प्रदेश

    Showing 11-20 of 136 items.
  • बागमती प्रदेशसभाको वर्षे अधिवेशन जेठ ११ गतेका लागि आह्वान

    बागमती । बागमती प्रदेशसभाको वर्षे अधिवेशन यही जेठ ११ गतेका लागि आह्वान गरिएको छ । बागमती प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाको वर्षे अधिवेशन जेठ ११ गते दिउँसो १ः०० बजेका लागि आह्वान गर्नुभएको हो । प्रदेश प्रमुखको कार्यालयले आज जारी गरेको सूचना अनुसार प्रदेश प्रमुखले संविधानको धारा १८३ को उपदफा (१) बमोजिम प्रदेशसभाको वर्षे अधिवेशन आह्वान गर्नुभएको उल्लेख छ । बागमती प्रदेश सरकारमन्त्री परिषद्को बिहीबार बसेको बैठकले प्रदेशसभाको वर्षे अधिवेशन जेठ ११ गते दिउँसो १ः०० बजेका लागि आह्वान गर्ने निर्णय गरेको थियोे । उक्त अधिवेशन आगामी आर्थिक वर्ष २०८३÷८४ को नीति त

    • प्रकाशित मितिः जेठ ८, २०८३
    • 314 पटक पढिएको
    • नेपाल रेखा
  • प्रदेश प्रमुखबाट वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत

    विराटनगर । कोशी प्रदेशसभाको आज बसेको बैठकमा कोशी प्रदेश सरकारकोतर्फबाट आर्थिक वर्ष २०८३–८४ का लागि वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले कोशी प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै सो नीति तथा कार्यक्रम सार्वजनिक भएको हो ।नीति तथा कार्यक्रममा नेपालको सामाजिक रूपान्तरण, लोकतन्त्र तथा नागरिक अधिकार प्राप्तिका लागि भएका सबै आन्दोलनमा जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात सहिदप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्नुभएको छ । उहाँले घाइते एवं बेपत्ता योद्धाले पु¥याउनुभएको योगदानको स्मरण गर्दै अग्रजप्रति उच्च सम्मान व्यक्त गर्नुभयो ।प्रदेश

    • प्रकाशित मितिः जेठ ७, २०८३
    • 279 पटक पढिएको
    • नेपाल रेखा
  • कोशी प्रदेशसभामा अध्यादेश पेस

    विराटनगर । कोशी प्रदेशसभाको नवौँ अधिवेशनको वुधवार बसेको पहिलो बैठकमा ‘प्रदेश खेलकुद (पहिलो संशोधन) अध्यादेश, २०८३ सभामा पेस भएको छ ।कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री रामप्रसाद महतोले सो विधेयक पेस गर्दै उक्त विधेयकले प्रदेश खेलकुदलाई सक्षम एवं सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।बैठकमा नेपाली कांग्रेस कोशी प्रदेशसभा संसदीय दलका नेता उद्धव थापाले चालु अधिवेशनको सफलताको शुभकामना दिँदै अधिवेशनले सार्थकता पाओस् भन्नुुभयो । उहाँले सरकारले ल्याउन लागेको वार्षिक नीति तथा कार्यक्रमले सबै क्षेत्रलाई समेट्न सकोस् भन्दै गत भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनले मुलुकलाई नयाँ ढङ्गले

    • प्रकाशित मितिः जेठ ७, २०८३
    • 283 पटक पढिएको
    • नेपाल रेखा
  • धार्मिक पर्यटकीयस्थलका रुपमा सुनसरी क्षेत्र – मुख्यमन्त्री कार्की

    इनरुवा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले धार्मिक पर्यटनको हिसाबले सुनसरी क्षेत्र महत्वपूर्ण एवं ऐतिहासिक भएको बताएका छन् । सुनसरीको कोशी गाउँपालिका–१ लौकहीस्थित सिटीहल उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले धार्मिक तथा पर्यटकीय दृष्टिले सुनसरी पूर्वी नेपालको महत्वपूर्ण स्थान रहेको बताए । धार्मिक पर्यटन प्रवद्र्धन कार्यक्रमलाई कोशी प्रदेश सरकारले प्राथमिकता दिएको स्पष्ट गर्दै उनले सङ्घीय सरकारको मातहतमा रहेको कोशी टप्पु वन्यजन्तु आरक्षण व्यवस्थापनको जिम्मवारी प्रदेश सरकारलाई दिनुपर्ने धारणा व्यक्त गरे । सोही क्षेत्रबाट प्रतिनिधित्व गर्नुहुने सङ्घीय सांसद इन्

    • प्रकाशित मितिः जेठ ७, २०८३
    • 113 पटक पढिएको
    • नेपाल रेखा
  • ‘स्थानीयस्तरमा क्रिकेट खेलाडी उत्पादन गर्न आवश्यक सहयोग गरिने’

    विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा स्थानीयस्तरमा क्रिकेटको विकास गर्दै खेलाडी उत्पादन गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । नेपाल क्रिकेट सङ्घद्वारा आइतबार विराटनगरमा आयोजित दुई दिने वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले प्रदेशका नौ स्थानमा आधारभूत तहदेखि क्रिकेट खेलाडी उत्पादनका लागि प्रशिक्षण केन्द्र स्थापना गर्न आवश्यक बजेटको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे । मुख्यमन्त्री कार्कीले सङ्घीय सरकारले प्रदेश सरकारलाई विराटनगरको बैजनाथपुरमा रहेको क्रिकेट रङ्गशाला हस्तान्तरण गरेमा आगामी दुई वर्षभित्र सुविधासम्पन्न अत्याधुनिक रङ्गशाला निर्

    • प्रकाशित मितिः वैशाख २८, २०८३
    • 147 पटक पढिएको
    • नेपाल रेखा
  • सरकार महिला उद्यमीको आर्थिक विकास गर्न प्रतिबद्ध – मुख्यमन्त्री कार्की

    मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका महिला उद्यामीहरुको आर्थिक विकास गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।नेपाल उद्योग परिसङ्घद्वारा सोमबार विराटनगरमा आयोजित महिला नेतृत्व शिखर सम्मेलनको उद्घाटन गर्दै उनले महिला उद्यमीलाई प्रदेश सरकारले दुईदेखि छ वर्षसम्म ब्याज अनुदानमा १२ बैंकमार्फत छ प्रतिशत ब्याजमा कर्जा उपलब्ध गराउने व्यवस्था गराएको जानकारी दिए । उनले प्रदेश सरकारले नीति तथा कार्यक्रम एवं बजेट बनाउनु अघि महिला उद्यमीहरुले आफ्नो योजना ल्याएर सम्झौता गर्न आग्रह गरे । मुख्यमन्त्री कार्कीले प्रदेशमा दर्ता भएका घरेलु कपडा उद्यमीहरुको प्रवद्र्धन गर्न प

    • प्रकाशित मितिः वैशाख २२, २०८३
    • 161 पटक पढिएको
    • नेपाल रेखा
  • गण्डकी प्रदेशसभाबाट जनस्वास्थ्य विधेयक पारित

    गण्डकी । गण्डकी प्रदेशसभाको मङ्गलबारब बसेको बैठकले गण्डकी प्रदेश जनस्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत पारित गरेको छ । विसं २०८१ चैत २२ गते दफाबार छलफलका लागि सामाजिक विकास तथा कृषि समितिमा पठाइएको उक्त विधेयक प्रतिवेदनसहित प्रदेशसभामा प्रस्तुत गरिएको थियो । प्रदेशसभामा दफाबार छलफल भएपछि विधेयक पारित भएको स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले जानकारी दिनुभयो । त्यसअघि उहाँले उक्त विधेयक पारितका लागि प्रदेशसभामा प्रस्तुत गर्नुभएको थियो । विधेयकमाथिको छलफलमा प्रदेशभा सदस्य दिलमाया पौवी, कुसुम बुढा पुन, देवका पहाडी त्रिपाठीलगायतले भाग लिनुभएको थियो । बैठकमा मुख्यमन्त्री सु

    • प्रकाशित मितिः चैत १८, २०८२
    • 224 पटक पढिएको
    • नेपाल रेखा
  • शीतलहरका कारण राजविराजका विद्यालयमा बिदा

    सप्तरी । शीतलहरले जनजीवन प्रभावित हुन थालेपछि सप्तरीका राजविराजसहित तीन पालिकाले विद्यालयमा बिदा दिएका छन् ।राजविराज नगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत भोगेन्द्रप्रसाद यादवद्वारा जारीसूचनाअनुसार अगामी तीन दिनका लागि राजविराज नगरपालिकाभरिका सम्पूर्ण विद्यालय बिदा दिइएको छ । यही पुस १६ देखि १८ गतेसम्मका लागि विद्यालय बन्द रहने जनाइएको छ ।त्यस्तै जिल्लाको महादेवा र अग्नीसाइर कृष्णासवरण गाउँपालिकाले पनि पुस १६ देखि १८ गतेसम्म तीन दिन विद्यालयमा बिदा दिएको जनाइएको छ । महादेवा गाउँपालिकाका अध्यक्ष सुनिलकुमार मण्डलले एक सूचना जारी गर्दै चिसो बढेसँगै बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने हुनाले बिद

    • प्रकाशित मितिः पुस १५, २०८२
    • 359 पटक पढिएको
    • नेपाल रेखा
  • कोशी प्रदेशमा बाढीपहिरोको विपद्–माओवादी केन्द्रद्वारा सरकारको ध्यानाकर्षण

    इटहरी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) १ नम्बर प्रदेश अध्यक्ष हर्कबहादुर नेम्बाङ्ग (मिक्सो) ले हालै कोशी प्रदेशमा बाढी, पहिरो र डुबानले निम्त्याएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै संघीय तथा प्रदेश सरकारलाई राहत र पुनःस्थापनाका लागि तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरेका छन् ।मंगलबार प्रेस विज्ञप्तिमार्फत अध्यक्ष नेम्बाङ्गले असोज १८, १९ र २० गते भएको अविरल वर्षा र त्यसबाट उत्पन्न विपद्ले विशेष गरी कोशी प्रदेशमा ठूलो क्षति पुर्याएको उल्लेख गरेका छन् । विज्ञप्तिमा उल्लेख गरिए अनुसार, इलाममा मात्र ३८ जनाको मृत्यु भइसकेको छ भने प्रदेशभर ४५ भन्दा बढी नागरिकले ज्यान गुमाएका छन्

    • प्रकाशित मितिः असोज २१, २०८२
    • 583 पटक पढिएको
    • नेपाल रेखा
  • सामाजिक सद्भाव बलियो बनाउँदै नयाँ बाटो पहिल्याउनुपर्छ – मुख्यमन्त्री पाण्डे

    गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सामाजिक एकता र सद्भाव बलियो बनाउँदै नयाँ बाटो पहिल्याउनुपर्नेमा जोड दिनुभएको छ । उहाँले आज वक्तव्य जारी गर्दै नेपाली समाजको विशिष्ट चरित्र समाजिक एकता र सद्भाव भएको भन्दै यसलाई अझै बलियो बनाउँदै हामीले नयाँ बाटो पहल्याउनुपर्ने समय आएको बताउनुभयो ।विद्यमान विषम परिस्थितिमा संयम, संवाद र एकताको बाटोबाट मात्रै मुलुकलाई निकास दिन सकिने मुख्यमन्त्री पाण्डेको भनाइ छ । यही भदौ २३ र २४ गते ‘जेनजी’ युवाद्वारा गरिएको प्रदर्शनका क्रममा भएको मानवीय क्षति र त्यसपछिका सार्वजनिक तथा निजी सम्पत्तिमा पुगेको अकल्पनीय विनाशबारे दुःख व्यक्त ग

    • प्रकाशित मितिः भदौ २६, २०८२
    • 541 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]