एसइईमा ४ जीपीए ल्याएकी शिखा लकान्द्रीलाई डीभीएमको विशेष सम्मान

  • वैशाख ३०, २०८३ / नेपाल रेखा
alt

इटहरी । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट सफलता हासिल गर्दै ४ जीपीए ल्याएकी नेपाल दयानन्द वैदिक मिसन ग्लोबल एकेडेमी (डीभीएम) की छात्रा शिखा लकान्द्रीलाई विद्यालयले विशेष सम्मान गरेको छ ।
विद्यालय परिसरमा आयोजित सम्मान कार्यक्रममा शिखालाई भव्य स्वागत गर्दै उच्च शिक्षाको आगामी यात्राका लागि शुभकामना व्यक्त गरिएको थियो । सो अवसरमा विद्यालयले उनलाई नगद ७ हजार रुपैयाँसहित सम्मान गरेको जनाएको छ ।
कक्षा ३ देखि डीभीएममा अध्ययनरत शिखाले आफ्नो सफलता निरन्तर मेहनत, अनुशासन र विद्यालयले प्रदान गरेको उत्कृष्ट शैक्षिक वातावरणको परिणाम भएको बताएकी थिइन् । विद्यालय प्रशासनले उनको उपलब्धिलाई विद्यालयकै गौरवका रूपमा लिएको जनाएको छ ।
कार्यक्रममा विद्यालयका प्राचार्य डा. बेणुप्रसाद सिटौलाले डीभीएमले सुरुदेखि नै गुणस्तरीय शिक्षा, अनुशासित वातावरण तथा व्यवहारिक सिकाइलाई प्राथमिकतामा राख्दै आएको उल्लेख गरे । उनले आगामी दिनमा पनि उत्कृष्ट शैक्षिक नतिजालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै विद्यार्थीको क्षमता पहिचान गरी उनीहरूको सर्वाङ्गीण विकासका लागि विद्यालय निरन्तर सक्रिय रहने बताए ।
उनले मेहनती शिक्षक, अभिभावकको साथ र विद्यार्थीहरूको लगनशीलताकै परिणामस्वरूप विद्यालयले उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको धारणा राखे ।
यस वर्ष डीभीएमबाट ४६ जना विद्यार्थी एसइई परीक्षामा सहभागी भएका थिए । तीमध्ये ३ जनाले ३.९५ जीपीए प्राप्त गरेका छन् भने ३२ जनाले ३.६० जीपीएसहित उत्कृष्ट नतिजा हासिल गरेको विद्यालयले जनाएको छ । अन्य विद्यार्थीहरूले पनि सन्तोषजनक नतिजा ल्याएको विद्यालयको भनाइ छ ।
विद्यार्थीकी अभिभावक रिता लकान्द्रीले विद्यालयको गुणस्तरीय शिक्षण, अनुशासित वातावरण र शिक्षकहरूको निरन्तर मेहनतका कारण आफ्नी छोरीले उल्लेखनीय सफलता हासिल गर्न सकेको बताइन् । उनले विद्यार्थीको क्षमता विकासमा डीभीएमले महत्वपूर्ण भूमिका खेलेको धारणा व्यक्त गरिन् ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ध्रुवकुमार सुब्बालगायत वक्ताहरूले विद्यार्थीहरूको सफलताले विद्यालयको शैक्षिक स्तरलाई अझ उचाइमा पुर्याएको बताएका थिए ।

DVM

मोरङमा चैते धानको उत ...

मोरङ । मोरङमा चैते धान उत्पादनमा वृद्धि भएको छ । ग ...

व्यावसायिक पिँडालु ख ...

बाँकेको डुडुवा गाउँपालिका-६ बल्दीपुरुवाका नन् ...

स्वतन्त्र कानून व्यव ...

इटहरी । स्वतन्त्र कानून व्यवसायी मंच सुनसरी गठन गरिएको ...

बिउ काड्दै किसान ...

सुनसरीको इनरुवा नगरपालिका–४ मा शुक्रबार धान रोपाइ ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]