‘शिक्षाको संसारबाट कामको संसार’ कार्यक्रम राष्ट्रिय माविमा सुरु

  • असार ११, २०८२ / नेपाल रेखा
alt

इटहरी । विद्यालयबाटै शिक्षालाई व्यवहारिक बनाएर स्वदेशमै काम गर्ने वातावरण तयार गर्न इटहरी वडा नं. १ मा सञ्चालित राष्ट्रिय माध्यमिक विद्यालयमा ‘शिक्षाको संसारबाट कामको संसार’ कार्यक्रम सुरु भएको छ । यसका लागि बुधबार कक्षा १० का ३० जना विद्यार्थीको पाँचवटा समूहमध्ये तीनवटा समूह चयन गरिएको छ ।
इन्सियूर–हेल्भेटास परियोजनाको सहयोगमा विद्यार्थीहरुलाई ‘शिक्षाको संसारमा स्थानान्तरणका लागि उद्यमशीलता सीप विकास कार्यक्रम’ अन्तर्गत व्यवसायिक योजना निर्माण तथा उत्कृष्ट समूहको घोषणा कार्यक्रममा तीनवटा समूह चयन गरिएको स्रोत शिक्षक युवराज काफ्लेले बताए । उनका अनुसार विद्यार्थीहरुले गर्ने कार्यको प्रस्ताव पेस गरि प्रस्तुतीका आधारमा चयन गरिएको हो ।
चयन भएका विद्यार्थीको प्रत्येक समूहलाई अब सात–सात हजार रुपैयाँ प्रदान गरिनेछ । सो रकमबाट विद्यार्थीहरुले विद्यालय हाताभित्रै पढाईलाई कुनै असर नपर्ने गरि आम्दानी हुने कार्य गर्नेछन् ।
माध्यमिक विद्यालयका विद्यार्थीहरुमा उद्यमशीलता सम्बन्धी सीप, सिर्जनाशीलता र नवप्रवर्तन क्षमताको विकास गरि व्यवसायिक योजना तयार गर्ने र कार्यान्वयनका लागि उत्प्रेरण प्रदान गर्ने मुख्य उद्देश्य राखेर यस्तो कार्यक्रम सुरु गरिएको प्रधानाध्यापक सरनकुमार बस्नेतले बताए । यसले विद्यार्थीलाई सैद्दान्तिक शिक्षासँगै व्यवहारिक ज्ञान पनि प्राप्त हुने र आयआर्जनसँग जोड्दा परनिर्भरता पनि हट्ने बस्नेतले बताए ।

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]