अच्छा राई ‘रसिक’ साहित्य प्रतिष्ठानको साधारणसभामा पत्रकारहरु सम्मानित

  • जेठ ३०, २०८३ / नेपाल रेखा
alt

इटहरी । अच्छा राई ‘रसिक’ साहित्य प्रतिष्ठान इटहरी–सुनसरीको १३ औँ साधारणसभा शनिबार इटहरीस्थित विश्व आदर्श कलेजको सभाहलमा सम्पन्न भएको छ ।
प्रतिष्ठानका अध्यक्ष केशव सुनामको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका सचिव जीवनकुमार राईले सञ्चालन गर्दै वार्षिक प्रगति प्रतिवेदनसहित प्रतिष्ठानको आगामी कार्ययोजनाबारे जानकारी गराएका थिए । उनले इटहरीका साहित्यकार जीवी राई तथा समाजसेवी रामचन्द्र अधिकारीमाथि केन्द्रित विशेषाङ्क प्रकाशित गरिएको जानकारी दिँदै समयको आवश्यकता र सान्दर्भिकताअनुसार प्रतिष्ठानको विधान संशोधन गरिने बताए ।
साधारणसभाका अवसरमा सञ्चार क्षेत्रमार्फत उल्लेखनीय योगदान पुर्याएको भन्दै अम्बिका दवाडी ढकाललाई सम्मान गरिएको थियो । विभिन्न जातजातिका भाषामा गीत तथा भजन गाउने, रेडियो नाटकहरूमा विविध पात्रको भूमिका निर्वाह गर्ने तथा रेडियो नेपाल धनकुटा प्रसारण केन्द्रसहित विभिन्न एफएम रेडियोहरूमा कार्यक्रम सञ्चालन गरी सञ्चार क्षेत्रमा योगदान पुर्याएबापत उनलाई सम्मान गरिएको हो । सम्मानपछि उनले आफ्नो अनुभव र धारणा व्यक्त गरेकी थिइन् ।
त्यसैगरी, लामो समयदेखि निष्पक्ष र स्वच्छ पत्रकारितामा क्रियाशील रहँदै पत्रकारहरूको हकहितका लागि निरन्तर काम गरेको भन्दै पत्रकार अमर खड्कालाई पनि सम्मान गरिएको थियो । सम्मान ग्रहणपछि उनले पत्रकारिताको जिम्मेवारी र व्यावसायिक आचरणबारे आफ्नो विचार व्यक्त थिए ।
कार्यक्रममा समालोचक मोहन तुम्ब्याहाङ्गले लेखनमा संख्यात्मक परिणामभन्दा गुणस्तरलाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गर्दै सिर्जनशीलता र साहित्यिक मूल्यबोधको महत्व औँल्याए ।
प्रतिष्ठानकी आजीवन सदस्य सीता दाहालले ‘आमा’ शीर्षकको भावपूर्ण कविता वाचन गरेकी थिइन् भने कवि टेकबहादुर मोक्तानले जीवन–जगतसँग सम्बन्धित दुई कविता प्रस्तुत गरेका थिए । कविता वाचनले कार्यक्रमलाई थप साहित्यिक बनाएको थियो ।
प्रमुख अतिथि इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगीता कुमारी चौधरीले साहित्य, भाषा र संस्कृतिको संरक्षणमा प्रतिष्ठानले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा संस्थालाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
यसैगरी, प्रतिष्ठानमा आबद्ध शैक्षिक व्यक्तित्व लेखनाथ घिमिरेले ‘रसिक’ साहित्य प्रतिष्ठानले इटहरीको साहित्यिक चेतना अभिवृद्धिमा पुर्याएको योगदानबारे चर्चा गरेका थिए ।
कार्यक्रममा इटहरीका साहित्यकार, शिक्षाविद्, समाजसेवी तथा साहित्यप्रेमीहरूको सहभागिता रहेको थियो । साधारणसभाले साहित्यिक गतिविधिलाई थप प्रभावकारी बनाउने तथा आगामी दिनमा सिर्जनात्मक अभियानलाई निरन्तरता दिने प्रतिबद्धतासमेत व्यक्त गरेको प्रतिष्ठानका सदस्य जगदीश सापकोटाले बताए ।

विश्वकप आयोजक अमेरिक ...

काठमाडौँ । तीन राष्ट्रमा आयोजना भइरहेको विश्वकप फुटबल प ...

फिफा विश्वकप फुटबल–क ...

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६ को तेस्रो खेलम ...

कर्णाली नदीमा निर्मा ...

कैलालीको टीकापुर नगरपालिका र बर्दियाको गेरुवा ...

कांग्रेस क्रियाशील स ...

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधि ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]