फुटबलर समीक्षाका लागि सहयोग जुटाइँदै

  • वैशाख २१, २०७७ / "नेपाल रेखा"
alt

काठमाडौँ । आँखामा गम्भीर चोट लागेकी महिला फुटबल खेलाडी समीक्षा मगरको उपचारका लागि आर्थिक सहयोग जुटाउने अभियान थालिएको छ ।

यु–१६ महिला फुटबल टोलीकी खेलाडी मगरको उपचारका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को महिला विभाग प्रमुख एवं महिला फुटबल टोलीका पूर्वप्रशिक्षक हरि खड्काले शनिबार रु ५० हजार उपलब्ध गराउने घोषणा गर्नुभएको छ । नेपाली राष्ट्रिय महिला फुटबल टोली, महिला विभाग र पदाधिकारीको तर्फबाट उक्त सहयोग गरिने उहाँले बताउनुभयो ।

यस्तै मनाङ मस्र्याङ्दी क्लबले मगरको उपचारका लागि रु ३० हजार तथा एन्फा र विराट साङ्ग्रिला स्पोर्टस् क्लबले समान रु २५ हजार सहयोग गरेका छन् । लकडाउनअघि घर गएकी मगरको यही वैशाख १२ गते उदयपुरस्थित घरमा काम गर्ने क्रममा ढुङ्गाले लागेर आँखामा चोट लागेको थियो । उनको अहिले मोरङको विराटनगरस्थित आँखा अस्पतालमा उपचार भइरहेको छ ।

दशैंको मुस्कान पछाडि ...

  दशैं नजिकिँदै छ। घरमा हाँसो, टीका, जमरा, मिठो ख ...

भेडेटार पार्क ...

पूर्वको प्रसिद्ध पर्यटकीयस्थल धनकुटाको भेडेटा ...

बिक्री गर्दै बाँसका ...

जनकपुरधाम उपमहानगरपालिका-६ पेठिया बजारमा बाँस ...

बूढीगण्डकी नदीकाे बा ...

बाढी आएपछि गोरखास्थित बूढीगण्डकी नदी आसपास क् ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]