गोरखा । बडादसैँको सातौँ दिन शनिवार गोरखा दरबारको दसैँघरबाट परम्परागत विधिअनुसार पूजाआजा गरी फूलपाती सहितको डोली काठमाडौँस्थित हनुमानढोका दरबारका लागि पठाइएको छ ।शुभसाइत अनुसार बिहान ९ बजे पूजाअर्चना सम्पन्न गरी फूलपातीको डोली बा २ झ २१२८ नम्बरको गाडीमा राखेर काठमाडौँ पठाइएको गोरखा दरबारका नायब सुब्बा हरि सारूले जानकारी दिनुभयो । फूलपाती सहितको डोली लिएर सुसारे सानुकाजि बानियाँ शुभसाइतमा काठमाडौँ तर्फ लाग्नु भएको उहाँले जानकारी दिनुभयो । दरबारका अनुसार सुसारेहरूले फूलपातीसहितको डोली बोकेर ल्याएपछि सरकारी गाडीमार्फत काठमाडौँ पठाइएको हो ।फूलपाती बिदाइका लागि गोरखा दरबारको दसैँघरबाट बाजागाजासहित &
काठमाडौँ । नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गा पक्षको सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । प्राणीमात्रलाई कालले नष्ट गर्दछ । त्यस्तो काललाई पनि भगवती देवीले नष्ट गरिदिन्छिन् भन्ने मान्यता पाइन्छ । यस्ती देवीको स्वरुपलाई कालरात्रि भनिन्छ । कालरात्रि कृष्ण वर्णको हुनुका साथै यिनी भयङ्कर आकृतिको हुन्छिन् भन्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ ।नवरात्रको पहिलो दिन असोज १५ गते आइतबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्था
भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यराति ऐतिहासिक थिमि भैल नाच प्रदर्शन गर्दै स्थानीय । नाचमा भैरव दुई, दायगी दुई र ज्यागचा एक गरी पाँँच देवगण रहन्छ । नाच चपाचो, हात्तिमहाकाल, दिगुटोल, दुईपोखरी बालकुमारीलगायतका क्षेत्रमा रातभरि नचाइन्छ । तस्बिर-रत्न श्रेष्ठ-रासस
इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल) को १५०१ औँ जन्मजयन्तीका अवसरमा बुधबार दाङको तुलसीपुरमा सुन्नी कादरिया जामा मस्जिद समिति तुलसीपुरले निकालिएको र्याली । तस्बिर- दीपक बोहरा-रासस
बाजुराको सरकारी टोली लगायत भक्तजन पूजाको सामग्री लिएर सोमबार बडीमालिका प्रस्थान गर्दै । तस्बिर- टेकबहादुर बुढा-रासस
भक्तपुर नगरपालिका वडा न १० बस्ने ९२ वर्षीया कृष्णलक्ष्मी अवाल नागपञ्चमीका अवसरमा आज सोही वडामा रहेको थालाछेँस्थित नागपोखरीमा आउनु भई नागको प्रतिमामा पूजा आराधना तथा दर्शन गर्नुहुँदै । तस्बिर- रेणु त्वानाबासु-रासस
भक्तपुरमा अवस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर परिसरमा रहेको नन्दीको पूजा गर्दै भक्तजन। तस्बिर- रत्न श्रेष्ठ-रासस
बागलुङको ढोरपाटन नगरपालिका-९ मा अवस्थित उत्तरगङ्गा ढोरबराह मन्दिर परिसरमा रहेको बाइसधारा । यस मन्दिरमा जनैपूर्णिमा पर्वमा मेला लाग्ने गर्छ । तस्बिर- राम थापा-रासस
माला पालुङ्वाताप्लेजुङ । ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभरा (मुकुम्लुङ) क्षेत्रमा आर्थिक वर्ष २०८२–०८३ मा ४ करोड ८२ लाख रुपैयाँभन्दा बढी भेटी संकलन भएको छ ।पाथीभरा क्षेत्र विकास समितिका अनुसार उक्त आर्थिक वर्षमा कुल ४ करोड ८२ लाख ३ हजार ५५ रुपैयाँ भेटी संकलन भएको हो । यस्तै, सोही अवधिमा २ लाख ५२ हजार ८ सय जना भक्तजनले पाथीभराको दर्शन गरेका छन ्।पाथीभरा मन्दिरमा सबै भन्दा बढी वैशाख महिनामा एक करोड ६ लाख २८ हजार भेटी संकलन भएको छ भने सबै भन्दा कम भदौ महिनामा नौ लाख ९७ हजार रुपैंया भेटी संकलन भएको छ पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी अधिकृत प्रजिन हाङबाङले जानकारी दिए ।
ललितपुर महानगरपालिका-१२ स्थित विश्वसम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्र । तस्बिर- शशीधर अधिकारी-रासस