।
पूर्खाको बिरासत विलय हुनेभो आउन यता
सम्झेर आउ अरनिको तिमी हरायौ कताकता ।।

सगरमाथा उच्च शिर हाम्रो हाँसी राख्न देउन
छङ्छङ् वग्ने झरनाहरु नेपाली संगित गाईरहुन ।
गोर्खालीका सन्तान हामी विश्वभर कृति छाउन
बीर अमर छौ, संसारले नेपाली बिरगाथा गाउन ।।

हिंसा भड्कियो मेरो काखमा, तै अशान्ति किन चुलियो
वैमनस्यता छायो भाइभाइमा,आफ्न्तैको विश्वास घट्दो भयो ।
सुरक्षित रहेनन् आफ्नै चेलिवेटी असह्यि मुटु मेरो पोल्यो
हरायो मानवमा दिनदिनै, आज किन प्रेम यो महँगो भयो ।।

आउ छोरा तिमी मेरै काँखमा रमाउ खाँई ढिडोपिठो
हर्षले आँसु बगाउ मेरा, फलाउ यही धर्तीमा अन्न मकैकोदो ।
कोमाभित्र अचेत छ मेरो देश, वाँकी मात्र छ अव घिटघिटो
आउ शान्ति तिम्रो खाँचो भो, बुद्ध जन्मेर आउँ यहाँ छिटो ।।

वैरी तम्सिरहेछ सुस्ता दशगजा ठेलिकन खुम्च्यायछु भनेर
स्वार्थी भयौ मुखियाँ यहाँ उसैत बस्छन् तिम्रै गुणगान जपेर ।
सवै बेचे स्वाधिनता म कसरी सहौँ पराधिनता, वलभद्र
माईतीको अस्तित्व जोगाई राख्न फेरी आउँ छोरी भृकुटी फर्केर ।।

लिम्पियाधुरा कालापानी लिपुलेक चर्किएर दुख्यो
जंगे पिलारमा चुलियो विवाद रुन्छ आँत मेरो यो ।
किन बैरीको नजर पर्दैछ, असह्यि छाती चर्कियो
सुनौलो बिहानी लिएर आउ पृथ्वी अवेला अव भैसक्यो ।।


समाप्त

दुर्गा दंगाल ( चाँदनी )
ईटहरी सुनसरी
नेपाल

भेडेटार पार्क ...

पूर्वको प्रसिद्ध पर्यटकीयस्थल धनकुटाको भेडेटा ...

बिक्री गर्दै बाँसका ...

जनकपुरधाम उपमहानगरपालिका-६ पेठिया बजारमा बाँस ...

बूढीगण्डकी नदीकाे बा ...

बाढी आएपछि गोरखास्थित बूढीगण्डकी नदी आसपास क् ...

अस्पतालको गेटमै शिशु ...

इनरुवा । सुनसरीमा अस्पतालमा समयमा उपचार नपाएको आरोपपछि ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]