तालतलैया कला साहित्य सांस्कृतिक समाजद्वारा कार्यक्रम आयोजना

  • जेठ १७, २०८३ / नेपाल रेखा
alt

इटहरी । सुनसरीको इटहरीमा पनि साहित्यिक तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ । तालतलैया कला साहित्य सांस्कृतिक समाज, कोशी प्रदेशको आयोजनामा इटहरीको पर्यटकीय क्षेत्र तालतलैयामा कार्यक्रम सम्पन्न भएको हो ।
गणतन्त्र दिवसलाई सिर्जना, कला र संस्कृतिसँग जोड्दै आयोजना गरिएको कार्यक्रममा सुनसरी, मोरङलगायत विभिन्न जिल्लाका साहित्यकार, कलाकार तथा सांस्कृतिककर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा कविता वाचन, गजल प्रस्तुति, गीत–संगीत तथा भजन–कीर्तनमार्फत गणतन्त्रको महत्व, राष्ट्रिय एकता र सामाजिक सद्भावका विषय उजागर गरिएको थियो ।
समाजका अध्यक्ष राजेन्द्र खत्री (सुधीर केसी) को अध्यक्षता तथा वरिष्ठ साहित्यकार प्रल्हाद कुमार पहरेदारको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा चर्चित कलाकारहरूले सांगीतिक प्रस्तुती दिएका थिए ।
गायिका भुमा अधिकारी, करुण राई, गायक भोलामान गुरुङ, दुर्गा पराजुली तथा वरिष्ठ गायक सत्यनारायण चौधरी लगायतले आफ्ना लोकप्रिय गीतमार्फत कार्यक्रमलाई थप आकर्षक बनाएका थिए ।
त्यसैगरी बाल कलाकारहरूले प्रस्तुत गरेको सांस्कृतिक नृत्यले दर्शकको मन जितेको थियो ।
समाजका अध्यक्ष राजेन्द्र खत्रीले गणतन्त्रले नेपाली नागरिकलाई अधिकार, स्वतन्त्रता र पहिचान दिलाएको उल्लेख गर्दै कला, साहित्य र संस्कृतिमार्फत समाजमा सकारात्मक चेतना फैलाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए ।
उनले आगामी दिनमा पनि समाजले साहित्यिक तथा सांस्कृतिक गतिविधिलाई निरन्तरता दिने जानकारी दिए ।
कार्यक्रममा वक्ताहरूले गणतन्त्र स्थापनाका लागि भएका संघर्षको स्मरण गर्दै लोकतान्त्रिक व्यवस्थालाई अझ सुदृढ बनाउन सबै एकजुट हुनुपर्ने बताएका थिए । उनीहरूले कला, साहित्य र संस्कृतिले समाजलाई सचेत बनाउने तथा सामाजिक सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरेका थिए ।
तालतलैयाको रमणीय वातावरणमा सम्पन्न कार्यक्रमले गणतन्त्र दिवसलाई केवल औपचारिकतामा सीमित नराखी सिर्जना, संस्कृति र सामाजिक एकताको उत्सवका रूपमा मनाइएको सहभागीहरूले बताएका छन् ।

मानसिक स्वास्थ्य-हाम ...

हाम्रो समाजमा हामी प्रायः मानिसलाई काम कस्तो चलिरहेको छ ...

नेता चोकमा झण्डा अना ...

मोरङ । १८ औँ गणतन्त्र दिवसको अवसर पारेर ग्रामथान गाउँपा ...

पत्रकार दीपक कार्की ...

इटहरी । ज्येष्ठ नागरिकहरूलाई एकै ठाउँमा भेला गराई आपसी ...

विश्व आदर्श कलेजद्वा ...

इटहरी । शिक्षासंगै सामाजिक तथा मानवीय कार्यमा सक्रिय रह ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]