पत्रकार महासङ्घ सुनसरीको साधारणसभा सम्पन्न

  • जेठ ७, २०८३ / नेपाल रेखा
alt

इटहरी । नेपाल पत्रकार महासङ्घ सुनसरी शाखाको १४ औँ साधारणसभा बुधबार इटहरीमा सम्पन्न भएको छ । शाखा अध्यक्ष सन्तोष काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासङ्घकी केन्द्रीय अध्यक्ष निर्मला शर्मा प्रमुख अतिथिका रूपमा सहभागी थिइन् भने कोशी प्रदेश पत्रकार महासङ्घका प्रतिनिधि अर्जुनकुमार राईको विशेष उपस्थिति रहेको थियो ।
कार्यक्रममा अध्यक्ष काफ्लेले स्वागत मन्तव्यसहित शाखाको गतिविधि तथा आगामी योजनाबारे प्रकाश पारेका थिए । साधारणसभामा विभिन्न सञ्चार तथा सामाजिक क्षेत्रका प्रतिनिधिहरूले पत्रकारिताको विकास, प्रेस स्वतन्त्रता र पेशागत एकताबारे शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
शुभकामना मन्तव्य दिनेहरूमा हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी, फोनिज सुनसरीका अध्यक्ष सुनील चौधरी, डब्लुडब्लुजे सुनसरीकी अध्यक्ष मनिता चाम्लिङ, प्रेस सेन्टर नेपाल सुनसरीका अध्यक्ष तीर्थ कार्की, धरान उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुख अइन्द्रविक्रम बेघा, प्रेस चौतारी नेपाल सुनसरीका अध्यक्ष विकल पौडेल, नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष ध्रुव ढकाल, हिसान सुनसरीका अध्यक्ष सागर भट्टराई, उद्योग वाणिज्य सङ्घका केन्द्रीय सदस्य जीवन पराजुली, सुनसरी उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष महेन्द्र प्रधान, अग्रज पत्रकार हर्ष सुब्बा तथा नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश उपाध्यक्ष कुमुद अधिकारीलगायत रहेका थिए ।
कार्यक्रममा पत्रकारिता क्षेत्रमा योगदान पुर्याउने चार जना पत्रकारलाई विभिन्न पुरस्कारबाट सम्मान गरिएको थियो। चन्द्रबहादुर–लक्ष्मीदेवी पाण्डे स्मृति पत्रकारिता पुरस्कार पत्रकार शशी कोइरालालाई प्रदान गरिएको छ। उक्त पुरस्कारमा ११ हजार एक सय ११ रुपैयाँ नगद रहेको छ। पत्रकार दम्पती शालिग्राम पाण्डे र मेनुका पाण्डे बस्नेतले आफ्ना बुबाआमाको स्मृतिमा स्थापना गरेको यो पुरस्कार २०६७ सालदेखि निरन्तर वितरण हुँदै आएको छ।
त्यस्तै, प्रेस स्वतन्त्रता सेनानी याम प्रधान स्मृति पत्रकारिता पुरस्कार पत्रकार विवेक भट्टराईलाई प्रदान गरिएको छ । १५ हजार रुपैयाँ नगदसहितको उक्त पुरस्कार नेपाल पत्रकार महासङ्घ सुनसरी शाखाले स्थापना गरेको हो । डम्मरबहादुर थापा स्मृति पत्रकारिता पुरस्कार पत्रकार रश्मि प्रधानलाई प्रदान गरिएको छ भने पत्रकार दम्पती बाबुराम सुवेदी र सुभद्रा प्याकुरेलले आफ्ना पुत्र रेवन्त सुवेदीको स्मृतिमा स्थापना गरेको हेमन्त सुवेदी स्मृति पत्रकारिता पुरस्कार सुनील चौधरीलाई प्रदान गरिएको थियो।
प्रमुख अतिथि तथा नेपाल पत्रकार महासङ्घकी केन्द्रीय अध्यक्ष निर्मला शर्माले पत्रकारितामाथि बढ्दो हस्तक्षेपप्रति चिन्ता व्यक्त गर्दै सरकारले सूचनाको पहुँचमा नियन्त्रण र वञ्चितीकरण गरेको अवस्था खेदजनक रहेको बताइन्। उनले कानुन तथा अध्यादेशमार्फत पत्रकारका संवैधानिक अधिकार कटौती गर्ने प्रयास भइरहेको उल्लेख गर्दै त्यसविरुद्ध महासङ्घले निरन्तर दबाबमूलक आन्दोलन गरिरहेको जानकारी दिइन् ।
शर्माले संसदीय सुनुवाइ समितिमा पत्रकारलाई प्रवेश निषेध गरिनु आपत्तिजनक भएको टिप्पणी गर्दै समाचार लेखेकै कारण पत्रकारमाथि हिंसाका घटना बढ्दै गएको बताइन् । समाजमा व्यावसायिक पत्रकारिता जोगाइराख्न पत्रकारिताको शैक्षिकीकरण र प्राज्ञिक विकास अपरिहार्य रहेको उनको भनाइ थियो ।
उनले पछिल्लो समय गलत सूचना, मिथ्या सूचना तथा भ्रामक कन्टेन्टको विस्तारले अभिव्यक्ति स्वतन्त्रता र व्यावसायिक पत्रकारितामाथि गम्भीर चुनौती थपिएको उल्लेख गर्दै सत्य, तथ्य र जिम्मेवार पत्रकारिताको आवश्यकता अझ बढेको बताइन् ।

प्रदेश प्रमुखबाट वार ...

विराटनगर । कोशी प्रदेशसभाको आज बसेको बैठकमा कोशी प्रदेश ...

लोकतन्त्रको संरक्षणम ...

कुमोद अधिकारीविराटनगर । नेपाल पत्रकार महासंघकी केन्द्री ...

संसदीय पत्रकार मन्चद ...

उदयपुर । कोशी प्रदेशको विभिन्न स्थानका सक्रिय पत्रकारहर ...

कोशी प्रदेशसभामा अध् ...

विराटनगर । कोशी प्रदेशसभाको नवौँ अधिवेशनको वुधवार बसेको ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]