बाइस हजार करदाताले वार्षिक कर बुझाएनन्

  • साउन २७, २०८१ / नेपाल रेखा
alt

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरले व्यावसायिक प्यान नम्बर लिएका २२ हजार करदाताले वार्षिक कर नतिरेको जनाएको छ । गत आर्थिक वर्ष २०८०–८१ मा ती करदाताले आफैँ कार्यालय आई तिर्नुपर्ने कर नबुझएको कार्यालयबाट जानकरी प्राप्त भएको छ ।
सो कार्यालयअन्तर्गत ३७ हजार व्यावसायिक करदाता रहेको छ । त्यसमध्येका १५ हजार करदाताले मात्र वार्षिककर अर्थात् (आयव्यय) राजस्व बुझाएको बताइएको छ । कर नबुझएमा कानुनबमोजिम कारबाही तथा जरिवाना हुने कार्यालयले स्पष्ट गरेको छ ।
यसैगरी, पटकपटक ताकेता गर्दासम्म राजस्व नबुझाउने २० वटा उद्योगी तथा व्यावसायिक फार्ममाथि कानुनी कारबाही गरी गत आर्थिक वर्षमा १० करोडभन्दा बढी राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख किशोर बर्तौलाले जानकरी दिनुभयो ।
लामो समयदेखि नियमानुसार लाग्ने कर दस्तुर नबुझाउने एक सय ७८ व्यावसायिक फार्मलाई कारबाही गर्ने सूचना जारी गरेपछि २० व्यावसायिक फार्मले कर बुझाएका छन् ।
कार्यालयबाट उपलब्ध तथ्याङ्क विवरणमा सो कार्यालयले अघिल्लो आर्थिक वर्ष २०७९–८० को तुलनामा गत आर्थिक वर्ष २०८०–८१ मा राजस्व सङ्कलनमा वृद्धि भएको जनाएको छ । प्राप्त विवरणमा अघिल्लो आर्थिक वर्ष तीन अर्ब ७० करोड राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा तीन अर्ब ४४ करोड सङ्कलन भएको थियो ।
त्यस्तै गत आर्थिक वर्ष २०८०–८१ मा चार अर्ब ४६ करोड ६३ लाख राजस्व सङ्कलन भएको कार्यालय प्रमुख बर्ताैलाले जानकारी दिनुभयो । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा करिब ११ प्रतिशतले राजस्व वृद्धि भएको कार्यालयले जनाएको छ ।
गत आर्थिक वर्ष सो कार्यालयले लिएको लक्ष्यअन्तर्गत आयकरबापत एक अर्ब ४५ करोड ४७ लाख, घरभाडाबापत छ करोड ३५ लाख ६६ हजार, ब्याजकरबापत ११ करोड ११ लाख २२ हजार, मूल्यअभिवृद्धिकरबापत एक अर्ब ३० करोड १५ लाख ५५ हजार, अन्तशुल्कबापत एक अर्व ५३ करोड ४२ लाख ८७ हजार, स्वास्थ्यकरबापत ११ लाख तीन हजार र शिक्षाकरवापत ४९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेको थियो ।
प्राप्त विवरणमा गत आव ०८०–८१ मा आयकरबापत रु एक अर्ब १९ करोड ३८ लाख ७१ हजार, घरभाडाबापत तीन करोड ५० लाख २२ हजार, ब्याजकरबापत सात करोड २० लाख ७४ हजार, मूल्यअभिवृद्धिकरबापत ९७ करोड ७८ लाख ६२ लाख, अन्तशुल्ककरबापत एक अर्ब ५४ करोड ६६ लाख २१ हजार, स्वास्थ्यकरवापत १५ लाख ३१ हजार, शिक्षाकरबापत एक लाख ६८ हजार तथा अन्यकरबापत १२ लाख २६ हजार गरी कुल तीन अर्ब ८२ करोड ८३ लाख ७५ हजार राजस्व सङ्कलन भएको थियो ।

कोटेरो मुनियाँकाे जा ...

सुनसरीको इनरुवा नगरपालिका-९ मा देखिएको कोटेरो मुनियाँ ( ...

चैते धानको उचित मूल् ...

काठमाडौँ । किसानले चैते धानको उचित मूल्य नपाएको गुनासो ...

सातै प्रदेशले ल्याएक ...

काठमाडौँ । सातवटै प्रदेशले आगामी आर्थिक वर्ष २०८२&ndash ...

वैदेशिक रोजगारीको ना ...

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पार ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]