गणतन्त्र दिवशको अवसरमा विराटनगरमा वृहत प्रभातफेरी आयोजना

  • जेठ १६, २०८३ / नेपाल रेखा
alt

कुमोद अधिकारी
विराटनगर । गणतन्त्र दिवशको अवसरमा विराटनगरमा शुक्रबार विहान वृहत प्रभातफेरीको आयोजना गरियो । गणतन्त्र दिवश मुलसमारोह समितको आयोजनामा निस्केको प्रभातफेरीले नगरको विभिन्न भागको परिक्रमा गरेको छ ।
वाजावागजा झाँकि सहित निस्केको प्रभातफेरीमा कोशी प्रदेस सरकारका मन्त्री, राष्ट्रसेवक कर्मचारी, विभिन्न संघसंस्थाका प्रतिनिधि, विद्यार्थी, उद्योगी व्यापारी, सुरक्षा निकायका प्रमुख नेपाल प्रहरी, सशत्र प्रहरी तथा सर्वसाधारणको उल्लेखनिय सहभागिता रहेको थियो ।
जिल्ला प्रशासन कार्यालय मोरङको परिसरवाट निस्केको प्रभातफेरी विराटनगरको विरेन्द्र सभागृहमा स्थित अहिलेको प्रदेससभा हलमा आएर कोणसभामा परिणत भएको थियो ।
सो अवसरमा कोशी प्रदेसका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गण्तन्त्रको उपलव्धिको रक्षाका परिवर्तनकारी शक्तिविचको एकता आवश्यक रहेको वताउनुभयो ।
नेपाली जनताको त्याग र वलिदानबाट आएको संघिय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाका कारण मुलुकमा युगान्तकारी परिवर्तन भएकाले यसको संस्थागत विकासमा उहाँले जोड दिनुभयो । लोकतान्त्रिक गणतन्त्र शासन व्यवस्था नेपालको वर्तमान तथा भविष्यको आधार भएकाले लोकतान्त्रिक संविधानको रक्षा गर्दै गणतन्त्रलाई अझ सुदृढ, उत्तरदायी, पारदर्सी र जनमुखी वनाउनु आजको आवश्यता रहेको उहाँले वताउनुभयो ।
मुलुकमा सुशासन तथा समवृद्धि कायम गर्ने दिसामा प्रदेस सरकार अघि वढेको उहाँको भनाई थियो । पछिल्लो समय लोकतान्त्रिक गणतन्त्रको आधारमा माथि अविश्वास फैलाउने प्रवृति देखिन थालेको प्रति सचेत रहन उहाँले आग्रह गर्नुभयो । कार्यक्रममा कोशी प्रदेसका प्रदेस प्रमुख पर्शुराम खापुङको पनि सहभागिता थियो ।
सो अवसरमा मुख्य मन्त्री कार्कीले प्रभातफेरीको झाँकीमा सहभागि भएका एक दर्जन विभिन्न जाती समुदायका झाँकीहरुलाई नगद सहित कदरपत्रद्वारा सम्मान गर्नु भएको थियो ।

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]