जङ्गली फल सेवन गर्दा एकको मृत्यु, आठ बिरामी

  • जेठ ४, २०८३ / नेपाल रेखा
alt

बागलुङ । बागलुङको बडिगाड गाउँपालिका–५ खाराबजारका भोजराज घिमिरेको घरमा जङ्गलमा पाइने फल (जङ्गली भ्याकुर) खाँदा आज एक जनाको मृत्यु भएको छ भने आठ जना बिरामी भएका छन् ।
भ्याकुर फल सेवन गरिसकेपछि चक्कर लाग्ने, हातखुट्टा लुलो हुने, वान्ता हुने गरेपछि बडिगाड गाउँपालिका–५ निवासी ७२ वर्षीया फिरककुमारी घिमिरेको मृत्यु भएको छ ।
यस्तै बडिगाड गाउँपालिका–५ का दुरपती कामी, विष्णु घिमिरे, शारदा न्यौपाने, अबिसन घिमिरे, भोजराज घिमिरे, सुरेन्द्र विक, पुतली घिमिरे र खिमानन्द घिमिरे बिरामी भएका छन् । बिरामीलाई उपचारका लागि बुर्तिबाङ अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी चिरञ्जीवी अधिकारीले जानकारी दिनुभयो ।

सुकुमवासी समस्या समा ...

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले विसं २ ...

निःशुल्क आँखा शिविरब ...

इटहरी । मोरङको हसन्दहस्थित सहिद रामलक्ष्मण आधारभूत विद् ...

झापामा सिटी सफारी चो ...

झापा । सिटी सफारी चोरीमा संलग्न एक गिरोहलाई प्रहरीले पक ...

प्रदेश प्रमुखसमक्ष द ...

मोरङ । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]