शिक्षा–स्वास्थ

    Showing 11-20 of 197 items.
  • तीन रोगसँग लडिरहेका बालकलाई उपचार गर्न आर्थिक अभाव

    हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिका–१ तुम्चका १२ वर्षीय अनिल लावड यतिबेला तीनवटा रोगसँग लडिरहनुभएको छ । उहाँको एक सातादेखि बाँकेको नेपालञ्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको छ । आर्थिक अवस्था कमजोर भएका कारण उपचार गर्न सकस भएको अनिलका बुबा चैते लावडले बताउनुभयो । उहाँले भन्नुभयो, “बिहान–बेलुका के खाने भन्ने चिन्ता छ । यस्तैमा छोरो अस्पतालको बेडमा लडिरहेको छ ।” अनिलको आन्द्राको शल्यक्रिया गर्नुपर्ने भएको छ । यसका लागि रु सात लाख खर्च उहाँका बुबा चैतेले बताउनुभयो । “मसित पैसा नहुँदा छोरा बचाउन मुश्किल भएको छ”, उहाँले भन्नुभयो । अनिल हेपाटाइटिस बी र कालाजारबा

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • 315 पटक पढिएको
    • नेपाल रेखा
  • इटहरीमा मङ्गलवारदेखि विद्यालय सञ्चालन हुने

    इटहरी । जेन–जी आन्दोलनका कारण पठन–पाठन स्थगित भएका इटहरी उपमहानगरपालिका भित्रका सबै विद्यालय मङ्गलवार भदौ ३१ गतेदेखि सञ्चालन हुने भएका छन् । उपमहानगरपालिकाको शिक्षा प्रशासन महाशाखाले सूचना जारी गर्दै आन्दोलनका कारण भदौ २४ गतेदेखि विद्यालय बन्द रहँदा अध्ययन प्रभावित भएको जनाउँदै अब मङ्गलवारदेखि विद्यालय नियमित रूपमा सञ्चालन हुने उल्लेख गरेको हो । सूचनामा विद्यालय सञ्चालक, शिक्षक तथा अभिभावकलाई समयमै जानकारी गराई शिक्षणमा सहजीकरण गर्न आग्रह गरिएको छ ।

    • प्रकाशित मितिः भदौ २९, २०८२
    • 381 पटक पढिएको
    • नेपाल रेखा
  • शिक्षक अभिभावक संघ र आमा समूहलाई स्वागत

    इटहरी । इटहरी वडा नं. १ मा सञ्चालित श्री राष्ट्रिय माध्यमिक विद्यालयले शुक्रबार शिक्षक अभिभावक संघ र आमा समूहमा निर्वाचित पदाधिकारीलाई स्वागत तथा सम्मान गरेको छ ।शिक्षक अभिभावक संघमा सानुराम गौतमको नेतृत्वमा रहेको ११ सदस्यीय समिति र आमा समूहमा मुक्तामणि डाँगी नेतृत्व समूहलाई स्वागत तथा सम्मान गरिएको हो । दुवै समूहका पदाधिकारीहरुलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कोविदजंग कार्की र प्रधानाध्यापक सरनकुमार बस्नेतले स्वागत तथा सम्मान गरेका हुन् । दुवै समिति दुई वर्षे कार्यकालको लागि चयन भएका हुन् । यस्तै, दुई वर्षे कार्य काल सफलतापूर्वक सम्पन्न गरेको आमा समूह र शिक्षक अभिभावक संघको निवर्तमान स

    • प्रकाशित मितिः साउन ३०, २०८२
    • 775 पटक पढिएको
    • नेपाल रेखा
  • सरकारले नै शिक्षा विधेयक अड्कायो – अध्यक्ष प्रचण्ड

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय शिक्षा विधेयक वर्तमान सरकारले नै अड्काएको आरोप लगाउनुभएको छ । राष्ट्रियसभागृहमा आज माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)ले आयोजना गरेको ‘विद्यार्थीसँग कमरेड प्रचण्ड, शैक्षिक संवाद’ कार्यक्रममा अध्यक्ष दाहालले सुरुमा एमाले र कांग्रेसकै कारण विधेयक आउन ढिला भएको बताउनुभयो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालले विद्यार्थीका लिखित प्रश्नको जवाफ दिने क्रममा संसद्बाट विद्यालय शिक्षा विधेयक पारित भएका खण्डमा र उच्चस्तरीय शिक्षा सुधार आयोगका सुझाव कार्यान्वयन गरेका

    • प्रकाशित मितिः साउन २२, २०८२
    • 569 पटक पढिएको
    • नेपाल रेखा
  • कक्षा १२ को परीक्षाफल प्रकाशित

    काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशित गरेको छ । आज साँझ प्रकाशित नतिजाअनुसार नियमिततर्फ ६१ दशमलव १७ र आंशिकतर्फ ३६ दशमलव ४९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गत वैशाख २१ गतेदेखि सञ्चालन गरिएको परीक्षामा नियमिततर्फ तीन लाख ९६ हजार ३४७ परीक्षार्थी सहभागी भएकामा दुई लाख ४२ हजार ७६५ विद्यार्थीले ग्रेड प्राप्त गरेका छन् । यसमा ३८ दशमलव ८३ विद्यार्थीले ‘ननग्रेड’ प्राप्त गरेका बोर्डले जनाएको छ । यस्तै, आंशिकतर्फ एक लाख १४ हजार ६४० विद्यार्थी सहभागी भएकामा ४१ हजार ८४० ले ग्रेड प्राप्त गरेका छन् । समग्रमा कुल पाँच लाख ११ हजार ५२५ परीक्षार्थीमध्ये दुई लाख ८४

    • प्रकाशित मितिः साउन १९, २०८२
    • 492 पटक पढिएको
    • नेपाल रेखा
  • कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत

    इटहरी । इटहरीमा २०१३ विद्यालय खुलेर विभिन्न क्षेत्रमा स्थापित व्यक्ति उत्पादन गर्न सफल जनता माध्यमिक विद्यालयले शुक्रबार कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत गरेको छ । विद्यालयले यस शैक्षिक सत्रमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत गरेको हो । जनता माध्यमिक विद्यालयले मुलुकको शिक्षा, साहित्य, कला, राजनीति, निजामती, सेना, खेलकुद आदि क्षेत्रमा स्थापित व्यक्ति उत्पादन गर्न सफल हुँदै आएको छ । व्यवस्थापन, शिक्षा, विज्ञान तथा कानुन समूहमा अध्ययन गर्न भर्ना भएका विद्यार्थीलाई विद्यालयका प्रधानाध्यापक पशुपति सिग्देलको प्रमुख आतिथ्यतामा स्वागत गरिएको हो । सो क्रममा वि

    • प्रकाशित मितिः साउन १६, २०८२
    • 634 पटक पढिएको
    • नेपाल रेखा
  • विद्यार्थीलाई शतप्रतिशत अनुदानमा प्राविधिक शिक्षा दिँदै पौवादुङमा गाउँपालिका

    भोजपुर । पौवादुङमा गाउँपालिकाले निःशुल्क प्राविधिक शिक्षा पढाउने भएको छ । गाउँपालिकामा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ १२ विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा दिन लागिएकोे हो ।प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीइभिटी) सुम्निमा बहुप्राविधिक शिक्षालयमा भोजपुरमा अध्ययनका लागि विद्यार्थीको आवेदन माग गरिएको प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिनुभयो । गाउँपालिकाले तीनवर्षे सिभिल इञ्जिनियरिङ, कृषि तथा पशु विज्ञान र कृषि बाली विज्ञान डिप्लोमा तह अध्ययनका लागि १२ विद्यार्थीलाई अनुदानको व्यवस्था गरेर आवेदन माग गरेको हो ।गाउँपालिकाभित्रका गरिब तथा जेहेन्दार व

    • प्रकाशित मितिः साउन ७, २०८२
    • 449 पटक पढिएको
    • नेपाल रेखा
  • ‘शिक्षाको संसारबाट कामको संसार’ कार्यक्रम राष्ट्रिय माविमा सुरु

    इटहरी । विद्यालयबाटै शिक्षालाई व्यवहारिक बनाएर स्वदेशमै काम गर्ने वातावरण तयार गर्न इटहरी वडा नं. १ मा सञ्चालित राष्ट्रिय माध्यमिक विद्यालयमा ‘शिक्षाको संसारबाट कामको संसार’ कार्यक्रम सुरु भएको छ । यसका लागि बुधबार कक्षा १० का ३० जना विद्यार्थीको पाँचवटा समूहमध्ये तीनवटा समूह चयन गरिएको छ । इन्सियूर–हेल्भेटास परियोजनाको सहयोगमा विद्यार्थीहरुलाई ‘शिक्षाको संसारमा स्थानान्तरणका लागि उद्यमशीलता सीप विकास कार्यक्रम’ अन्तर्गत व्यवसायिक योजना निर्माण तथा उत्कृष्ट समूहको घोषणा कार्यक्रममा तीनवटा समूह चयन गरिएको स्रोत शिक्षक युवराज काफ्लेले बताए । उनका अनुस

    • प्रकाशित मितिः असार ११, २०८२
    • 601 पटक पढिएको
    • नेपाल रेखा
  • बालबालिकाका सरोकारका विषय बजेटमा समेट्न माग

    झापा । कोशी प्रदेशकै पहिलो बालमैत्री नगरपालिका झापाको भद्रपुरमा बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणासम्बन्धी विषयमा विद्यार्थीहरुलाई अभिमुखीकरण गरिएको छ ।बालबालिकाका सरोकारका विषयलाई आगामी बजेटमा समेट्ने उद्देश्यले नगर बाल सञ्जाल भद्रपुरको आयोजनामा आइतबार अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको हो । नगर बाल सञ्जालका अध्यक्ष उत्सव पाण्डेको अध्यक्षता र भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । उपप्रमुख राधा कार्कीले जीवनमा सबैभन्दा ठूलो कुरा सिकाइ भएको बताउनुभयो । सिक्ने र अघि बढ्ने क्रम जारी राख्न आग्रह गर्दै उहाँले भन्नुभयो, “अहिले पढ्ने र सिक्न

    • प्रकाशित मितिः जेठ २६, २०८२
    • 451 पटक पढिएको
    • नेपाल रेखा
  • कोशी प्रदेश ‘पान उत्कृष्ट नगरपालिका पुरस्कार–२०८२’ हलेसी तुवाचुङलाई

    खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले कोशी प्रदेश ‘पान उत्कृष्ट नगरपालिका पुरस्कार–२०८२’ प्राप्त गरेको छ । नेपालका प्रधानाध्यापकहरूको संस्था प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल (पान)ले प्रत्येक वर्ष प्रदान गर्ने उत्कृष्ट नगरपालिका पुरस्कार यस वर्ष खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले प्राप्त गरेको हो । शिक्षा क्षेत्रमा गरेको नेतृत्व, प्रतिबद्धता र नवीन पहललाई प्रोत्साहन गर्दै हलेसी तुवाचुङ नगरपालिकालाई कोशी प्रदेशको पान उत्कृष्ट पुरस्कार–२०८२ प्रदान गरिएको प्रिन्सिपल्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुदामप्रसाद गौतमले बताउनुभयो । प्राध्यापक डाक्टर विद्यानाथ कोइरालाको नेतृत्वमा गठित छन

    • प्रकाशित मितिः जेठ २४, २०८२
    • 329 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]