फोटोफिचर

    Showing 31-40 of 226 items.
  • सभास्थलमा उपस्थित सदस्य नाचगानमा रमाउँदै

    चितवनमा आइतबारदेखि सुरु हुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनको सभास्थलमा उपस्थित सदस्यहरु नाचगानमा रमाउँदै। तस्बिर- प्रदीपराज वन्त-रासस  

    • प्रकाशित मितिः असार ७, २०८३
    • 298 पटक पढिएको
    • नेपाल रेखा
  • निर्माणाधीन आत्मा पवित्र माङहिम (मन्दिर)

    पाँचथरको हिलिहाङ गाउँपालिका-६ गुराँसेमा निर्माणाधीन आत्मा पवित्र माङहिम (मन्दिर) । मेसिनले काटिएका स्थानीय ढुङ्गाद्वारा निर्मित यस माङहिम निर्माणमा रु. एक करोड ५० लाख लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको निर्माण समितिले जनाएको छ । तस्बिर - रवीन्द्र काफ्ले - रासस  

    • प्रकाशित मितिः असार ६, २०८३
    • 177 पटक पढिएको
    • नेपाल रेखा
  • स्याउलीबाङ गाउँ

    प्युठानको नौबहिनी गाउँपालिका-१ स्थित स्याउलीबाङ ठूलोगाउँ र आसपासको भू-भाग। तस्बिर- कुलदीप न्यौपाने-रासस  

    • प्रकाशित मितिः असार ५, २०८३
    • 199 पटक पढिएको
    • नेपाल रेखा
  • संरक्षित गरेर राखिएको कृष्णसार

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटामा संरक्षित गरेर राखिएको कृष्णसारको बथान । कृष्णसार पुनःस्थापन कार्यक्रमअन्र्तगत सन् २०१२ देखि सन् २०१५ सम्म गरी बर्दियाको खैरापुर र काठमाण्डौँको सदर चिडिया खाना जावलाखेलबाट गरी ४२ वटा भाले र पोथी कृष्णसार स्थानान्तरण गरिएको थियो । स्थानान्तरण गरिएका कृष्णसारको सङ्ख्या बढेर हाल तीन सय १३ पुगेको छ । तस्बिर- राजेन्द्रप्रसाद पनेरू-रासस  

    • प्रकाशित मितिः असार ४, २०८३
    • 193 पटक पढिएको
    • नेपाल रेखा
  • हुम्लामा महिला श्रमिक

    हुम्लामा पछिल्ला वर्षहरुमा पुरुषसरह विकास–निर्माणमा बेल्छासँग जुधेर काम गर्दै सिमकोट गाउँपालिका–४ बुराउँसे गाउँका महिला । तस्बिर- दाने बोहरा-रासस  

    • प्रकाशित मितिः असार ३, २०८३
    • 232 पटक पढिएको
    • नेपाल रेखा
  • मानो रोपेर मुरी फलाउने तयारी

    सुनसरीको इनरुवा नगरपालिका–९ मा धान बिउ राख्न खेत सम्याउँदै किसान । यतिबेला यहाँका किसान मानो रोपेर मुरी फलाउने ध्याउन्नमा छन् । तस्बिर – नवीन गड्तौला

    • प्रकाशित मितिः असार ३, २०८३
    • 214 पटक पढिएको
    • नेपाल रेखा
  • महाकाली पुल गाइडबण्ड अनुगमन

    कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीमा निर्माण भएको चार लेनको पक्की पुलसँगै नेपाली सेनाद्वारा पुनःनिर्माण भइरहेको क्षतिग्रस्त गाइडबण्डको मङ्गलबार अनुगमन गर्नुहुँदै सुदूरपश्चिम पृतनाका पृतनापति उपरथी किरण केसी । गत वर्षको बाढीले गाइडबण्डको करिब ३०० मिटर भागमा क्षति पुर्‍याएपछि त्यसको पुनःनिर्माणका लागि सेना खटिएको छ । तस्बिर- शेरबहादुर सिंह-रासस  

    • प्रकाशित मितिः असार २, २०८३
    • 339 पटक पढिएको
    • नेपाल रेखा
  • कर्णाली नदीमा निर्माणाधीन पुल

    कैलालीको टीकापुर नगरपालिका र बर्दियाको गेरुवा गाउँपालिका जोड्ने कर्णाली नदी सनकट्टीमा निर्माण भैरहेको पक्की पुल । पुलको काम असारभित्र सम्पन्न हुँदैछ । तस्बिर - झलनाथ खनाल -रासस  

    • प्रकाशित मितिः जेठ ३०, २०८३
    • 252 पटक पढिएको
    • नेपाल रेखा
  • नेपालकै दोस्रो घरबास घलेगाउँ

    लमजुङको क्व्होलासोथर गाउँपालिका-३ स्थित नेपालकै दोस्रो घरबास गाउँ घलेगाउँ । विसं २०५७ बाट सन्मुचलित यस गाउँ मुलुककै पहिलो स्मार्ट भिलेज, खुसी गाउँ र दक्षिण एसियाकै नमुना गाउँको रुपमा समेत परिचित छ । तस्बिर- जनक श्रेष्ठ-रासस  

    • प्रकाशित मितिः जेठ २९, २०८३
    • 196 पटक पढिएको
    • नेपाल रेखा
  • कमलामाई मन्दिर

    सिन्धुली जिल्लाको धार्मिक पर्यटकस्थल कमलामाई मन्दिर । सिन्धुलीको प्रख्यात मन्दिरमध्ये कमलामाई मन्दिर पनि एक हो। यो मन्दिर सिन्धुलीमाढीबाट करिब १२ किमी टाढा छ । समुद्री सतहबाट करिब दुई हजार फिटको उचाइमा रहेको छ। तस्बिर- प्रदीपराज वन्त-रासस  

    • प्रकाशित मितिः जेठ २८, २०८३
    • 135 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]