अर्थ–वित्त

    Showing २१-३० of १५४ items.
  • भूकम्प प्रभावितले दुई प्रतिशत प्रिमियममा २५ लाखसम्मको घर कर्जा पाउने

    काठमाडौँ । जाजरकोट भूकम्प प्रभावितले २५ लाखसम्मको आवासीय घर कर्जा आधार दरमा अधिकतम २ प्रतिशत बिन्दुमा प्राप्त गर्न पाउने भएका छन् ।नेपाल राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिको पहिलो समीक्षामार्फत गत कात्तिकमा गएको भूकम्पका कारण क्षतिग्रस्त घरको पुनःनिर्माणका लागि सो व्यवस्था गरेको हो । यस प्रयोजनका लागि साविकको कर्जा–धितो अनुपातमा बैंक तथा वित्तीय संस्थाले १० प्रतिशत वा सोभन्दा बढी बिन्दुसम्म थप गर्न सक्ने व्यवस्था गरिने छ । भूकम्पबाट क्षतिग्रस्त सार्वजनिक विद्यालय, सार्वजनिक अस्पताल तथा स्वास्थ्य चौकीको पुनःनिर्माणका लागि बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष २०७९÷८० र २०८०&divi

    • प्रकाशित मितिः मंसिर २२, २०८०
    • ९६ पटक पढिएको
    • नेपाल रेखा
  • मिटरब्याजीले लिएको सात कठ्ठा बढी जग्गा फिर्ता

    चितवन । मिटरब्याजीले लिएको सात कठ्ठा १३ दशमलव पाँच धुर जग्गा छलफलबाट पीडितलाई फिर्ता गरिएको छ । भरतपुर महानगरपालिका–४ निवासी पीडितको जग्गा भरतपुर–२ निवासी पीडकले फिर्ता गर्ने सहमति गरेका हुन् ।जिल्ला प्रशासन कार्यालयमा अनुचित लेदनेद (मिटरब्याजी) विरुद्ध परेका उजुरीमध्ये उनीहरूले जग्गा फिर्ता गर्ने र कानुनबमोजिम ब्याजसहित रकम फिर्ता गर्ने सहमति भएको हो । कार्यालयका नायबसुब्बा विश्वास श्रेष्ठका अनुसार निवेदकले २०७२ सालमा एक करोड ५० लाख र चार स्थानका पाँचवटा कित्ताको जग्गा लेनदेन गरेका थिए । उहाँका अनुसार पहिलो तीन महिनामा पीडितले एक करोड २० लाख रकम फिर्ता गर्ने र पीडकले छ कठ्ठा १३ दश

    • प्रकाशित मितिः मंसिर २२, २०८०
    • ११५ पटक पढिएको
    • नेपाल रेखा
  • राष्ट्रिय माविद्वारा ६७ जना विद्यार्थीलाई छात्रवृत्ति रकम प्रदान

    इटहरी । इटहरी उपमहानगरपालिका वडा नं. १ मा सञ्चालित राष्ट्रिय माध्यमिक विद्यालयले बुधबार ६७ जना विद्यार्थीलाई छात्रवृत्ति रकम प्रदान गरेको छ । विद्याललयको ६८ औं वार्षिकोत्सवमा बालविकासदेखि कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थीलाई दाताले स्थापना गरेको १८ लाख ५८ हजार ८६० रुपैयाँको ब्याजबाट ९८ हजार २७३ रुपैयाँको छात्रवृत्ति रकम वितरण गरिएको हो ।विद्यालयले इटहरी उपमहानगरपालिका नगरप्रमुख हेमकर्ण पौडेलका वाबु–आमा शेरबहादुर पौडेल र रेनुका पौडेलले स्थापना गरेको स्वर्गीय होमनाथ पौडेल स्मृति अक्षयकोषबाट डिप्लोमा इन सिभिल इन्जिनियरिङ्तर्फका विपिन बास्तोला र रिया अग्रहरीलाई छात्रवृत्ति प्रद

    • प्रकाशित मितिः मंसिर १३, २०८०
    • ९२ पटक पढिएको
    • नेपाल रेखा
  • सांसद महराको धनमाल चोरी

    काठमाडौँ । काठमाडौँ महानगरपालिका घट्टेकुलोबाट राष्ट्रियसभाका सांसद महेशकुमार महराको केही धनमाल चोरी भएको छ । आज बिहान घट्टेकुलोस्थित पसलको सटर खोल्ने क्रममा उहाँकी पत्नीले पसलअगाडि राख्नुभएको सुनको सिक्री, मोबाइलसहितको झोला अपरिचत व्यक्तिले चोरी गरी लगेको सांसद महराले जानकारी दिनुभयो । “पत्नीले पसलको एउटा सटर खोलेर अर्को सटर खोल्ने क्रममा भुइँमा राखेको उक्त झोला अपरिचित व्यक्तिले तत्कालै उठाएर भागेको थियो”, उहाँले भन्नुभयो । उक्त घटनाका बारेमा प्रहरीले सिसी टिभी फुटेजका आधारमा अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः मंसिर १२, २०८०
    • ७७ पटक पढिएको
    • नेपाल रेखा
  • बालअधिकार हनन रोकथाममा डेढ करोड बढी खर्च

    राजन केडी इटहरी । बालअधिकार हनन् रोकथामका लागि सरकारी र गैरसरकारी संस्थाले डेढ करोड भन्दा बढी खर्च गरेका छन् । बिविध कारणले परिवारबाट टाढा भएका बालबालिकाको समानअधिकार र सम्मान सहितको न्यायकालागि तीनै तहका सरकार, जर्मनी, फ्रान्स र अमेरिकी संस्थाले १ करोड ५३ लाख ८१ हजार खर्च गरेका हुन् । दूव्र्यवहार, शोषण, अपहेलित र परिवारबाट अलगिएका बालबालिकालाई सामाजिक पुनर्मिलन गराई उनीहरुको संरक्षण, सबलीकरण र संस्थागत विकासका लागि सो रकम खर्च भएको भ्वाइस अफ् चिल्ड्रेन सुनसरी संयोजक भरत थापाले बताए । सडक बालबालिका उद्दार र पुनर्मिलनका लागि राष्ट्रिय बालअधिकार परिषदले १३ लाख ३ सय ३४, कोशी

    • प्रकाशित मितिः कार्तिक १८, २०८०
    • ९५ पटक पढिएको
    • नेपाल रेखा
  • सार्वजनिक खरिद व्यवस्थापन परीक्षण प्रणाली प्रयोगमा ल्याईँदै

    काठमाडौँ । सार्वजनिक खरिद सुधारका लागि सार्वजनिक खरिद व्यवस्थापन परीक्षण प्रणाली म्याप्स अर्थात् मेथोडोलजी फर पब्लिक प्रोक्युरमेन्ट एसेसमेन्ट प्रयोगमा ल्याईँदैछ । सार्वजनिक खरिद अनुगमन कार्यालयले अघि सारेको यो प्रणाली बजेटको सफल कार्यान्वयन र जनअपेक्षाको सम्बोधन गर्ने एउटा महत्त्वपूर्ण संयन्त्र हो । बजेटले मुलतः विकास निर्माणका सम्भावनालाई उजागर गर्दै सफल कार्यान्वयनमा नीतिगत, कार्यगत, प्रक्रियागत, व्यवस्थापकीय विषयको प्रभावकारिताका अतिरिक्त विनियोजित बजेटको खर्च गर्ने क्षमतामा अभिवृद्धि गरी अपेक्षित उपलब्धि हासिल गर्ने उद्देश्य राखेको हुन्छ ।सार्वजनिक खरिद प्रणाली त्यसका लागि प्रभावकारी हुनुप

    • प्रकाशित मितिः कार्तिक ४, २०८०
    • १०४ पटक पढिएको
    • नेपाल रेखा
  • पोल्ट्री व्यवसाय सङ्कटमा–व्यवयायी भन्दछन् ‘हाम्रा कुरा कसैले सुनेन’

    चितवन । सानो खोर बनाएर पोल्ट्री व्यवसाय गर्ने साना किसान यो व्यवसायबाट विस्थापित भएका छन् । ठूलो लगानी गरेका व्यवसायी पनि बैंकको ऋणको भरमा छन् । उनीहरूलाई बैंकको किस्ता र ब्याज कसरी तिर्ने भन्ने पीर छ ।बैंकको ऋण टिकाउनैका लागि कतिपयले कुखुरा पालिरहेका छन् । उद्योग सङ्घ चितवनका अध्यक्ष त्रिलोचन कँडेलका अनुसार नेपालमा अण्डा पार्ने लेयर्स कुखुरा फार्म आठ हजार वटासम्म पुगेका थिए । यो सङ्ख्या घटेर अहिले चार हजारभन्दा तल छ । पोल्ट्री व्यवसायीसमेत रहनुभएका उहाँले भन्नुभयो, “धेरै विस्थापित भए, जति छन्, उनीहरूमध्ये आधाले बैंकलाई देखाउनकै लागि मात्रै कुखुरा पालिरहेका छन् ।”देशभरमा पोल्ट्री व

    • प्रकाशित मितिः आश्विन २३, २०८०
    • १२९ पटक पढिएको
    • नेपाल रेखा
  • सुदुरपश्चिम सरकारले इजरायलमा निधन हुने विद्यार्थीका परिवारलाई जनही दुई लाख दिने

    कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले इजरायलमा जारी हिंसात्मक आक्रमणमा परी मृत्यु भएका सुदुरपश्चिम प्रदेशका विद्यार्थीका परिवारलाई जनही दुई लाख दिने घोषणा गरेको छ । आज मुख्यमन्त्री कमलबहादुर शाहले विज्ञप्ति जारी गर्दै मृतकका परिवारलाई प्रदेश सरकारले सहयोग गर्ने घोषणा गरेका हुन् । मुुख्यमन्त्री शाहले शोक सन्तप्त परिवारमा समवेदना समेतव्यक्त गरेका छन् । घटनाप्रति दुःख व्यक्त गर्दै मुख्यमन्त्री शाहले खोजी र उद्धार र शव फिर्ता ल्याउन दुवै देशका सरकारसँग अनुरोधसमेत गरेका छन् । इजरायलको द्वन्द्वग्रस्त क्षेत्र सेदोत नेगेभको किवुज अलुमिनमा हमासको आक्रमणमा परी सुदूरपश्चिम प्रदेशबाट अध्ययनका लागि गएका सात

    • प्रकाशित मितिः आश्विन २२, २०८०
    • ७३ पटक पढिएको
    • नेपाल रेखा
  • रेमिट सहकारीको साधारणसभामा पत्रकार मुडियारी सहित १० जना सम्मानित

    मोरङ । रेमिट बचत तथा ऋण सहकारी संस्था लिमिटेड ग्रामथान २ झोराहाटले ११ औं साधारणसभाको अवसरमा पत्रकार बाबुराम मुडियारी सहित जेष्ठ नागरिक, शेयर सदस्यको छोरा छोरीलाई, उत्कृष्ट बचत कर्ता सहित १० जनालाई सम्मान गरेको छ । सो साधारणसभामा ३ जना जेष्ठ नागरिकहरूलाई सम्मान गरिएको छ । ४ जना सेयर सदस्यहरूका छोरा छोरी मध्ये एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउनेलाई सम्मान गरिएको छ । स्थानीय पत्रकार सम्मान तथा पत्रकारिता क्षेत्रमा समाज र सहकारी संस्थाको उत्कृष्ट समाचार प्रकाशन तथा प्रशारण कार्यको सम्मान गर्दै कदर पत्रका साथ पत्रकार बाबुराम मुडियारीलाई रेमिट सहकारीले सम्मान गरेको छ । २ जना उत्कृष्ट बचतकर्तालाई पनि

    • प्रकाशित मितिः आश्विन २०, २०८०
    • १९६ पटक पढिएको
    • नेपाल रेखा
  • नेपालको जिडिपी वृद्धिदर खुम्चिने–विश्व बैंक

    काठमाडौँ । विश्व बैंकले सन् २०२३ मा नेपालको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) वृद्धिदर एक दशमलव नौ प्रतिशतमा खुम्चिने अनुमान सार्वजनिक गरेको छ । विश्व बैंकले साउथ एशिया डेभलपमेन्ट अपडेट र नेपाल डेभलपमेन्ट अपडेट, अक्टोबर २०२३ सार्वजनिक गर्दै नेपालको यस वर्षको तुलना आगामी वर्ष आर्थिक वृद्धिदर बढ्ने प्रक्षेपण गरेको हो । नेपालले सन् २०२४ मा तीन दशमलव नौ प्रतिशत र सन् २०२५ मा पाँच प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने प्रक्षेपण विश्व बैंकले गरेको छ । यस वर्ष न्यून आर्थिक वृद्धिदर (१.९ प्रतिशत), बढ्दो चालू खाता घाटा र मुद्रास्फीतिलाई विश्व बैंकले चुनौतीका रुपमा देखाएको छ । यस वर्ष जिडिपी तुलनामा चालु

    • प्रकाशित मितिः आश्विन १८, २०८०
    • ८४ पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]