कुमोद अधिकारी
विराटनगर । नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्माले लोकतन्त्रको रक्षाका लागि सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने बताएकी छन् ।
नेपाल पत्रकार महासंघ मोरङको वार्षिक साधारणसभाको सभाको बिहीवार विराटनगरमा उद्घाटन गर्दै अध्यक्ष शर्माले लोकतन्त्रलाई वलियो वनाउन प्रेस स्वतन्त्रता आवश्यक रहेको वताइन्। पत्रकारिता पेसालाई थप सम्मानजनक र दिगो बनाउन सके लोकतन्त्र वलियो हुने उनको भनाई थियो ।
निजी क्षेत्रका पत्रकापत्रिहरुलाई विज्ञापन वितरणमा हुने भेदभाव अन्त्य गरी समान पहुँचको सुनिश्चित गर्न सरकारलाई उनले आग्रह गरिन् । पत्रकार क्षेत्रका विकासका लागि तीन तहको सरकारको ध्यान जानुपर्नेमा उनले जोड दिइन् ।
अध्यक्ष शर्माले पत्रकारको आन्दोलनमा आगामी दिन थप शसक्त रुपमा आगाडि वढाउने जानकारी दिइन् ।
विराटनगर महा–नगरपालिकाका प्रमुख नागेश कोइरालाले सञ्चार क्षेत्र बवलियो भएमा मात्र मुलकमा भ्रष्टाचार अन्त्य भई सुशासन कायम हुने विश्वास व्यक्त गरे ।
मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले नागरिक समस्या समाधानमा कलम चलाउन सञ्चारकर्मीहरुसँग आग्रह गरे ।
पत्रकार महासंघका मोरङ अध्यक्ष सुशीला पाठक, महासंघ कोशीका उपाध्यक्ष कुमोद अधिकारी, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख कवित कटवाल, महासंघ मोरङका उपाध्यक्ष सन्तोष सिग्देल, सचिव नेत्र पी अधिकारी, महासंघ कोशीका संस्थापक अध्यक्ष विक्रम लुईटेल, पूर्व अध्यक्ष लिलावल्लभ घिमिरे, पूर्व महासचिव विवेक गौतम, महासंघ मोरङका पूर्व अध्यक्ष यज्ञ शर्मा र नेपाल उद्योग वाणिज्य महासंघ कोशीका उपाध्यक्ष रविन दाहाल लगायतले संञ्चारकर्मीहरुको कारण नागरिकको सूचना पाउने हक सुनिश्चित भएको वताए ।
सो अवसरमा केन्द्रीय अध्यक्ष शर्माले सञ्चारकर्मी रामचन्द्र अधिकारी विद्यावरिधि महासंघ मोरङ शाखाका कार्यालय सचिव दिपक फुयाल नगद सहित र न्यूरो अस्पताल विराटनगरले सञ्चारकर्मीको स्वास्थ्य उपचारमा विगतदेखि सहयोग गर्दै आएकोमा सम्मान गरिन् ।
साधारण सभामा संस्थाको वार्षिक कार्यक्रम, आर्थिक विवरण तथा आगामी दिनको कार्ययोजनामाथि छलफल गरिएको थियो ।