हातहतियारसम्बन्धी मुद्दामा देशभरबाट ४० जना पक्राउ

  • जेठ ८, २०८३ / नेपाल रेखा
alt

काठमाडौँ । नेपाल प्रहरीले गत वैशाख महिनामा देशभरबाट हातहतियारसम्बन्धी मुद्दामा संलग्न ४० जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पक्राउ परेकामध्ये काठमाडौँ उपत्यकाबाट तीन जना, कोशी प्रदेशबाट एक जना, मधेस प्रदेशबाट एक जना, बागमती प्रदेशबाट एक जना, गण्डकी प्रदेशबाट १४ जना, लुम्बिनी प्रदेशबाट नौ जना, कर्णाली प्रदेशबाट आठ जना र सुदूरपश्चिम प्रदेशबाट तीन जना पक्राउ परेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “पक्राउ परेकाबाट चाइनिज पेस्तोल एक थान, पेस्तोल एक थान, रिभल्वर एक थान, कटुवा पेस्तोल दुई थान, भरूवा बन्दुक २१ थान, बन्दुक एक थान र एयरगन दुई थान गरी जम्मा २९ थान हातहतियार बरामद भएको छ ।”
यसैगरी पक्राउ परेकाबाट प्रहरीले चाइनिज पेस्तोलको गोली एक राउण्ड, एसएलआरको गोली २६३ राउण्ड, विभिन्न बन्दुकमा लाग्ने गोली ७० राउण्डसमेत बरामद भएको जनाएको छ ।
अपराधमुक्त समाज निर्माण र अपराध नियन्त्रणका लागि अवैध हातहतियार कारोबारी तथा प्रयोगकर्तालाई पक्राउ गरी कानुनी दायरामा ल्याउन नेपाल प्रहरीले सदैव क्रियाशील रहेको प्रवक्ता काफ्लेले बताउनुभयो । अवैध हतियार कतै लुकाइ राखेको थाहा भएमा नेपाल प्रहरीलाई सूचना दिन र अवैध हतियार बुझाउन नेपाल प्रहरी सबैमा आग्रह गरेको छ ।

डिजिटल विभाजन अन्त्य ...

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना ...

हस्तकलाका सामाग्री ...

नेपाल हस्तकला महासङ्घ जिल्ला तथा प्रदेश परिषद ...

सञ्चारकर्मीलाई चलचित ...

काठमाडौँमा शुक्रबार नेपाली चलचित्र काजी हेरेक ...

दुई सातामा ‘लालीबजार ...

काठमाडौँ । अभिनेत्री स्वस्तिमा खड्काको केन्द्रीय भूमिका ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]