प्रदेश १ सरकारद्वारा ९८ जना खेलाडी पुरस्कृत

  • साउन १, २०७७ / "नेपाल रेखा"
alt

विराटनगर । १ नम्बर प्रदेश सरकारले दक्षिण एशियाली खेलकुदमा प्रदेशका विजेता खेलाडीहरूलाई सम्मान तथा नगद पुरस्कार प्रदान गरेको छ ।

तेह्रौँ दक्षिण एशियाली खेलकुदमा यस प्रदेशबाट पदक विजेता ९८ जना खेलाडीलाई प्रदेश सरकारले सो सम्मान तथा पुरस्कार प्रदान गरेको हो ।

सम्मान तथा पुरस्कार प्राप्त गर्नेमा एकलतर्फ स्वर्ण पदक पाउने छ जनालाई जनही रु तीन लाख, रजत पदक पाउने चार जनालाई जनही रु दुई लाख र कास्य पदक पाउने १० जनालाई जनही रु एक लाख रहेका छन् । यसैगरी टीमतर्फ स्वर्ण पदक पाउने १५ जना, रजत पदक पाउने २२ जना र कास्य पदक पाउने ४१ जना रहेका छन् ।

sujan

स्वर्ण पदक प्राप्त गर्ने झापाका जुडो खेलाडी देविका खड्का, सुनसरीका तेक्वाण्डो खेलाडी सिना लिम्बू मादेन, मोरङका तेक्वाण्डो खेलाडी भुपेन श्रेष्ठ, उदयपुरका कराते खेलाडी अनुपमा मगर, इलामका उसु खेलाडी जुनी राई र सोलुखुम्बुका साइक्लिङ खेलाडी रावेश मगर छन् ।

रु तीन लाखलाई आधारमानी खेलाडी सङ्ख्याको आधारमा टीममा स्वर्णपदक पाउने खेलाडीलाई बढीमा रु एक लाख र कम्तीमा रु ७५ हजार ५००, रु दुई लाखलाई आधारमानी खेलाडी सङ्ख्याको आधारमा टीममा रजत पदक पाउने खेलाडीलाई बढीमा रु एक लाख र कम्तीमा रु ६० हजार तथा रु एक लाखलाई आधारमानी खेलाडी सङ्ख्याको आधारमा टीममा कास्य पदक पाउने खेलाडीलाई बढीमा रु ५० हजार र कम्तीमा रु ४१ हजार नगद पुरस्कार प्रदान गरिएको सामाजिक विकास मन्त्रालयका सचिव गोविन्द कार्कीले जानकारी दिनुभयो । उहाँले विजेता ९८ जना खेलाडीमध्ये १० जना खेलाडी दोहिरिएका छन् भन्नुभयो । पुरस्कारमा कूल रु ८० लाख वितरण भएको बताइएको छ ।

jiban ghimire

मुख्यमन्त्री शेरधन राईले देशको प्रतिष्ठा बढाउने खेल र खेलाडीलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले कोभिड–१९ को महामारीको समयमा खेलाडीले निश्चित अनुशासन एवं भौतिक दूरी कायम राख्नु सुझाव दिँदै खेलकुदको माध्यमबाट देशको प्रतिष्ठा बढ्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले खेलकुदको माध्यमबाट व्यावसायिक बन्न खेलाडीहरूलाई सुझाव दिँदै स्वच्छ, सुखी र समुन्नत प्रदेश बनाउन सरकारले काबुमा रहेका बजेटलाई सोही अनुसार खर्च गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेश सरकारले खेलकुद क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको र सोही अनुसार खेलकुद ऐन बनाएको चर्चा गर्दै प्रदेशको १३७ वटै स्थानीय तहमा खेलमैदान बनाउने बताउनुभयो । उहाँले प्रत्येक जिल्लामा प्रदेशस्तरीय रङ्गशाला निर्माण गर्ने भन्दै मोरङको बैजनाथपुरमा रहेको खेल मैदानलाई अन्तरराष्ट्रियस्तरको रङ्गशाला बनाउने तयारीमा सरकार रहेको जानकारी दिनुभयो ।

पुरस्कृत खेलाडीहरूका तर्फबाट फुटबल खेलाडी सुजन श्रेष्ठ र टेक्वान्डो खेलाडी सीमा लिम्बूले खेललाई सर्वोपरी बनाउन सरकारले विशेष ध्यान दिनुपर्ने बताउँदै खेलले राष्ट्रको गौरव र पहिचान बढाउने भएकाले यसको चौतर्फी विकासमा ध्यान दिन सरकारसँग आग्रह गर्नुभयो ।

jasmaya

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

प्रभावित जिल्लामा तत ...

काठमाडौँ । सरकारले आपत्कालीन व्यवस्थापनका लागि प्रभावित ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]