शिक्षा–स्वास्थ

    Showing ११-२० of १६१ items.
  • विराटनगरको पोखरिया माविलाई केन्द्रविन्दु प्लस टु एक्सिलेन्स अवार्ड

    विराटनगर । विराटगर महानगरपालिका–३ मा रहेको पोखरिया मावीलाई ‘केन्द्रविन्दु प्लस टु एक्सिलेन्स अवार्ड २०८०’ प्रदान गरिएको छ ।केन्द्रबिन्दु डटकमले आइतबार काठमाडौंमा आयोजना गरेको एक विशेष कार्यक्रमकाबीच गुणस्तरीय शिक्षा प्रदान गर्नेमा कोशी प्रदेशकै अग्रणी स्थानमा रहेको पोखरिया मावीलाई केन्द्रविन्दु प्लस टु एक्सिलेन्स २०८० अवार्ड प्रदान गरिएको हो ।पोखरीया मावीले सामुदायिक शिक्षा क्षेत्रमा पुर्याएको योगदानको उच्च सम्मान गर्दै केन्द्रबिन्दुले उक्त अवार्ड प्रदान गरेको हो ।उच्च माध्यमिक तहदेखि १२ सम्मको अध्ययन हुने यो कलेजमा प्लस टू तर्फ विज्ञान, व्यवस्थापन, शिक्षा र प्राविधिक धार तर्

    • प्रकाशित मितिः श्रावण १, २०८०
    • ७२ पटक पढिएको
    • नेपाल रेखा
  • ताप्लेजुङका महिलामा पाठेघरसम्बन्धी रोग बढ्दो

    फुङ्लिङ । ताप्लेजुङकमा पछिल्लो समयमा पाठेघरसम्बन्धी रोग बढ्दो देखिएको छ । फुङ्लिङ नगरपालिकाले आयोजना गरेको ‘पाठेघरसम्बन्धी स्वास्थ्य शिविर’मा पाठेघरसम्बन्धी रोगबाट पीडित महिलाको सङ्ख्या बढ्दो देखिएको हो ।फुङ्लिङ नगरपालिकाका उपाध्यक्ष भीमादेवी ओझाका अनुसार एक सय ८० जना महिलाको पाठेघरको परीक्षण गरिएकामा ६८ जना महिलामा समस्या देखिएको थियो । तीमध्ये १० जनाको पाठेघरको शल्यक्रिया गर्नुपर्ने देखिएको ओझाले बताइन्। बुधबार र बिहीबार १० जनामध्ये पाँच जनाको सफल शल्यक्रिया गरिएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । धनकुटास्थित जिल्ला अस्पतालका स्त्री तथा प्रसूति रोग विशे

    • प्रकाशित मितिः श्रावण १, २०८०
    • ७१ पटक पढिएको
    • नेपाल रेखा
  • मोरङको जहदा गाउँपालिका पूर्ण खोप सुनिश्चित घोषणा

    विराटनगर । मोरङको जहदा गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएको छ । बिहीबार गाउँपालिकामा भएको एक कार्यक्रमको बीच मोरङको जहदा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो । गाउँपालिकाको क्षेत्राधिकार भित्रका सबै बालबालिकाहरूलाई नेपाल सरकारद्वारा तोकिएको १३ प्रकारका खोप गाउँपालिकाका ७ वटै वडाहरूमा लगाइसकिएको गाउँपालिकाले जनाएको छ । कार्यक्रममा पूर्ण खोपको दिगोपनका लागि स्वघोषणापत्रमा हस्ताक्षर समेत गरिएको थियो । गाउँपालिका अध्यक्ष जितेन्द्रप्रसाद साहको अध्यक्षता भएको कार्यक्रममा जहदा गाउँपालिकाका उपाध्यक्ष हन्ना सोरेन, प्रमुख प्रशासकीय अधिकृत दुर्गाप्रसाद न्यौपाने, स्वास्थ्य

    • प्रकाशित मितिः असार २४, २०८०
    • ७४ पटक पढिएको
    • नेपाल रेखा
  • एसइई परीक्षाफल प्रकाशित

    काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड मातहतको परीक्षा नियन्त्रण कार्यालयले विसं २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा १० को परीक्षाफल प्रकाशित गरेको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्मासहितको उपस्थितिमा भक्तपुरस्थित कार्यालयमा आज बसेको बोर्डको बैठकले परीक्षाफल प्रकाशित गर्ने निर्णय गरेको हो । बोर्डले यसवर्ष अन्तिम पटकका लागि २०७२ सालको पद्धतिअनुसार नै सैद्धान्तिक र प्रयोगात्मकको अङ्क जोडेर परीक्षाफल प्रकाशित गरेको छ । विसं २०७२ को पद्धतिअनुसार ९० देखि १०० प्रतिशत प्राप्ताङ्क हुनेलाई ए प्लस, ८० देखि ९० भन्दा कम प्राप्ताकङ्क हुनेलाई ए, ७० देखि ८० भन्दा कम प्

    • प्रकाशित मितिः असार २१, २०८०
    • ७४ पटक पढिएको
    • नेपाल रेखा
  • स्थानीय पाठ्यक्रममा आधारित पुस्तक विद्यार्थीका हात–हातमा

    सुनसरी । सुनसरीको सीमावर्ती हरिनगर गाउँपालिकाका विद्यार्थीहरूले स्थानीय पाठ्यक्रममा आधारित पुस्तक पढ्ने अवसर पाएका छन् ।गाउँपालिकाले निर्माण गरेको स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक विद्यार्थीको हात–हातमा पुस्तक पुगेको हो ।गाउँपालिकाले ‘मेरो हरिनगर’ नामक पाठ्यपुस्तक कक्षा १ देखि कक्षा ८ सम्मका लागि यस वर्षदेखि लागु गरेको अध्यक्ष गफार अन्सारीले जानकारी दिनुभयो ।स्थानीय पाठ्यक्रममा आधारित पुस्तक पढ्न पाउँदा विद्यार्थीहरू निकै हर्षित देखिएको अन्सारीले बताउनुभयो । पाठ्यपुस्तकमा स्थानीय कला, संस्कृति, सम्पदा, परम्परा, भाषा, साहित्य, ज्ञान, सीप जस्ता विषय समेटिएको अन्सारीको भना

    • प्रकाशित मितिः असार १३, २०८०
    • १०३ पटक पढिएको
    • नेपाल रेखा
  • प्राविधिक र व्यावसायिक शिक्षामा जोड

    विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विद्यालय तहदेखि नै प्राविधिक र व्यावसायिक शिक्षालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् ।विराटनगर–१७ स्थित मदरसा अशरफिया इजरुल उलूम आधारभूत विद्यालयको १६ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले सैद्धान्तिकभन्दा प्राविधिक र व्यावसायिक शिक्षालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका हुन् । सीपमूलक शिक्षा प्राप्त गरेको विद्यार्थीले अध्ययन पूरा गरिसकेपछि सहज रुपमा रोजगारी पाउने उनको भनाइ थियो । “अझै पनि नेपालको शिक्षा सैद्धान्तिक भन्दा माथि उठ्न सकेको छैन,” उनले भने, “एउटा हातमा डिग्रीको स

    • प्रकाशित मितिः जेठ २८, २०८०
    • ४४ पटक पढिएको
    • नेपाल रेखा
  • झापाको कनकाईमा सुर्तीजन्य पदार्थ बिक्री र प्रयोगमा प्रतिबन्ध

    झापा । झापाको कनकाई नगरपालिकाले सुर्तीजन्य पदार्थको बिक्री–वितरण र प्रयोगमा प्रतिबन्ध लगाएको छ । यही जेठ १७ गते सम्पन्न २५ औँ कार्यपालिकाको निर्णय कार्यान्वयन गर्दै कनकाई नगरपालिकाले आगामी साउन १ गतेदेखि नगर क्षेत्रमा सुर्तीजन्य पदार्थको बिक्री–वितरण र प्रयोगमा प्रतिबन्ध लगाएको हो ।नगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानअन्तर्गत सुर्तीजन्य पदार्थको बिक्री–वितरण र प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरिएको कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्र पोखरेलले बताए । “गुट्खा, सुर्ती, पराग, चुरोटलगायतको खोल–ठुटा यत्रतत्र फालिँदा वातावरण प्रदूषणसँगै नगर नै कुरुप दे

    • प्रकाशित मितिः जेठ २६, २०८०
    • ५२ पटक पढिएको
    • नेपाल रेखा
  • इटहरी उपमहानगरपालिका र इन्खा अस्पतालको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर

    राजन केडी इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकाको सहयोग र इन्खा एकीकृत अस्पतालको आयोजनामा इटहरी वडा नम्बर–१४ मा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । बिहीवार आयोजना गरिएको शिविरमा होमियोप्याथिक सेवा, भिडियो एक्सरे र किड्नी जाँच सहितको सेवा दिइएको थियो । सो शिबिरमा २ सय ८४ जना स्थानीयवासीले सेवा लिएको इन्खा एकीकृत अस्पतालका अध्यक्ष डा. खगेन्द्र ओलीले जानकारी दिए । शिविर सफल बनाउन १४ नं. वडाका जनप्रतिनिधि, स्थानीय समाजसेबी भूमिनारायण चौधरी, प्रेमचन्द्र रौतार, राम सेबक चौधरी, सक्रियता रहेको थियो । यस्तै, गर्मीकाकारण जनजीवन प्रभावित बनिरहेको समयमा सुनसरीको इटहरीमा सडक प्रयोगकर्ताहरुल

    • प्रकाशित मितिः जेठ २६, २०८०
    • ४९ पटक पढिएको
    • नेपाल रेखा
  • अहमदिया संघको आयोजनामा निःशुल्क आँखा शिविर

    इटहरी । अहमदिया संघ नेपाल सुनसरी मोरङ सर्कलको आयोजनामा सुनसरीको खनारमा निःशुल्क आँखा परिक्षण शिविर सम्पन्न गरिएको छ ।अहमदिया संघ नेपालले इटहरी उपमहानगरपालिका वडा नम्बर ११ मा विराटनगर आँखा अस्पतालको प्रविधिक सहयोगमा निःशुल्क आँखा परिक्षण शिविर आयोजना गरेको हो ।शिविरमा इटहरी उपमहानगरपालिका वडा नम्बर ११ तथा आसपासका क्षेत्रका १ सय ६० जनाको आँखा परिक्षण गरिएकोमा ३० जनाको मोतिया विन्दुको अप्रेसन गर्नु पर्ने अवस्था रहेको र अहमदिया संघ नेपालका केन्द्रीय सदस्य हैदर अलीले जानकारी दिए ।मोतियाविन्दुको अप्रेसन गर्नु पर्नेहरुको विराटनगर आँखा अस्पतालमा निःशुल्क अप्रेसन गर्ने व्यवस्था समेत मिलाइएको उनले जानका

    • प्रकाशित मितिः जेठ १९, २०८०
    • २२ पटक पढिएको
    • नेपाल रेखा
  • महानगरद्वारा गर्भवतीलाई पोषणसहितका सामग्री प्रदान

    विराटनगर । विराटनगर महानगरपालिकाले वडा नम्बर १८ का गर्भवती महिलाहरुलाई पोषणसहितका सामग्री वितरण गरेको छ । १६ औं गणतन्त्र दिवसको अवसर पारेर विराटनगर–१८ स्थित फडानीमा आयोजित कार्यक्रममा महानगरले १ थान ठूलो छाता (लाहुरेछाता), १ थान झुल, ५ थान नुहाउने साबुन, ३ किलो मिक्स गेडागुडी र एक क्रेट अण्डा वितरण गरेको हो । कार्यक्रममा महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, १८ नम्बर वडाका अध्यक्ष जितेन्द्रकुमार साह, सामाजिक समितिका सदस्य सरिता घिमिरे नेपाल, ओमप्रकाश साह, सामान्य प्रशा

    • प्रकाशित मितिः जेठ १७, २०८०
    • ४५ पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]