‘लकडाउन’ अवधिमा चोरी कटानका काठ धमाधम बरामद हुँदै

  • वैशाख २२, २०७७ / "नेपाल रेखा"
alt

महोत्तरी । कोरोना सन्त्रासबीच वन सुरक्षा गस्तीको सक्रियताले महोत्तरीका वनक्षेत्रबाट चोरी कटान गरिएका काठ धमाधम बरामद भएका छन् ।

पछिल्लो पटक संयुक्त वन सुरक्षा गस्तीले जिल्लाको सागरनाथ वन विकास परियोजनाको क्षेत्रबाट चोरी कटान गरिएका १०० घनफिट सालका ४० वटा गोलिया गौशाला नगरपालिका–१२ बाट बरामद गरेको हो । योसहित लकडाउन अवधिमा सुरक्षा गस्तीले बरामद गरेको चोरी कटानका काठको परिमाण ३०० घनफिट पुगेको छ ।

पछिल्लो पटक आइतबार बाँके सवडिभिजन वन कार्यालय लक्ष्मीनियाँ, सागरनाथ वन विकास परियोजनाको स्टिल टावर रेन्ज युनिट, बाँके साझेदारी वन उपभोक्ता समितिका प्रतिनिधि, कान्तिबजार प्रहरी चौकी र सशस्त्र प्रहरी सुरक्षा वेस जमुनियाँको संयुक्त गस्तीले लुकाएर राखिएको काठ बरामद गरेको डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख हेमन्तप्रसाद साहले जानकारी दिनुभयो । चोरी कटान गरिएका काठ गौशाला–१२ लक्ष्मीनियाँको रानाटोलको उखुबारी, बगैँचा र झाडीमा फेला पारिएको कार्यालयले जनाएको छ ।

लकडाउन अवधिमा यसअघि सुरक्षा गस्तीले बर्दिवास–११ खयरमारा र बर्दिवास–३ पाटुबाट समेत २०० घनफिट सालको काठ बरामद गरेको थियो । यसै अवधिमा वनमा रुख कटान गरिरहेकै बेला एका र चोरी कटान गरिएका काठ अटोरिक्सा र मोटरसाइकलमा ओसार्दै गरेका एकसहित दुईजना पक्राउ गरिएका छन् ।

सुरक्षा गस्तीले यसै अवधिमा जोखिममा परेका तीन नीलगाई, एक÷एक हरिण र चित्तल गरी पाँच वन्यजन्तुको उद्धार गर्नुका साथै ३०० हेक्टर क्षेत्रफलमा लागेको डढेलोसमेत नियन्त्रण गरेको डिभिजन प्रमुख साहको भनाइ छ । लकडाउन अवधिमा वन सम्पदाको चोरी निकासी र वन्यजन्तुको चोरी शिकार बढेको गुनासो बाक्लिएसँगै विशेष तालीमप्राप्त तीनवटा टोली वनमा परिचालित गरिएको कार्यालयले जनाएको छ ।

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

प्रभावित जिल्लामा तत ...

काठमाडौँ । सरकारले आपत्कालीन व्यवस्थापनका लागि प्रभावित ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]