अर्थ–वित्त

    Showing 101-110 of 279 items.
  • लघुवित्तका ऋणीलाई कर्जा पुनरतालिकीकरणको सुविधा

    काठमाडौँ । लघुवित्त वित्तीय संस्थाले परिस्थितिजन्य कारणले समस्यामा परी कर्जालाई नियमित गर्न नसकेका ऋणीलाई एक पटकका लागि कर्जाको पुनरतालिकीकरण वा पुनरसंरचना गर्न सक्ने सुविधा प्रदान गरेको छ । नेपाल राष्ट्र बैंकले मङ्गलबार ‘घ’ वर्गको इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन, २०७९ मा संशोधन गर्दै उक्त व्यवस्था गरेको हो । यस्तो सुविधाले लघुवित्त वित्तीय संस्थाबाट कर्जा लिएका असल ऋणीलाई थप सुविधा उपलब्ध हुनेछ । “नियतवश कर्जा नतिर्ने ऋणीको विवरण तयार गरी त्यसबाहेकका परिस्थितिजन्य कारणले समस्यामा परी कर्जालाई नियमित गर्न नसकेका ऋणीहरुलाई कर्जा चुक्ता

    • प्रकाशित मितिः भदौ १२, २०८१
    • 507 पटक पढिएको
    • नेपाल रेखा
  • धरानमा प्रथम महिला उद्यमी प्रदर्शनी हुँदै

    धरान । स्थानीय उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यका साथ धरानमा प्रथम महिला उद्यमी प्रदर्शनी आयोजना हुने भएको छ । महिलाले उत्पादन गरेका वस्तुको व्यापार प्रवर्द्धन तथा बजारीकरणको लक्ष्यसहित प्रदर्शनी आयोजना हुन लागेको हो । सुनसरी उद्योग वाणिज्य सङ्घको ६१औँ स्थापना दिवसका अवसरमा पहिलो पटक महिला उद्यमी प्रदर्शनी मेला हुन लागेको आयोजकले जनाएको छ । मङ्गलबार आयोजक सङ्घको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष विजय श्रेष्ठले मेला भदौ १३ देखि १५ गतेसम्म सञ्चालन हुन लागेको जानकारी दिनुभयो । महिला उद्यमशीलतामा जोडिए पनि व्यवस्थित बजारीकरणको अभावले अघि बढ्न कठिन भएकाले प्रदर्शनी आयोजना गरिएको उहाँको भन

    • प्रकाशित मितिः भदौ १२, २०८१
    • 520 पटक पढिएको
    • नेपाल रेखा
  • ओखलढुङ्गामा ७९ करोड विकास बजेट फ्रिज

    ओखलढुङ्गा । गत आर्थिक वर्ष २०८०÷८१ मा ओखलढुङ्गामा ७९ करोडभन्दा बढी विकास बजेट ‘फ्रिज’ भएको छ । उक्त बजेट विकास निर्माणका लागि विनियोजन भए पनि समयमा काम सम्पन्न नहुँदा ’फ्रिज’ भएको हो ।कुल ७९ करोड ३९ लाख ६२ हजार तीन सय ५५ दशमलव १६ पैसा फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रक मनोजकुमार जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका लागि प्रदेश तथा सङ्घीय सरकारले विनियोजन गरेको बजेटमध्ये खर्च हुन नसकेको उक्त बजेट फ्रिज भएको हो । “समयमा काम सम्पन्न नहुँदा नियमानुसार भुक्तानी दिन सकिन्न । गत वर्ष जिल्लाको धेरै विकास बजेट फिर्ता भयो&rdq

    • प्रकाशित मितिः साउन २९, २०८१
    • 578 पटक पढिएको
    • नेपाल रेखा
  • फरार प्रतिवादीबाट एक वर्षमा छ करोडभन्दा बढी राजस्व

    इनरुवा । गत आर्थिक वर्ष २०८०/८१ मा फरार प्रतिवादीबाट सुनसरीमा रु छ करोडभन्दा बढी राजस्व सङकलन भएको छ । जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको फरार प्रतिवादी नियन्त्रण अभियानअन्तर्गत सो आवमा रु छ करोड ६६ लाख ३० हजार नौ सय ९१ राजस्व तथा जरिवानाबाट असुल भएको प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो । फैसला कार्यान्वयनमा फरार रहेका प्रतिवादीलाई पक्राउ गर्ने क्रममा प्रहरीले एक सय ४५ जना प्रतिवादीलाई नियन्त्रणमा लिँदा एक सय ९३ वर्ष छ महिना छ दिन कैद भुक्तानी भएको छ भने राजस्व तथा जरिवानाबाट रु छ करोड ६६ लाख ३० हजार नौ सय ९१ असुल भएको प्रनाउ भण्डारीले जानकारी दिनुभयो ।    

    • प्रकाशित मितिः साउन २९, २०८१
    • 754 पटक पढिएको
    • नेपाल रेखा
  • बाइस हजार करदाताले वार्षिक कर बुझाएनन्

    जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरले व्यावसायिक प्यान नम्बर लिएका २२ हजार करदाताले वार्षिक कर नतिरेको जनाएको छ । गत आर्थिक वर्ष २०८०–८१ मा ती करदाताले आफैँ कार्यालय आई तिर्नुपर्ने कर नबुझएको कार्यालयबाट जानकरी प्राप्त भएको छ । सो कार्यालयअन्तर्गत ३७ हजार व्यावसायिक करदाता रहेको छ । त्यसमध्येका १५ हजार करदाताले मात्र वार्षिककर अर्थात् (आयव्यय) राजस्व बुझाएको बताइएको छ । कर नबुझएमा कानुनबमोजिम कारबाही तथा जरिवाना हुने कार्यालयले स्पष्ट गरेको छ । यसैगरी, पटकपटक ताकेता गर्दासम्म राजस्व नबुझाउने २० वटा उद्योगी तथा व्यावसायिक फार्ममाथि कानुनी कारबाही गरी गत आर्थिक वर्षमा १० करोडभन्दा ब

    • प्रकाशित मितिः साउन २७, २०८१
    • 529 पटक पढिएको
    • नेपाल रेखा
  • तीस करोड राजस्व सङ्कलन

    नवलपरासी । यातायात व्यवस्था कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) ले गत आर्थिक वर्षमा ३० करोड ३५ लाख ५३ हजार नौ सय ५३ राजस्व सङ्कलन गरेको छ । गत आर्थिक वर्षमा नयाँ सवारी दर्ता हुने सङ्ख्या केही घटेको बताउँदै राजस्व सङ्कलन आव २०७९–८० को हाराहारीमा भएको जिल्लास्थित यातायात व्यवस्था कार्यालयका प्रमुख मिलनबहादुर केसीले बताउनुभयो । “गत आवमा सवारीसाधन करवापत २३ करोड ८६ लाख पाँच हजार तीन सय १३, सवारी चालक अनुमतिपत्र एवं सवारी दर्ता किताबवापत पाँच करोड छ लाख ५२ हजार नौ सय १८, यातायात क्षेत्रको आम्दानी राजस्व शीर्षकमा ३८ लाख ४६ हजार चार सय ३० र अन्य प्रशासनिक सेवा शुल्कवापत आठ लाख दुई हजा

    • प्रकाशित मितिः साउन २६, २०८१
    • 528 पटक पढिएको
    • नेपाल रेखा
  • भन्सार छलेर ल्याइएका १२ लाख ५० हजारका कपडा बरामद

    झापा । भन्सार छलेर ल्याइएका १२ लाख ५० हजार मूल्य बराबरका कपडा बरामद गरिएको छ । सशस्त्र प्रहरी बलको टोलीले बुद्धशान्ति गाउँपालिका–७ सुनमाई चियाबगान र मेचीनगर नगरपालिका–६ स्थित बसपार्कबाट ती कपडा बरामद गरेको हो ।बुद्धशान्ति–७ सुनमाई चियाबगानबाट परिचालन भएको सशस्त्रको टोलीले १० लाख बराबरको कपडा बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं २ गणका सूचना अधिकारी सुमन पोखरेलले जानकारी दिनुभयो ।यसैगरी अर्को टोलीले मेचीनगर–६ बसपार्क इलाकाबाट भन्सार छलेर ल्याइएको दुई लाख ५० हजार बराबरको कपडा बरामद गरेको सूचना अधिकारी पोखरेलले बताउनुभयो ।

    • प्रकाशित मितिः साउन २३, २०८१
    • 561 पटक पढिएको
    • नेपाल रेखा
  • सुनको मूल्य तोलाको एक लाख ५० हजार

    काठमाडौँ । सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आजको वृद्धिपछि हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन प्रतितोला रु एक लाख ५० हजार कायम भएको छ । आइतबार छापावाला सुन प्रतितोला रु एक लाख ४९ हजार सात सयमा कारोबार भएको थियो । आइतबारको तुलनामा सोमबार छापावाला सुन प्रतितोला रु तीन सयले वृद्धि भएको हो । यस्तै तेजाबी सुनको मूल्य प्रतितोला रु तीन सयले वृद्धि भएको छ । आइतबार प्रतितोला रु एक लाख ४९ हजार दुई सयमा कारोबार भएको तेजाबी सुन आजका लागि रु एक लाख ४९ हजार पाँच सय निर्धारण भएको छ । चाँदीको मूल्य भने स्थि

    • प्रकाशित मितिः साउन २१, २०८१
    • 626 पटक पढिएको
    • नेपाल रेखा
  • सरकारी कार्यालयले नै तिर्दैनन् खानेपानी महसुल

    वीरगञ्ज । नेपाल खानेपानी संस्थान शाखा कार्यालय वीरगञ्जको आर्थिक वर्ष २०८०–८१ असार मसान्तसम्मको सरकारी कार्यालय तथा निजी ग्राहकको खानेपानी महसुलको बक्यौता रकम १२ करोड ३३ लाख ५७ हजार चार सय १८ पुगेको छ ।सरकारी कार्यालय तथा निजी घरमा संस्थानको खानेपानी लाइन जोडे पनि नियमित रूपमा खानेपानीको महसुल भुक्तानी नगर्दा बक्यौता रकम बर्सेनि वृद्धि हुँदै आइरहेको छ । बक्यौता रकममध्ये सरकारी निकायले तिर्नुपर्ने बक्यौता रकम तीन करोड ९८ लाख ९७ हजार सात सय ४८ रहेको छभने निजी घरमा खानेपानी प्रयोग गरेवापतको तिर्नुपर्ने बक्यौता रकम आठ करोड ३४ लाख ५९ हजार छ सय ७० रकम बक्यौता कायमै छ ।कार्यालयका प्रमुख मन्दिप श

    • प्रकाशित मितिः साउन १५, २०८१
    • 545 पटक पढिएको
    • नेपाल रेखा
  • बरामद सवारी साधनउपर हकदाबी पेस गर्न आग्रह

    काठमाडौँ । राजस्व अनुसन्धान विभागले बरामद गरिएका विभिन्न सवारी साधनउपर आफ्नो हकदाबी पेस गर्न आग्रह गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथद्वारा लेखिआएबमोजिम शङ्कास्पद रुपमा चलिरहेका भन्ने सूचनाका आधारमा फेलापारी बरामद गरिएका सवारी साधनउपर हकदाबी पेस गर्न आग्रह गरिएको विभागका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिनुभयो ।उहाँले भन्नुभयो, “विभागमा दाखिला हुन आएका बरामद सवारीसाधन कोही कसैको भएमा प्रमाण पुग्ने कागजातसहित १५ दिनभित्र दाबी पेस गर्न आज एक सूचनामार्फत आग्रह गरिएको छ, तोकिएको समयमा हकदाबी नपरे ती सवारीसाधन नेपाल सरकारको मातहतमा जाने छन् ।” विभागले हकदा

    • प्रकाशित मितिः साउन १०, २०८१
    • 470 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]