दलित सवालमा एकजुट भएर विभेदविरुद्ध लड्नुपर्नेमा राज्यमन्त्री परियारको जोड

  • असोज १०, २०८३ / नेपाल रेखा
alt

इटहरी । दलित समुदायले आफ्ना साझा मुद्दा पहिचान गरी साझा नेतृत्व निर्माण गर्दै विभेदविरुद्ध एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिइएको छ ।
मोरङको सुन्दरहरैंचा नगरपालिका–७ मा शनिबार आयोजित कार्यक्रममा कोशी प्रदेश सरकारकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री सपना परियारले दलित समुदायका अधिकार र सामाजिक न्यायका लागि एकता आवश्यक रहेको बताइन् ।
दलित उत्थान समन्वय समितिले आयोजना गरेको सम्मान कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै राज्यमन्त्री परियारले राज्यसत्ताले निर्माण गरेका सामाजिक संरचनाका कारण दलित समुदाय लामो समयदेखि विभेदमा परेको बताइन् । उनले विभेद अन्त्यका लागि दलित समुदायले अग्रपंक्तिमा रहेर संघर्ष गरेको स्मरण गराइन् ।
परियारले आफू पनि १४ वर्षकै उमेरमा तत्कालीन नेकपा माओवादीमा आबद्ध भएर जनयुद्धमा सहभागी भएको बताइन् । दलित समुदायले सामाजिक परिवर्तन र अधिकारका लागि गरेको योगदानलाई राज्यले उचित रूपमा सम्बोधन गर्नुपर्ने उनको भनाइ थियो ।
नेपालको संविधानले दलित समुदायका लागि विभिन्न हक र अधिकार सुनिश्चित गरे पनि समाजमा रहेको पूरानो सोच र मानसिकता परिवर्तन हुन नसक्दा अझै विभेद कायम रहेको उनले बताइन् ।
‘संविधानले अधिकार दिएको छ । तर समाजको पुरानो मानसिकता परिवर्तन नहुँदा विभेद अझै हट्न सकेको छैन,’ उनले भनिन् ।
राज्यमन्त्री परियारले दलित समुदायभित्र साझा मुद्दा निर्माण गरी त्यसका लागि साझा नेतृत्व खडा गर्नुपर्नेमा जोड दिइन् । दलितका मुद्दामा दलित समुदाय नै एकताबद्ध भएर अघि बढे मात्र अधिकार प्राप्तिको अभियान थप प्रभावकारी बन्ने उनको भनाइ थियो ।
कार्यक्रममा उनले राष्ट्रिय दलित आयोगको सदस्यका रूपमा अरुण सुन्दासले गरेको कामको पनि स्मरण गरिन् । दलित अधिकारका क्षेत्रमा भएका प्रयासलाई निरन्तरता दिँदै समुदायको आवाजलाई थप संगठित बनाउनुपर्ने उनले बताइन् ।
कार्यक्रममा सहभागी दलित अगुवाहरूले राज्यका महत्वपूर्ण निर्णय तहमा दलित समुदायको अर्थपूर्ण प्रतिनिधित्व हुनुपर्ने माग राखेका थिए । उनीहरूले दलित समुदायबाट क्याबिनेटस्तरीय मन्त्री बन्नुपर्ने आवश्यकता औंल्याउँदै राज्यका सबै तहमा समानुपातिक र प्रभावकारी प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने बताएका थिए ।

कार्यक्रममा दलित समुदायका साझा सवाललाई एउटै मुद्दाका रूपमा उठाउँदै विभेदविरुद्ध सामूहिक रूपमा अघि बढ्नुपर्ने आवश्यकता औंल्याइएको थियो ।

१४ औ वार्षिक उत्सवको ...

डि पी ढुंगेल विराटनगर : विराटनगर महानगरपालिका - ४ ...

दैनिक जीवनको तनाव: स ...

आजको व्यस्त जीवनमा तनाव हाम्रो दैनिक अनुभवको एउटा हिस्स ...

संविधान दिवस तथा राष ...

संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ का अवसर ...

कोशी प्रदेश सरकारले ...

विराटनगर । २०८३ सालको संबिधान दिवस भब्यताका साथ मनाउन क ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]