भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर

  • साउन ७, २०८३ / नेपाल रेखा
alt

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा कालीकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष र निमित्त प्रमुख प्रशासकीय अधिकृतसमेत १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
पलाँता गाउँपालिकाले आर्थिक वर्ष २०७५–७६ मा बेल्केढुङ्गा लेखनबाडा वडा कार्यालय दुर्सी फागोटी सडक निर्माणका लागि रु ४० लाख बजेट विनियोजन गरेको थियो । उक्त बजेटबाट तोकिएकोभन्दा कम निर्माण गरी भ्रष्टाचार गरेको पाइएको आयोगले दाबी छ । विनियोजित बजेट दुरुपयोग गरी गराई भ्रष्टाचार गरेको अभियोगमा आयोगले उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो ।
आयोगले पलाँता गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर बम, लेखा प्रमुख खिमलाल पुन र तत्कालीन सहायक लेखापाल मुनिप्रसाद प्याकुरेलविरुद्ध समान रु आठ लाख आठ हजार ६८० बराबरको बिगो मागदाबी गरेको छ ।
यस्तै, तत्कालीन सबइन्जिनियर विनोदकुमार बम र सबइन्जिनियर नन्दबहादुर सिंह, बेल्केढुङ्गा लेखनवाडा वडा कार्यालय दुर्सी फागोटी ग्रामीण सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष कुम्भबहादुर बम, कोषाध्यक्ष सुलक्षिना बम र सचिव कमलबहादुर बमविरुद्ध समान बिगो दाबी गर्दै मुद्दा दायर गरिएको छ ।
तत्कालीन उपाध्यक्ष दाना न्यौापाने र वडा नं ९ का वडाअध्यक्ष टक्कबहादुर बमविरुद्ध भने भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा २ बमोजिम कैद तथा जरिवानाको माग दाबी गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो ।

सरकारी विद्यालयमै हो ...

इटहरी । इटहरी वडा नं. १ मा सञ्चालित राष्ट्रिय माध्यमिक ...

सम्पत्ति शुद्धीकरण व ...

काठमाडौँ । सम्पत्ति शुद्धीकरण विभागले आर्थिक वर्ष २०८२& ...

भ्रष्टाचार आरोपमा मु ...

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रद ...

घुससहित कर अधिकृत पक ...

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]