धवन्तरी आयुर्विज्ञान अध्ययन संस्थान एण्ड हस्पिटल प्रा.लि. मा भर्ना खुल्यो – आयुर्वेद क्षेत्रमा भविष्य बनाउन सुनौलो अवसर

  • वैशाख ३१, २०८३ / नेपाल रेखा
alt

काठमाडौं । काठमाडौंको थापा गाउँ, नयाँ बानेश्वरस्थित धवन्तरी आयुर्विज्ञान अध्ययन संस्थान एण्ड हस्पिटल प्रा.लि.ले शैक्षिक सत्र २०८३ । ०८४ का लागि ‘डिप्लोमा इन आयुर्वेद असिस्टेन्ट’ (३वर्षे) कार्यक्रममा छात्रवृत्ति तथा पूर्ण शुल्कीयतर्फ भर्ना खुला गरेको छ । आयुर्वेद तथा प्राविधिक शिक्षाप्रति आकर्षण बढिरहेको वर्तमान समयमा संस्थानले सीमित ४० सिटमा मात्रै विद्यार्थी भर्ना गर्ने जनाएको छ ।
एसएलसी वा एसइई उत्तीर्ण विद्यार्थीहरूले आवेदन दिन सक्ने यस कार्यक्रममा अध्ययनसँगै व्यवहारिक सीप, अस्पतालमा प्रत्यक्ष अभ्यास तथा गुणस्तरीय शिक्षालाई विशेष प्राथमिकता दिइने संस्थानले जनाएको छ ।
संस्थानको विशेषता भनेको निजी क्षेत्रमै सबैभन्दा ठूलो आफ्नै आयुर्वेद अस्पताल सञ्चालनमा हुनु हो । आधुनिक तथा व्यवहारिक शिक्षण प्रणालीमार्फत उत्कृष्ट नतिजा ल्याउँदै आएको कलेजले नेपालकै उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको दाबी गरेको छ ।
विद्यार्थीहरूको सहजताका लागि सिटीइभिटी अन्तर्गतका कुनै पनि कार्यक्रमको अनलाइन आवेदन फाराम भर्न समेत सहजीकरण गरिने व्यवस्था गरिएको छ ।
आयुर्वेद क्षेत्रमै उज्ज्वल करिअर बनाउन चाहने विद्यार्थीका लागि यो अवसर महत्वपूर्ण मानिएको छ । संस्थानले दक्ष जनशक्ति उत्पादन गर्दै स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउने लक्ष्यसहित अध्यापन गराउँदै आएको जनाएको छ ।

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]