सरकार महिला उद्यमीको आर्थिक विकास गर्न प्रतिबद्ध – मुख्यमन्त्री कार्की

  • वैशाख २२, २०८३ / नेपाल रेखा
alt

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका महिला उद्यामीहरुको आर्थिक विकास गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
नेपाल उद्योग परिसङ्घद्वारा सोमबार विराटनगरमा आयोजित महिला नेतृत्व शिखर सम्मेलनको उद्घाटन गर्दै उनले महिला उद्यमीलाई प्रदेश सरकारले दुईदेखि छ वर्षसम्म ब्याज अनुदानमा १२ बैंकमार्फत छ प्रतिशत ब्याजमा कर्जा उपलब्ध गराउने व्यवस्था गराएको जानकारी दिए ।
उनले प्रदेश सरकारले नीति तथा कार्यक्रम एवं बजेट बनाउनु अघि महिला उद्यमीहरुले आफ्नो योजना ल्याएर सम्झौता गर्न आग्रह गरे । मुख्यमन्त्री कार्कीले प्रदेशमा दर्ता भएका घरेलु कपडा उद्यमीहरुको प्रवद्र्धन गर्न प्रदेश सरकार अन्तर्गत चार हजार कर्मचारीहरुले हप्तामा एक दिन घरेलु कपडा लगाउनुपर्ने बताए ।
उनले व्यापारीहरुले प्रदर्शनीस्थलका लागि जग्गा उपलब्ध गराएमा प्रदेश सरकारले भवन निर्माणका लागि बजेट विनियोजन गर्ने जानकारी दिए । मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले गत वर्ष आयोजना गरेको लगानी सम्मेलनमा सम्झौता भएका एक दर्जन परियोजना र जेठ महिनाभित्र थप चार वटा परियोजना कार्यान्वयनमा आउने बताए ।
उनले किसानका कृषि उत्पादनलाई बजारमा जोड्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । परिसङ्घका केन्द्रीय अध्यक्ष वीरेन्द्रराज पाण्डे, महिला उद्यमी एवं सांसद विदूषी राणा, पवल गोल्याण लगायतले आगामी दिनमा एक हजार महिलालाई रोजगारी उपलब्ध गराउने बताए ।
सम्मेलनमा प्रदेशका ३०० महिलाको सहभागिता रहेको छ । परिसङ्घले मेक इन नेपालको १४ स्टलमा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी गरिएको छ । सम्मेलनले महिलालाई कृषि, सीप, सिर्जनशिलता र डिजिटल नवप्रवद्र्धनमार्फत दिगो समृद्धि ल्याउनु सम्मेलनको मुख्य उद्देश्य रहेको छ ।

उद्वार तथा राहतका ला ...

उद्वार तथा राहतका लागि रसुवाको धुञ्चेमा बुधबा ...

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]