इटहरीमा ‘माया जालैमा’ म्यूजिक भिडियो सार्वजनिक

  • साउन १७, २०८३ / नेपाल रेखा
alt

इटहरी । गायक बालकृष्ण कार्की र गायिका गंगा गौतम आचार्यको स्वरमा रहेको पूर्वेली भाकाको नयाँ दोहोरी गीत ‘माया जालैमा’ को म्यूजिक भिडियो शनिबार इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा सार्वजनिक गरिएको छ ।
म्यूजिक भिडियो सार्वजनिक कार्यक्रममा इटहरीका गीत–संगीतप्रेमीको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागीहरूले गीत र भिडियोको प्रशंसा गर्दै सफलताको शुभकामना व्यक्त गरेका थिए ।
गीतका शब्द बालकृष्ण कार्कीले संयोजन गरेका हुन् भने संगीत संयोजन राम कार्कीले गरेका छन् । गीतको मिक्सिङ तथा मास्टरिङ राजकुमार बगरले गरेका हुन् ।
गीतको रेकर्डिङ इटहरीस्थित पूर्वाञ्चल डिजिटल रेकर्डिङ स्टुडियो र काठमाडौंस्थित त्रिवेणी डिजिटल रेकर्डिङ स्टुडियोमा गरिएको हो । म्यूजिक भिडियोको छायाङ्कन तथा दृश्य निर्माण सुमन योन्जनले गरेका छन् ।
‘माया जालैमा’ गीतमा बालकृष्ण कार्की र गंगा गौतम आचार्यबीच पूर्वेली भाकाको मिठासले भरिएको दोहोरी प्रस्तुत गरिएको छ । गीत र म्यूजिक भिडियोले दर्शक तथा श्रोताको राम्रो साथ पाउने अपेक्षा गरिएको छ ।

आज फूलपाती भित्र्याइ ...

काठमाडौँ । नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा न ...

गौरादहमा लालपैनी खोल ...

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र भौतिक प ...

दशैंको मुस्कान पछाडि ...

  दशैं नजिकिँदै छ। घरमा हाँसो, टीका, जमरा, मिठो ख ...

भेडेटार पार्क ...

पूर्वको प्रसिद्ध पर्यटकीयस्थल धनकुटाको भेडेटा ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]