समाचार

    Showing 271-280 of 650 items.
  • विराटनगर महानगरको न्यायीक समितिमा ८८ प्रतिशत उजुरीको फछ्र्यौट

    विराटनगर । विराटनगर महानगरपालिकाको न्यायिक समितिले आर्थिक वर्ष २०७९/०८० मा ८८ प्रतिशत उजुरीको फछ्र्यौट गरेको छ । समितिमा दर्ता भएका कुल २३७ उजुरीमध्ये २०९ वटाको फछ्र्यौट गरिएको महानगरकी उपमेयरसमेत रहेकी न्यायिक समितिकी संयोजक शिल्पा निराला कार्कीले जानकारी दिइन् । जुन प्रतिशतको हिसाबले ८८ दशमलव १९ प्रतिशत हो । कार्कीका अनुसार सबैभन्दा बढी वडा नम्बर १२ बाट २१ र १८ नम्बरबाट ३ वटा उजुरी दर्ता भएको छ । साँधसिमानासम्बन्धी ५५, महिला तथा घरेलु हिंसा सम्बन्धी २९, श्रीमान–श्रीमती विवाद सम्बन्धी २९ उजुरी परेको छ । त्यस्तै खान लगाउन नदिएको, कुटपिट, दाइजो, लेनदेनसम्बन्धी पनि उजुर

    • प्रकाशित मितिः साउन ५, २०८०
    • 144 पटक पढिएको
    • नेपाल रेखा
  • नगरसभा नहुँदा कुश्मामा राजस्वमा असर

    कुश्मा । जनप्रतिनिधिबीचको विवादका कारण नगरसभा हुन नसक्दा कुश्मा नगरपालिकामा राजस्व सङ्कलन ठप्प बनेको छ । नगरपालिकामा यही साउन १ गतेदेखि नै राजस्व सङ्कलन रोकिएको हो ।नगरसभाले आगामी आर्थिक वर्षका लागि राजस्वको दररेट निर्धारण गरी पारित गर्नुपर्ने भए पनि नगरसभा नै हुन नसकेपछि यही साउन १ गतेदेखि नै कुनै पनि कर सङ्कलन नभएको प्रमुख प्रशासकीय अधिकृत चण्डिका पौडेलले जानकारी दिनुभयो । कर सङ्कलन नहुँदा घर जग्गाको तिरो तिर्ने, नक्सा पास, सिफारिसलगायतका काम रोकिएका छन् भने नागरिकतालगायतका वडा तहबाट हुने सिफारिस मात्र भएका छन् । साउन १ गतेदेखि सबै सेवा विनारसिद प्रदान गरिएको कुश्मा –१२ ठूलीपोखरीका वडा

    • प्रकाशित मितिः साउन ४, २०८०
    • 124 पटक पढिएको
    • नेपाल रेखा
  • कोशी प्रदेशमा दुर्घटनामा कमी–ट्राफिक प्रहरी

    इटहरी ।  कोशी प्रदेशमा विगत वर्षको तुलनामा आर्थिक वर्ष २०७९–८० मा सवारीसाधन दुर्घटनामा कमी आएको छ । सवारीसाधन दुर्घटनाबाट हुने मानवीय क्षति पनि कम भएको पाइएको छ ।नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रवक्ता मोहनविक्रम दाहालका अनुसार आव २०७९–८० मा तीन हजार पाँच सय १० सवारीसाधन दुर्घटना हुँदा चार सय १२ जनाको मृत्यु भएको थियो । दुर्घटनामा परी आठ सय १० जना गम्भीर तथा चार हजार सात सय ९७ जना सामान्य घाइते भएका थिए ।आव २०७८–७९ मा प्रदेशमा तीन हजार आठ सय २० सवारीसाधन दुर्घटनामा परेका थिए । दुर्घटनाबाट पाँच सय ३१ जनाको मृत्यु, एक हजार दुई सय तीन

    • प्रकाशित मितिः साउन ४, २०८०
    • 136 पटक पढिएको
    • नेपाल रेखा
  • खोला–पैनीको जग्गा हडप्नेलाई ३५ दिन भित्र जग्गा छोड्न इटहरी उपमहानगरपालिकाको उर्दी

    इटहरी । इटहरी उपमहानगरपालिकाले खोला–पैनी मिचेर बनाएको भौतिक संरचना भत्काउन उर्दी जारी गरेको छ । अतिक्रमित क्षेत्र खाली नगरे डोजर चलाउने उर्दी जारी गरेको हो ।सुरुमा इटहरी स्थित टेंग्रा खोला, खेती खोला र सुकुमारी पैनीको क्षेत्राधिकार भित्रको जग्गा खाली गर्न मेयर हेमकर्ण पौडेलले ३५ दिने सूचना सार्वजनिक गरेका छन् । कुनै पनि हालतमा अतिक्रमित संरचना हटाएरै छाड्ने मेयर पौडेलको भनाई छ ।टेंग्रा खोला, खेती खोला र सुकुमारी पैनीको दुवै किनारबाट ६–६ मिटर छोडी भवन संरचना बनाउनु पर्ने प्रचलित कानुनलाई आधार मान्दै मेयर पौडेलले उक्त खोला पैनीको दुवै तर्फ ६–६ मिटर नछोडी बने

    • प्रकाशित मितिः असार ३१, २०८०
    • 137 पटक पढिएको
    • नेपाल रेखा
  • विपन्न परिवारलाई जस्ताको छानो

    भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाले अतिविपन्न एक सय छ परिवारलाई जस्ता पाताको छानो राख्न सहयोग गरेको छ । आर्थिक अवस्था कमजोर रहेका विपन्न परिवारको पहिचान गरेर गाउँपालिकाले फुसको छानो हटाएको हो । गाउँपालिकाले गत र यो आर्थिक वर्षमा ७० लाख बजेट विनियोजन गरेर जस्तापाताको छानो फेरिदिएको छ । गाउँपालिकाले आफ्नै बजेटमा विपन्न आवास निर्माण कार्यक्रम लागू गरेर गत आर्थिक वर्षमा ४० र यो आर्थिक वर्षमा ६६ गरी एक सय छ परिवारलाई जस्तापाताको छानो वितरण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले जानकारी दिनुभयो । प्रतिपरिवार परिवारलाई ७५ हजार बराबरको सहयोग गरिएको प्रशासकीय अधिकृत निरौलाको भनाइ

    • प्रकाशित मितिः असार ३०, २०८०
    • 138 पटक पढिएको
    • नेपाल रेखा
  • इटहरीमा छात्रवृत्ति विवरण नबुझाउनेलाई एक लाखसम्म जरिवाना तिराइने

    इटहरी । इटहरी उपमहानगरपालिकाले छात्रवृत्ति विवरण नबुझाउने निजी विद्यालयलाई एक लाखसम्म जरिवाना तिराउने निर्णय गरेको छ ।शुक्रबार बसेको शिक्षा शाखाको बैठकले १५ वटा निजी विद्यालयलाई जरिवाना तिराउने निर्णय भएको छ । जसमा दसवटा आधारभूत र पाँचवटा माध्यमिक विद्यालयलाई जरिवाना तिराउने निर्णय भएको हो । शिक्षा शाखाको बैठकले आधारभूत तहका विद्यालयलाई ५० हजार र माध्यमिक विद्यालयलाई एक लाख रुपैयाँ जरिवाना तिराउने निर्णय भएको हो ।जसमा छात्रवृत्ति विवरण नबुझाउने आधारभूत तहका विद्यालयमध्ये वडा नं. ४ मा सञ्चालित जेलिन मन्टेश्वरी स्कुल, किड्स ग्लो मन्टेश्वरी, वडा नं. १३ मा सञ्चालित पिस एण्ड हर्ट इङ्लिस बोर्डिङ् स

    • प्रकाशित मितिः असार ३०, २०८०
    • 141 पटक पढिएको
    • नेपाल रेखा
  • बाढी पहिरोपीडितलाई सोलार बत्ती वितरण

    ताप्लेजुङ । बाढी पहिरोकाकारण विद्युतविहीन बन्न पुगेका ताप्लेजुङ्गको मौवाखोला क्षेत्रका स्थानीयलाई क्युक रेसक्यु टिम नेपाल र इसाई समाज कोशी प्रदेशले प्रोटेवल सोलार बत्ती उपलव्ध गराइएको छ ।क्युक रेसक्यु टिम नेपाल र इसाई समाज कोशी प्रदेशले ताप्लेजुङ्गको मौवाखोला गाउँपालिका वडा नम्बर ४ ओदाक गाउँका ६५ परिवारलाई प्रोटेवल सोलार बत्ती उपलव्ध गराएको हो ।बाढी पहिरोका कारण विद्युत सेवाबाट बञ्चिल बन्न पुगेकाहरुलाई बोकेर सहज रुपमा हिड्न मिल्ने, मोवायल चार्ज समेत गर्न मिल्ने प्रोटेवल सोलार बत्ती इटहरीबाट आएर आफुहरुले उपलव्ध गराएको क्युक रेसक्यु टिम नेपालका अध्यक्ष बिक्रम एक्तेनले जानकारी दिए ।सोलार बत्ती वि

    • प्रकाशित मितिः असार ३०, २०८०
    • 111 पटक पढिएको
    • नेपाल रेखा
  • प्रधानमन्त्रीपत्नी सिता दाहालको निधन

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधन भएको छ । थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा ६९ वर्षको उमेरमा दाहालको आज बिहान ८ बजेर ३३ मिनेटमा निधन भएको प्रधानमन्त्री दाहालका निजी चिकित्सक प्रा. डा. युवराज शर्माले जानकारी दिनुभयो ।दाहाल पार्किन्सन रोगका कारण लामो समयदेखि अस्वस्थ हुनुहुन्थ्यो । उहाँलाई स्वास्थ्यमा समस्या देखिएपछि नर्भिक अस्पताल भर्ना गरिएको थियो । दाहाल माओवादी केन्द्रको सल्लाहकार हुनुहुन्थ्यो ।

    • प्रकाशित मितिः असार २७, २०८०
    • 154 पटक पढिएको
    • नेपाल रेखा
  • पांचथरका बाढी पहिरोपीडितलाई खाद्यन्न सहयोग

    पाँचथर । बाढी पहिरोका कारण पिडित बनेका पाँचथरको याङवरकका ६७ परिवारलाई क्युक रेष्क्यु टिमले खाद्यान्न सहयोग गरेको छ ।बाढी पहिरो पिडित याङवरक गाउँपालिका वडा नम्बर १ र २ का ६७ परिवारलाई इसाई समाज कोशी प्रदेशको सहकार्यमा खाद्यान्न उपलव्ध गराइएको बताइएको हो । क्युक रेष्क्यु टिमका अध्यक्ष विक्रम एक्तेनले याङवरकका ६७ परिवार र संखुवासभाका विभिन्न जोखिमपुर्ण स्थानमा वस्दै आएका १६ घर परिवारलाई अस्थायी रुपमा सुरक्षीत स्थानमा वसोवासको व्यवस्था मिलाएर खाद्यान्न सामाग्री २५ केजी चामल, तेल, सावुन, टिसर्ट लगायतका सामाग्रीहरु वितरण गरिएको समेत अध्यक्ष एक्तेनले बताए ।यस अघि पनि क्युक रेष्क्यु टिम

    • प्रकाशित मितिः असार २४, २०८०
    • 132 पटक पढिएको
    • नेपाल रेखा
  • हसन्दहमा धान दिवश मनाईयो

    मोरंग/नेपालरेखा । कृषिकर्मलाई प्रोत्साहन गर्दै पथरी शनिश्चरे नगरपालिकाले आफ्नो नगरको ५ नं. वडा हसन्दहमा असार १५ गतेको अवसरमा धान दिवश मनाएको छ । जलवायु अनुकुलित कृषक मैत्री प्रबिधी, धान उत्पादनमा बृद्धि भन्ने नाराका साथ पथरीशनिश्चरे नगरले हसन्दहमा २०औं राष्ट्रिय धान दिवश-२०८० मनाएको हो । धान दिवश स्थानिय कृष्णबहादुर थापाको खेतमा जनप्रतिनिधी, बिभिन्न संघ संस्थाका प्रतिनिधीहरु लगायत स्थानीय वडा वासीको सहभागितामा सवैले धान रोपेर मनाईएको थियो । धान दिवशमा पथरी शनिश्चरे नगरपालिकाका मेयर मोहन प्रसाद तुम्वापो, उपमेयर देवीमाया काफ्ले, नगरका प्रमुख प्रसासकिय अधिकृत लक्ष्मी खरेल, पुर्व उपमेयर यमुना बिष

    • प्रकाशित मितिः असार १५, २०८०
    • 400 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]