अभद्र व्यवहार गर्ने विदेशी महिला पक्राउ

  • जेठ ९, २०८३ / नेपाल रेखा
alt

काठमाडौँ । नेपाल प्रहरीले ठमेल क्षेत्रमा अश्लिल क्रियाकलापमा सङ्लग्न सात विदेशी महिलालाई पक्राउ गरेको छ ।
प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–२६ ठमेल क्षेत्रमा जथाभावी बाटो छेकेर अश्लील क्रियाकलाप गर्ने र कार्यक्षेत्रमा रहेका प्रहरीमाथि नै अभद्र व्यवहार गर्ने सात विदेशी महिलालाई आज पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले ठमेल क्षेत्रमा हिँडडुल गर्ने स्वदेशी तथा विदेशी पर्यटक र सर्वसाधारणलाई अनावश्यक रूपमा बाटो छेकी अश्लील क्रियाकलापसम्बन्धी मोलमोलाइ गरी दुःख हैरानी दिएको आरोपमा पक्राउ गरिएको जानकारी दिनुभयो ।
कार्यक्षेत्रमा खटिएका प्रहरी कर्मचारलाई अपशब्द प्रयोग गरी गालीगलौज गर्ने र धक्कामुक्का गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताउनुभयो ।

उद्वार तथा राहतका ला ...

उद्वार तथा राहतका लागि रसुवाको धुञ्चेमा बुधबा ...

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]