इटहरीमा नेपाली हिज्जे प्रतियोगिता–विश्वआदर्श प्रथम, मोर्डन प्रिपरेटरी दोस्रो

  • असार १४, २०८३ / नेपाल रेखा
alt

इटहरी । शनिबार इटहरीमा आयोजित नगरस्तरीय नेपाली हिज्जे प्रतियोगितामा इटहरी–४ स्थित विश्वआदर्श माध्यमिक विद्यालय प्रथम भएको छ। पूर्वीहटलाइन दैनिकको आयोजनामा असार १३ गते शनिबार इटहरी–९ स्थित जनता माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न प्रतियोगितामा इटहरी–६ को मोर्डन प्रिपरेटरी माध्यमिक विद्यालय दोस्रो तथा इटहरी–१६ स्थित सरस्वती जब्दी माध्यमिक विद्यालय तेस्रो स्थान हासिल गर्न सफल भए ।
कार्यक्रममा मकालु पुस्तक पसल इटहरीका सञ्चालक तीर्थराज भण्डारी प्रमुख अतिथि रहेका थिए भने पूर्वीहटलाइन दैनिकका प्रधान सम्पादक शालिग्राम पाण्डेको सभापतित्व रहेको थियो। प्रतियोगिताको संयोजन भाषासेवी तथा पूर्वीहटलाइन दैनिकका स्तम्भकार दिनेश पौडेलले गरेका थिए ।
कार्यक्रममा पूर्व शिक्षक हेमन्त गौतम, विश्वआदर्श माध्यमिक विद्यालयकी विद्यार्थी मेघा राठी लगायतले आफ्नो मन्तव्य राखेका थिए । सरस्वती माध्यमिक विद्यालय, बराहक्षेत्र–९ का शिक्षक प्रवीण पाण्डेले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन जनता बहुमुखी क्याम्पसका प्राध्यापक नवीन शर्माले गरेका थिए ।
प्रतियोगितामा पूर्व कर्मचारी घनश्याम गिरी, पूर्व कर्मचारी तथा पूर्वीहटलाइन दैनिकका स्तम्भकार सरोज कार्की, पूर्वीहटलाइन दैनिकका सम्पादक–प्रकाशक रमेश लुइटेल लगायतको उपस्थिति रहेको थियो ।
नगरस्तरीय नेपाली हिज्जे प्रतियोगितामा पिसजोन बोर्डिङ स्कूल, बालविकास बोर्डिङ स्कूल, जनता माध्यमिक विद्यालय, कविर माध्यमिक विद्यालय, गार्डेन एकेडेमी, सहिद स्मृति माध्यमिक विद्यालयलगायत विभिन्न विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ ।

महिलाको दिनचर्या ...

सुनसरीको इनरुवा नगरपालिका–९ मा दाउराको भारी बोकेर ...

दाउरा संकलन ...

सुनसरीको कोसी ब्यारेज नजिक सप्तकोसी नदीको बाढीले बगाएर ...

फोनिजको स्थापना दिवस ...

बाबुराम मुडियारीमोरड । नेपाल आदिवासी जनजाति पत्रकार महा ...

सङ्खुवासभाको खाँदबार ...

मौसम खुलेपछि ड्रोन क्यामराबाट देखिएको सङ्खुवा ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]