बाबुराम कार्की सुनसरी । सूर्यमूखी खेतिमा रोगकिराको बढी आक्रमण भएपछि सुनसरीका किसानले सूर्यमुखी खेति लगाउन छाडेका छन् ।सुनसरी जिल्लाको उत्तरी क्षेत्र महेन्द्रनगर, प्रकाशपुर, मधुवन र भोक्रहाका किसानले सूर्यमूखी खेति गर्न छाडेका हुन् । सूर्यमूखी खेतिमा बढी रोग किराको प्रकोप भएपछि बराहक्षेत्र–१० प्रकाशपुरका श्याम कटुवालले यस वर्ष खेति नै गरेनन् । कटुवाल भन्छन् “प्रत्येक वर्ष दूई कठ्ठामा तेलहन बालीको रुपमा सुर्यमूखी खेति गर्दै आएका थिएँ । गुणस्तरीय विउ र रोग किरा बढी देखिन थालेपछि यो वर्ष सूर्यमूखी रोपिन । पहिलाकोजस्तो राम्रो विउ नपाउनु र पाएको विउ हागाँ हागाँ भ
बाबुराम कार्की प्रकाशपुर । गाउँमा कृषि कामदार नपाउदा किसानहरुले कृषि प्रविधिको प्रयोग गर्न थालेका छन् । गाउँका उमेर पुगेका युवाहरु वैदेशिक रोजगारीमा गई हाले, भएकाहरु कृषि भन्दा बाहिरी काममा छन् । कृषि कामदार नै पाउन छाडियो, बराहक्षेत्र–९ का कृषक सन्तोष चन्द्रवंशीले सुनाए । चन्द्रवंशी ५ वर्षदेखि तरकारी खेति गर्दै आएका छन् । २७ वर्षका सन्तोषले मौसमी र वेमौसमी जातका तरकारी खेति गर्दै आएका छन् । उनले बोडी, रामतोरीया, करेला, टमाटर सात कठ्ठा क्षेत्रफलमा खेति गर्दै आएका छन् । पहिला कृषि कामदार पार्इंथियो र विरुवालाई गोडमेल गर्न जन नै लगाउथे अहिले जन पनि पाइदैन । जन पाउन छाडेपनि दिलिप कविरथले तर
बेनी । म्याग्दीका कृषकलाई ३३ हजार माछाका भुरा वितरण गरिएको छ । भेटेरिनरी अस्पताल, पशु सेवा विज्ञ केन्द्र, बेनी नगरपालिका र धौलागिरि गाउँपालिकाले कृषकको मागअनुसार भुरा वितरण गरेका हुन् ।विज्ञ केन्द्र र बेनी नगरपालिका १३–१३ हजार तथा धौलागिरि गाउँपालिकाले सात हजार भुरा कृषकलाई वितरण गरेका छन् । जिल्लाका ४५ कृषकलाई केन्द्रका प्रमुख एवं पशु चिकित्सक जीवनप्रसाद आचार्य र बेनी नगरका पशु शाखा प्रमुख प्रदीप गौतमले भुरा वितरण गर्नुभयो ।मागअनुसार बेनीका ३५, अन्नपूर्णका सात र रघुगङ्गाका तीन कृषकलाई पोखरीको क्षेत्रफलको आधारमा भुरा वितरण गरिएको बेनी नगरपालिकाका पशु शाखा प्रमुख गौतमले जानकारी दिनुभयो ।
पाँचखाल । पाँचखाल नगरमा उत्पादन हुने तरकारीमा विषादीको अवशेष घटेको पाइएको छ । नगरलाई विषादी मुक्त बनाउँदै कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यले पाँचखाल नगरपालिका र लवग्रीन नेपालले पाँच वर्षअघि सुरु गरेको वातावरणमैत्री एकीकृत दिगो कृषि विकास परियोजना (आइपीएम)ले कीटनाशक तथा ढुसीनाशक विषादी प्रयोग कमी आएको तथ्याङ्क सार्वजनिक गरेका छन् ।पाँचखालको विभिन्न मितिमा विभिन्न प्रकारका तरकारी परीक्षणसम्बन्धी आधारभूत सर्वेक्षण र अन्तिम सर्वेक्षणको परिणामबाट विषादीको प्रयोग कम गरी जैविक विषादीको प्रयोग धेरै हुन थालेको जनाइएको हो । खाद्य प्रविधि प्रयोगशालामा विषादीको ४५ प्यारामिटरमा विश्लेषण गर्दा विषादीको रु
झापा । कोशी प्रदेशमा दूध उत्पादन गर्ने छ जिल्लाका किसानलाई प्रदेश सरकारले प्रतिलिटर दुईका दरले अनुदान दिने भएको छ ।ग्रामीण क्षेत्रमा गाईपालन गरेर दूध उत्पादन गर्दै आएका किसानलाई प्रोत्साहन र उत्पादन वृद्धिका लागि प्रदेश सरकारले चालू आर्थिक वर्षमा १२ करोड ५० लाख रकम अनुदानका लागि विनियोजन गरेको छ । प्रदेशका झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा र इलामका चिस्यान केन्द्र, डेरी तथा सहकारीका माध्यमबाट किसानलाई अनुदान दिइने पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय कोशीका सूचना अधिकारी डा. विनोद साहले बताए । “यो कार्यक्रम प्रदेशमा पहिलो पटक लागू भए पनि निकै उपयोगी हुनेमा आशावादी छौँ&rdquo
ताप्लेजुङ । पर्याप्त वर्षा नहुँदा नगदेबालीका रूपमा रहेको अलैँचीका बोट सुक्न थालेका छन् । ताप्लेजुङका ग्रामीण क्षेत्रमा लगाइएको अलैँची खेती सुक्न थालेपछि किसान चिन्तित बनेका छन् । यस वर्ष पर्याप्त वर्षा नहुँदा र लामो समय खडेरी परेका कारण अलैँचीका बोट सुक्न थालेका किसानले बताएका छन् । सिरीजङ्घा गाउँपालिका–७ खेवाङका गङ्गाराम भट्टराईले यस वर्ष पाइप तथा कुलोबाट समेत सिँचाइ गर्न नसकिएको बताउनुभयो । उहाँले भन्नुभयो–“पाइप र कुलोबाट गरिएको सिँचाइले अलैँचीलाई पर्याप्त पानी पुगेन । आकाशको पानीले बोट फस्टाउने र उत्पादन वृद्धि हुन्छ ।” फक्ताङलुङ गाउँपालिकाको तापेथोक बगरका किसानले पन
इलाम । इलाम नगरपालिका–१० ले किसानलाई १४ लाख बराबरका कृषि सामग्री वितरण गरेको छ । वडाका एक सय १० किसानलाई व्यावसायिक बन्न पे्ररित गर्ने उद्देश्यले कृषि सामग्री वितरण गरिएको हो ।कृषि तथा पशुपालन प्रवद्र्धन कार्यक्रम अन्तर्गत ७० प्रतिशत अनुदानमा सामग्री वितरण गरिएको वडाध्यक्ष दिलीप प्रधानले जानकारी दिए । किसानलाई २२ थान घाँस काट्ने मेसिन, ३५ थान जाली नेट, ४० थान टनेल प्लाष्टिक र दुई हजार एक सय मिटर प्लाष्टिकको पाइप वितरण गरिएको छ । यस्तै गोठ सुधारअन्तर्गत २८ किसानलाई गिट्टी, सिमेन्ट, बालुवा र रड वितरण गरिएको छ । वडा कार्यालयको १० लाख र किसानको तीन लाख ९८ हजारको लागत साझेदारीमा कृषि सामग्री
कुमोद अधिकारी विराटनगर । पशुपालन व्यवसायलाई लंक्षीत गर्दै मोरङको रंगेली नगरपालिका–८ पशु आहार उद्योग संचालनमा आएको छ । तिन करोड रुपैयाको लागतमा स्थापना भई संचालनमा आएको उद्योगले पशु आहारका लागी टयावलेट र पाउडर दाना उत्पादन गर्दै आएको छ । दाना उत्पादनका लागि उद्योगले मकै, धान, चामल कुटाउदा निस्कने भुसा चोकर तथा, तोरी र भटमासको पिना साथै विभिन्न प्रकारका कृषिजन्य वस्तुको प्रयोग गर्दै आएको छ । १८ प्रकारका कृषिजन्य व्राण्ड मिश्रण गरेर गरेर उत्पादन गरिएको दाना प्रोटिनयुक्त हुने भएकाले यसकोे प्रयोगले दुग्ध तथा मासु उत्पादनमा वृद्धि भइ पशु समेत स्वथ्यकर हुने उद्योगका संचाल
वीरगञ्ज । आगामी वर्ष पनि धानखेतीका समयमा पुनः रासायनिक मलको अभाव हुने भएको छ । मलखाद खरिदको प्रक्रिया लामो र धेरै समय लाग्ने भएकाले तत्काल मल खरिदका लागि बोलपत्र प्रक्रिया सुरु नगरिए आगामी असार, साउन र भदौमा मलखादको अभाव हुने कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ । कम्पनीलाई मधेस प्रदेश प्रादेशिक कार्यालय वीरगञ्ज पर्सामा चालु आर्थिक वर्ष २०७९–८० को सात महिनामा एक लाख ३० मेट्रिक टन रासायनिक मल प्राप्त भएको छ ।चालु आवको साउनदेखि माघसम्ममा ९० हजार मेट्रिक टन युरिया र ४० हजार मेट्रिक टन डिएपी मल प्राप्त भएको कार्यालयका प्रमुख चन्द्रप्रसाद चम्लागार्इँले जानकारी दिए । तीस हजार मेट्रिक टन युरि
पर्वत । जिल्लाको मुख्य निर्यातजन्य वस्तुको रुपमा रहेको सुन्तला उत्पादन यस वर्ष वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षका तुलनामा चालु आर्थिक वर्षमा झण्डै २५ प्रतिशतले उत्पादन बृद्धि भएको हो । कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष सुन्तला खेती गर्ने क्षेत्रफल र उत्पादन दुवै वृद्धि भएको छ । यस वर्ष जिल्लामा पाँच हजार मेट्रिक टन सुन्तला उत्पादन भएको छ । सोमध्ये चार हजार दुई सय ५० मेट्रिक टन सुन्तला निर्यात भएको ज्ञान केन्द्रले जनाएको छ । गत कात्तिकको अन्तिम सातादेखि माघ महिनाको अन्तिम सातासम्म जिल्लाका सुन्तला निर्यात भएका छन् । जिल्लाको उच्च पहाडी क्षेत्रमा अवस्थिति बाँसखर्कवाट माघको अन्तिम सातामात्र