कोशी प्रदेशसभामा राजस्व र व्ययको वार्षिक अनुमानित बजेट प्रस्तुत

  • असार २, २०८३ / नेपाल रेखा
alt

विराटनगर । कोशी प्रदेशसभाको सोमबारको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले आगामी आर्थिक वर्ष २०८३–८४ को राजस्व र व्ययको वार्षिक अनुमानित बजेट प्रस्तुत गरेका छन् । उनका अनुसार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न ४० अर्ब ४४ करोड ९८ लाख रकम विनियोजन भएको हो ।
विनियोजित रकममध्ये चालुतर्फ १३ अर्ब ९७ करोड ६३ लाख, पुँजीगततर्फ २० अर्ब ७५ करोड ९९ लाख, वित्तीय व्यवस्थातर्फ १५ करोड र वित्तीय हस्तान्तरणतर्फ पाँच अर्ब ५६ करोड ३६ रकम छुट्याइएको योजनामन्त्री लिङ्थेपले जानकारी दिए । यो अनुमान चालु आवको विनियोजनको तुलनमा १२ दशमलव ७४ प्रतिशतले बढी रहेको मन्त्री उनले बजेट वक्तव्यमा उल्लेख गरे । आगामी आवका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये प्रदेश सरकारको आन्तरिक राजस्वबाट पाँच अर्ब ५० करोड, राजस्व बाँडफाँटबाट १२ अर्ब ८७ करोड, सङ्घबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट नौ अर्ब १२ करोड, सशर्त अनुदानबाट पाँच अर्ब ९५ करोड, समपुरक अनुदानबाट ८४ करोड, विशेष अनुदानबाट ४१ करोड र सोझै भुक्तानीबाट २० करोड खर्च व्यहोरिने र बाँकी अपुग रकम नगद मौज्दातबाट रु पाँच अर्ब व्यहोरिने मन्त्री योजनामन्त्री लिङ्थेपले बजेट वक्तव्यमार्फत जानकारी दिए ।

हुम्लामा महिला श्रमि ...

हुम्लामा पछिल्ला वर्षहरुमा पुरुषसरह विकास&nda ...

मानो रोपेर मुरी फलाउ ...

सुनसरीको इनरुवा नगरपालिका–९ मा धान बिउ राख्न खेत ...

महाकाली पुल गाइडबण्ड ...

कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित म ...

मधेस प्रदेशको बजेट ४ ...

जनकपुरधाम । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्षका लाग ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]