दिवेश अमेरिकन आइडलको फस्ट रनर अप

  • जेठ ५, २०७७ / "नेपाल रेखा"
alt

टेक्सस । दिवेश पोखरेल अमेरिकन आइडलको फस्ट रनर अप बन्नुभएको छ । अमेरिकाको कन्सास राज्यको विचिटा शहरमा बस्दै आउनुभएका २२ वर्षीय पोखरेल अमेरिकन आइडलको १८ औँ संस्करणको फस्ट रनर अप बन्नुभएको हो ।

छनोट चरण हुँदै अन्तिम २०, १०, ७ र फाइनल चरणका लागि अन्तिम पाँचभित्र समेटिँदै पोखरेल फाइनलमा पुग्नुभएको थियो । अमेरिकन आइडलमा आर्थर गनको नामबाट सहभागी पोखरेलले आइडलको छनोट चरणदेखि नै निर्णायकको मत जित्दै आउनुभएको थियो । मतमार्फत अघि बढ्ने चरणमा समेत उहाँले उत्साहप्रद मत प्राप्त गर्नुभएको थियो । उहाँको आइडलको सहभागितासँगै अमेरिकामा रहेको नेपाली समुदायमा आइडलप्रतिको चासो ह्वात्तै बढेको थियो । विश्वभर छरिएको नेपाली समुदायबाट उहाँलाई मत प्राप्त भएको थियो । त्यसका निम्ति पोखरेलले सबैमा आभारसमेत व्यक्त गर्नुभएको छ ।

गत सेप्टेम्बरमा दिवेश आइडलका लागि छनोट हुनुभएको थियो । फ्रेन्च कवि आर्थर रिमबाउडबाट प्रभावित भएर आफ्नो स्टेज वा साङ्गीतिक नाम आर्थर गन राखेको बताउनुहुने दिवेश छ वर्षअघि अमेरिका आउनुभएको हो । काठमाडौँमा जन्मिनुभएका दिवेशले अमेरिका आउनुअघि पनि नेपाली सङ्गीतिक कोसेली एलबम ‘ग्रहण’ सार्वजनिक गर्नुभएको थियो ।

दिवेश फस्ट रनर अप भएको एबिसी टेलिभिजनले सञ्चालन गर्ने आइडलको उपाधि भने २१ वर्षीया जष्ट सामले जित्नुभएको छ । उपाधि विजेता जष्ट लाइबेरियाली मूलकी हुनुहुन्छ ।

गोधुली साँझमा माछा म ...

सुनसरीको कोसी गाउँपालिकास्थित नेपाल-भारत सीमामा पर्ने म ...

तीव्र गतिको हावाहुरी ...

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था ...

वागेश्वरी मन्दिर ...

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-२ स्थित घरबा ...

एस.ई.ई. स्पिकर प्रति ...

धरान । र्याडिकल लाईट नेपाल प्रा.लि. धरानको आयोजनामा सञ् ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]