नगरप्रमुखको गाडी खरिद गर्ने बजेटले शववाहन

  • वैशाख २९, २०८३ / नेपाल रेखा
alt

चितवन । चितवनको कालिका नगरपालिकाले नगरप्रमुखको गाडी किन्ने बजेटबाट शववाहन खरिद गरेको छ ।
गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा नगरप्रमुखको सहित तीन वटा गाडी जलेको थियो । प्रमुखले मोटरसाइकल प्रयोग गरेर शववाहन खरिद गरिएको हो ।
नगरप्रमुख विनोद रेग्मीले ३१ लाख रुपैयाँमा शववाहन खरिद गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “नगरपालिकामा एउटा पनि गाडी छैन, नगरप्रमुखका लागि गाडी खरिद गर्ने भनेर बजेट छुट्याइएको थियो, त्यसबाट शववाहन खरिद गरियो ।”
जिल्लाको पहाडी भूभागसमेत पर्ने नगरपालिकाका विपन्न समुदायले मृत्युपछि अन्त्येष्टिका लागि लैजान सवारीमा खर्च गर्न नसक्ने भएकाले निःशुल्क सञ्चालन गर्न शववाहन खरिद गरेको रेग्मीले बताउनुभयो ।
कतिपय खाडीमुलुकबाट काठमाडौँसम्म ल्याएको शवसमेत ल्याउन समस्या हुने गरेकाले शववाहनलाई प्राथमिकता दिएको उहाँको भनाइ छ ।

जनताको दैनिकीसँग जोड ...

काठमाडौँ । सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर् ...

विदेश पठाइदिने भन्दै ...

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पार ...

घोङी टिप्दै ...

दाङको घोराही उपमहानगरपालिका-६ चोरगाउँस्थित कृ ...

एसइईको नतिजा सार्वजन ...

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको (२०८२ साल ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]