सामाजिक सद्भाव बलियो बनाउँदै नयाँ बाटो पहिल्याउनुपर्छ – मुख्यमन्त्री पाण्डे

  • भदौ २६, २०८२ / नेपाल रेखा
alt

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सामाजिक एकता र सद्भाव बलियो बनाउँदै नयाँ बाटो पहिल्याउनुपर्नेमा जोड दिनुभएको छ । उहाँले आज वक्तव्य जारी गर्दै नेपाली समाजको विशिष्ट चरित्र समाजिक एकता र सद्भाव भएको भन्दै यसलाई अझै बलियो बनाउँदै हामीले नयाँ बाटो पहल्याउनुपर्ने समय आएको बताउनुभयो ।
विद्यमान विषम परिस्थितिमा संयम, संवाद र एकताको बाटोबाट मात्रै मुलुकलाई निकास दिन सकिने मुख्यमन्त्री पाण्डेको भनाइ छ । यही भदौ २३ र २४ गते ‘जेनजी’ युवाद्वारा गरिएको प्रदर्शनका क्रममा भएको मानवीय क्षति र त्यसपछिका सार्वजनिक तथा निजी सम्पत्तिमा पुगेको अकल्पनीय विनाशबारे दुःख व्यक्त गर्दै वक्तव्यमा जीवन गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो । उहाँले शोकसन्तप्त परिवारमा समवेदना प्रकट गर्नुका साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो ।
यही भदौ २३ को अत्यधिक बल प्रयोगले ठूलो मानवीय क्षति पुर्याएको र त्यसपछिका योजनाबद्ध आगजनी तथा तोडफोडका घटनाले मुलुकलाई स्तब्ध बनाएको मुख्यमन्त्री पाण्डेले उल्लेख गर्नुभयो । गण्डकी प्रदेश सरकार शान्ति, स्थायित्व र समृद्धिको यात्रामा दृढतापूर्वक अघि बढ्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । वर्तमान परिस्थितिबाट देशलाई निकाल्ने बाटो संवाद र एकता मात्रै रहेको भन्दै मुख्यमन्त्रीले यस पहललाई सफल बनाउन राजनीतिक दल, नागरिक समाज, सञ्चारजगत् सबैको सहकार्य अपरिहार्य रहेकामा जोड दिनुभयो ।
युवापुस्ताको आकांक्षा र भावनालाई आत्मसात् गर्दै संवैधानिक रिक्तता सिर्जना हुन नदिई वैधानिक र लोकतान्त्रिक बाटोबाट दीर्घकालीन समाधान खोज्नुपर्ने उहाँले आवश्यकता औँल्याउनुभयो । यही भदौ २३ मा गरिएको अत्यधिक बल प्रयोग र त्यसपछिका घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

उद्वार तथा राहतका ला ...

उद्वार तथा राहतका लागि रसुवाको धुञ्चेमा बुधबा ...

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]