संखुवासभा कलाकार चौतारीको कोशी प्रदेश शाखा गठन, कला–संस्कृतिको संरक्षणमा जोड

  • जेठ १८, २०८३ / नेपाल रेखा
alt

इटहरी । संखुवासभा जिल्ला पुर्खौली थलो भएका देशका विभिन्न क्षेत्रमा सक्रिय रहेका लेखक, कलाकार तथा स्रष्टाहरूको साझा संस्था संखुवासभा कलाकार चौतारीको कोशी प्रदेश शाखा गठन गरिएको छ । इटहरीमा सम्पन्न भेलाले ११ सदस्यीय प्रदेश समिति गठन गर्दै कला, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
कार्यक्रममा चौतारीका केन्द्रीय सहसचिव राजु बराकोटी प्रमुख अतिथिका रूपमा सहभागी थिए भने वरिष्ठ कवि बम देवान विशिष्ट अतिथिका रूपमा उपस्थित थिए । कार्यक्रममा प्रदीपकुमार श्रेष्ठ, मुक्ति पोखरेल, हरिबहादुर खत्री तथा चर्चित गायिका जुनु प्रसाईं लगायतको आतिथ्यता रहेको थियो ।
भेलाको अध्यक्षता भोलामान गुरुङले गरेका थिए भने कार्यक्रमको सञ्चालन सुधिर केसीले गरेका थिए।
भेलाले भोलामान गुरुङ (इनरुवा, सुनसरी) को अध्यक्षतामा पछि २ जना थप गर्ने गरि ११ सदस्यीय कोशी प्रदेश समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा मिश्रा गुरुङ (इटहरी), सचिवमा सुधिर केसी (इटहरी) र कोषाध्यक्षमा सीता थेवे (मोरङ) चयन भएका छन् । सदस्यहरूमा करुणा राई, सुनिता चाम्लिङ, जुनु बुढाथोकी, कृष्ण गौतम, धिरेन गुरुङ र रुपक राई रहेका छन् ।
त्यसैगरी, संस्थाको संरक्षक तथा अभिभावकमा वरिष्ठ कवि बम देवान, मुक्ति पोखरेल र भूपाल नेपाल चयन भएका छन् । सल्लाहकारहरूमा प्रदीपकुमार श्रेष्ठ, इन्द्रजी (झापा), कविता केशरी (मोरङ), विरेश राई (संखुवासभा), शान्तिबहादुर अधिकारी (इटहरी), पुरन राई तथा राजन केडी (इटहरी) रहेका छन् ।
नवगठित प्रदेश शाखाले कला, साहित्य, संगीत तथा सांस्कृतिक प्रस्तुति लगायतका गतिविधिमार्फत समाजमा सिर्जनशील चेतना अभिवृद्धि गर्ने, संखुवासभाको मौलिक पहिचानलाई संरक्षण तथा प्रवद्र्धन गर्ने र विभिन्न क्षेत्रमा रहेका प्रतिभाहरूलाई एकै सूत्रमा आबद्ध गर्ने उद्देश्य लिएको जनाएको छ ।
कार्यक्रममा सहभागी वक्ताहरूले कला र संस्कृतिले समाजलाई जोड्ने महत्वपूर्ण माध्यम भएकाले स्रष्टा र कलाकारहरूको एकता तथा सहकार्य आजको आवश्यकता भएको धारणा व्यक्त गरेका थिए । नवगठित शाखाले कोशी प्रदेशभर सांस्कृतिक तथा साहित्यिक गतिविधि विस्तार गर्दै संस्थालाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको छ ।

Sudhir

इटहरी जेसिजको आयोजना ...

इटहरी । युवाहरूमा उद्यमशीलता, नेतृत्व क्षमता तथा व्यवसा ...

सदरमुकाम मार्तडी बजा ...

सुदूरपश्चिम प्रदेश बाजुरा जिल्लाक ...

मानसिक स्वास्थ्य-हाम ...

हाम्रो समाजमा हामी प्रायः मानिसलाई काम कस्तो चलिरहेको छ ...

नेता चोकमा झण्डा अना ...

मोरङ । १८ औँ गणतन्त्र दिवसको अवसर पारेर ग्रामथान गाउँपा ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]