सेक्रेड हार्ट कलेजमा बीबीए कार्यक्रम सुरु

  • असार १२, २०८३ / नेपाल रेखा
alt

इटहरी । सुनसरीको इटहरीमा संचालित सेक्रेड हार्ट कलेजले व्यवस्थापन शिक्षालाई थप सुदृढ बनाउने उद्देश्यका साथ पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धनमा ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन (बीबीए) कार्यक्रम सञ्चालनमा ल्याएको छ ।
शैक्षिक गुणस्तर, व्यावसायिक दक्षता, नेतृत्व विकास तथा उद्यमशीलता प्रवद्र्धनलाई केन्द्रमा राखेर कलेजले नयाँ शैक्षिक सत्रदेखि बीबीए अध्यापन सुरु गरेको हो ।
कलेजका अध्यक्ष जीवप्रसाद गुरागाईंले बीबीए कार्यक्रमको शुभारम्भसँगै विद्यार्थी, अभिभावक तथा सरोकारवालाबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भएको जानकारी दिए । उनले सेक्रेड हार्ट कलेजले गुणस्तरीय शिक्षा, अनुशासन र समग्र व्यक्तित्व विकासलाई प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै बीबीए कार्यक्रमले कलेजको शैक्षिक यात्रामा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे ।
“हाम्रो लक्ष्य केवल डिग्री प्रदान गर्नु होइन, नेपालका लागि दक्ष, जिम्मेवार र सक्षम व्यावसायिक नेतृत्व तयार गर्नु हो,” अध्यक्ष गुरागाईंले भने ।
कलेजका अनुसार चार वर्षे तथा आठ सेमेस्टरमा आधारित बीबीए कार्यक्रमले व्यवस्थापन, वित्त, मार्केटिङ, मानव स्रोत व्यवस्थापन, उद्यमशीलता लगायतका विषयमा सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक सीप विकासमा विशेष जोड दिनेछ। विद्यार्थीले केस स्टडी, परियोजना कार्य, प्रस्तुतीकरण, कार्यशाला, औद्योगिक भ्रमण तथा इन्टर्नसिपमार्फत वास्तविक व्यावसायिक अनुभव हासिल गर्ने अवसर पाउनेछन् ।
कलेजका प्रिन्सिपल डिककुमार तामाङले आधुनिक व्यवस्थापन शिक्षा केवल पाठ्यपुस्तकमा सीमित नरही व्यवहारिक अनुभवसँग जोडिनुपर्ने आवश्यकता औंल्याए । उनका अनुसार बीबीए कार्यक्रमले विद्यार्थीमा रचनात्मक सोच, व्यावसायिक नैतिकता, नेतृत्व क्षमता तथा आलोचनात्मक विश्लेषण गर्ने दक्षता विकास गर्दै बदलिँदो व्यावसायिक संसारका चुनौती सामना गर्न सक्षम बनाउनेछ ।
त्यस्तै, बीबीए कार्यक्रम संयोजक केवलमणि रिजालले बीबीए अध्ययन केवल शैक्षिक उपाधि हासिल गर्ने माध्यम नभई विद्यार्थीलाई सफल व्यवस्थापक, सक्षम उद्यमी र जिम्मेवार नेतृत्वका रूपमा विकास गर्ने आधार भएको बताए । उनले पूर्वाञ्चल विश्वविद्यालयको करिअरमुखी पाठ्यक्रमलाई अनुभवी प्राध्यापक, आधुनिक शिक्षण पद्धति, परियोजनामूलक सिकाइ, प्रस्तुतीकरण, औद्योगिक भ्रमण तथा इन्टर्नसिपसँग संयोजन गरी अध्यापन गरिने जानकारी दिए।
उनका अनुसार यस कार्यक्रमले विद्यार्थीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रमबजारमा प्रतिस्पर्धा गर्न आवश्यक ज्ञान, सीप र आत्मविश्वास प्रदान गर्नेछ। साथै, व्यक्तित्व विकास, नेतृत्व क्षमता, व्यावसायिक नैतिकता तथा नवप्रवर्तनशील सोचको विकासमा पनि विशेष ध्यान दिइनेछ ।
कलेजले प्लस टु वा सो सरह उत्तीर्ण विद्यार्थीहरू बीबीए अध्ययनका लागि योग्य हुने जनाएको छ । व्यवस्थापन शिक्षा, सञ्चार सीप तथा उद्यमशील क्षमता विकासमा केन्द्रित यस कार्यक्रमले उच्च शिक्षा, रोजगारी र स्वरोजगारका अवसर विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास कलेजले व्यक्त गरेको छ।
शैक्षिक उपलब्धिसँगै सह–पाठ्यक्रम तथा अतिरिक्त क्रियाकलाप, नेतृत्व विकास तालिम, व्यक्तित्व विकास कार्यक्रम र सामुदायिक सहभागितालाई समेत प्राथमिकता दिँदै आएको सेक्रेड हार्ट कलेजले विद्यार्थीलाई भविष्यका प्रतिस्पर्धी अवसरका लागि सक्षम बनाउने प्रतिबद्धता दोहो¥याएको छ ।
कलेज प्रशासनका अनुसार बीबीए कार्यक्रमका लागि सीमित सिट उपलब्ध रहेकाले इच्छुक विद्यार्थीलाई समयमै भर्ना प्रक्रिया पूरा गर्न आग्रह गरिएको छ। ‘आजको सही निर्णयले भोलिको उज्ज्वल भविष्य निर्माण गर्छ’ भन्ने नारासहित कलेजले नयाँ शैक्षिक सत्रका लागि भर्ना खुला गरेको जनाएको छ ।

विद्युत सवस्टेशन ...

कोशी करिडोर अन्तर्गत सङ्खुवासभाको चैनपुर नगरप ...

विवादमा उर्लाबारी नग ...

विराटनगर : शिक्षा नियमावली, २०५९ को दफा ८५ को उपदफा (१) ...

दश हजार भायल एन्टि–र ...

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको हाल ...

सडककाे दुरावस्था ...

केही दिनदेखिकाे वर्षाका कारण सुनसरीको इनरुवा नगरपालिका- ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]