काठमाडौँ । सरकारले सार्वजनिक खरिदमा मितव्ययिता अपनाउन तथा अत्यावश्यकबाहेक अन्य अवस्थामा कुनै किसिमका नयाँ सामग्री खरिद नगर्न निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बिहीबार सरकारका सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय, सरकारी निकाय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका साथै सबै प्रदेशमा परिपत्र पठाउँदै उक्त निर्देशन दिएको हो ।मन्त्रिपरिषद्को कार्यालयले अत्यावश्यकबाहेक नयाँ सामग्री खरिद नगर्न मौजुदा, औजार, उपकरण, फर्निचर र सवारीसाधनहरूलाई चालु अवस्थामा राखी सार्वजनिक खर्च जोगाउन अनुरोध गरेको छ ।
काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा घटेको छ । सुन तोलामा चार हजार र चाँदी ३५५ ले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ९८ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य पाँच हजार ३९० कायम भएको छ । हिजो बिहीबार छापावाल सुनको मोल प्रतितोला तीन लाख दुई हजार ५०० र त्यति नै परिमाणको चाँदी पाँच हजार ७४५ मा खरिदबिक्री भएको थियो । गत बुधबार एक तोला छापावाल सुन तीन लाख दुई हजार २०० र चाँदी पाँच हजार ७१० मा कारोबार भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६७८ र त्यति नै परिमाणको चाँदी ८७
विराटनगर । बजारमा गुणस्तरहीन वस्तु बिक्री, कम तौल र मनपरी मूल्य असुलीका गुनासा बढ्न थालेपछि विराटनगर महानगरपालिकाले बजार अनुगमनलाई थप कडाइका साथ अघि बढाउने भएको छ । उपभोक्ता हित संरक्षणलाई केन्द्रमा राख्दै महानगरले नियमित, प्रभावकारी र परिणाममुखी अनुगमन अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।विराटनगर महानगरपालिकाको बजार व्यवस्थापन तथा अनुगमन ऐन–२०८० को दफा २१ बमोजिम गठित बजार अनुगमन तथा उपभोक्ता हित संरक्षण समितिको बैठकले व्यवसायीलाई कानुनको दायराभित्र रहेर व्यापार गर्न सचेत गराउँदै उपभोक्तामाथिको कुनै पनि प्रकारको ठगी सह्य नहुने स्पष्ट पारेको छ ।समितिकी संयोजक एवं विराटनगर महानगरपालिकाकी
काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा छ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–९ बस्ने नवलपरासी पश्चिम रामग्राम नगरपालिका–७ का ४७ वर्षीय शैलेन्द्र पाण्डे, टोखा नगरपालिका–९ की ३० वर्षीया सुमना अर्याल, काठमाडौँ महानगरपालिका–९ बस्ने खोटाङका ३० वर्षीय विकास सुनार, काठमाडौँ महानगरपालिका–३० बस्ने नवलपरासीपूर्वका ५३ वर्षीय वासुदेव श्रेष्ठ, काठमाडौँ महानगरपालिका–९ बस्ने पाँचथरका ४७ वर्षीय धनबहादुर योङहाङ र नवलपरासीपूर्व देवचुली नगरपालिका–८ घर भएकी ३३ वर्षीया नौमाया
सुनसरीको इनरुवा नगरपालिका–४ स्थित थोक तरकारी बजारमा बिक्रीका लागि राखिएको खरबुजा । स्थानीय बजारमा खरबुजा थोकमा २०(२५ रुपियाँ प्रतिकिलोका दरले बिक्री भइरहेको व्यापारी बताउँछन् । तस्बिर - नवीन गड्तौला
काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका–९ गोठाटारमा रहेको नागेश्वर महादेव मन्दिरमा चोरी भएको छ । मन्दिर संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष प्रकाश रायमाझीले शनिबार राति मन्दिरको भेटी राखिएको बाकस चोरी भएको जानकारी दिनुभयो । आज बिहान पूजा गर्ने क्रममा पुजारीले भेटीको बाकस नदेखेपछि खोजी गर्दा कतै नपाइएकाले जानकारी प्राप्त भएको उहाँले बताउनुभयो । बाकस महाशिवरात्रि पर्वपछि नखोलिएकाले त्यसमा करिब आठदेखि १० लाख रहेको जनाइएको छ । यहाँ मन्दिर सुरक्षाका लागि राखिएको प्रहरी बिट गत भदौको जेनजी आन्दोलनपछि हटाइएको थियो । समितिले प्रहरी बिट पुनःस्थापनाको माग गर्दै आएको थियो । पशुपति क्षेत्रस्थित गौचर
कास्की । मानवसेवा आश्रमले पोखरामा आयोजना गरेको श्रीमद्भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञबाट तीन करोड तीन लाख सङ्कलन भएको छ । मानवसेवा आश्रम पोखरा शाखाको निर्माणाधीन भवन सम्पन्न गर्नका लागि अर्थसङ्कलन गर्ने उद्देश्यले यही वैशाख १९ देखि २६ गतेसम्म पोखरा–२५ हेमजास्थित आश्रम प्राङ्गणमा महायज्ञ लगाइएको थियो । महायज्ञबाट मानवसेवा आश्रम पोखरा शाखाको निर्माणाधीन भवन सम्पन्नता, लक्ष्मीनारायण मन्दिर तथा मुक्तिनाथ सेवा धर्मशाला निर्माण तथा अक्षयकोष श्रीवृद्धिका लागि नगद, जिन्सी, क्युआर तथा प्रतिबद्धतासहित सो रकम सहयोग रकम प्राप्त भएको यज्ञ मूल आयोजक समितिका संयोजक अनिलकुमार शाहीले जानकारी दिन
काठमाडौँ । गत शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ । सुन तोलामा रु एक हजारले घटेको छ भने चाँदीको मोल भने २५ ले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ९८ हजार ९०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य पाँच हजार ३०० कायम भएको छ । गत शुक्रबार एक तोला छापावाल सुन दुई लाख ९९ हजार ९०० र त्यति नै परिमाणको चाँदी पाँच हजार २७५ मा खरिदबिक्री भएको थियो ।अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७१५ र त्यति नै परिमाणको चाँदी ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
सुनसरीको वराहक्षेत्र नगरपालिका-१, चतरास्थित कोसी पुल नजिक खुलेको पेडा पसलहरू । पूर्वबाट काठमाडौं जाने सवारीसाधनहरू चतरा, उदयपुर, सिन्धुली हुँदै जान थालेपछि सप्तरीको बरमझियाका पेडा व्यपारीहरुले कोसी पुल छेउछाउ धमाधम पेडा पसल खोल्न थालेका छन् । तस्बिर - नवीन गड्तौला
सुनसरीको इनरुवा नगरपालिका–१ स्थित एनआईएमबी बैंकअगाडि सामाजिक सुरक्षा भत्ता लिन प्रतिक्षारत इनरुवा-९ र १० का ज्येष्ठ नागरिक । तस्बिर - नवीन गड्तौला