महोत्तरी । कोरोना सन्त्रासबीच वन सुरक्षा गस्तीको सक्रियताले महोत्तरीका वनक्षेत्रबाट चोरी कटान गरिएका काठ धमाधम बरामद भएका छन् । पछिल्लो पटक संयुक्त वन सुरक्षा गस्तीले जिल्लाको सागरनाथ वन विकास परियोजनाको क्षेत्रबाट चोरी कटान गरिएका १०० घनफिट सालका ४० वटा गोलिया गौशाला नगरपालिका–१२ बाट बरामद गरेको हो । योसहित लकडाउन अवधिमा सुरक्षा गस्तीले बरामद गरेको चोरी कटानका काठको परिमाण ३०० घनफिट पुगेको छ । पछिल्लो पटक आइतबार बाँके सवडिभिजन वन कार्यालय लक्ष्मीनियाँ, सागरनाथ वन विकास परियोजनाको स्टिल टावर रेन्ज युनिट, बाँके साझेदारी वन उपभोक्ता समितिका प्रतिनिधि, कान्तिबजार प्रहरी चौकी र सशस्त्र प्र